×

२०८२ फागुन २५ गते सोमवार

२०८२ फागुन २५ गते सोमवार

सोलाबाङ, रुकुम पश्चिम

आज बिहान उठी तल्लो पाटोमा बोटे सिमी स्कुसको बीउ रोपियो र बुवाको निधनपछि बाँझै रहेको घरपछाडिको पाटोलाई पनि खनजोत गरी मकै तथा लहरे सिमीको बीउ लगाएँ । बिहान दामोदर पुन आफ्नो वंशवृक्षको विवरण टिपाउन घरमै आएकोले उपलब्ध भएसम्मको विवरण टिपेँ । बुवाआमाको स्मृतिमा आगामी असारभित्र उहाँहरूको नातेदारहरूको विवरण समेत समेटिएको स्मृति ग्रन्थ निकाल्ने तयारी छ ।

सासूआमाले अब कान्छा छोरासँग बस्छु भनेर बिनारामकहाँ जानुभयो । तर बिनारामजीले छलफल नगरी बस्न दिन्न भनेछन् र छलफल गराइदेऊ भनी स्थानीय भलाद्मीहरूलाई गुहार्दै तुरुन्तै फर्कनुभयो ।

दिउँसो तोरी चुट्ने काम पनि भयो । बारीको छेउमा केरा लगाउने विचार थियो तर शालिग्राम ओली भाइले सोमवारमा लगाउन हुँदैन भनेकोले केरा लगाउने काम स्थगित भयो ।

दिउँसो सासूआमालाई भेट्न दलाखेते कान्छी बज्यैहरूलगायत विभिन्न छिमेकीहरू घरमै आए । सबैले सासूआमाका शिक्षित छोराहरूले आफ्नी जन्म दिने आमालाई पाल्नुको सट्टा दुत्कार्दै हिड्नु बिडम्बना भएको गुनासो गरे ।

दिउँसोतिर महाभारतकी पात्र गान्धारीसँग तुलना गर्दै नेपाली राजनीति र समाजको सम्बन्धमा करिब १४०० शब्दको निबन्ध लेखी फरक धार पत्रिकामा प्रकाशनार्थ पठाएँ ।

सासूआमा चुरोट पिउन नपाएर तलबल्लिरहनुभयो । उहाँलाई दिनमा २० खिल्ली चुरोट पिउनुपर्छ । घरमा जो आउँछ उसैलाई बजारबाट चुरोट ल्याइदेऊ भनी आग्रह गर्नुहुन्छ । तर म भने चुरोट किनेर खुवाउने पक्षमा छैन । मलाई सुनाउनुहुन्छ सासूआमाः मेरो कान्छा जुवाइँले त आउँदा आउँदा चुरोटको कोसेली ल्याइदिनुहुन्थ्यो । मलाई कम्ता माया गर्नुहुन्नथ्यो । उहाँ सोलाबाङ आइदिए हुन्थ्यो ।

बेलुकातिर शालिग्रामका कान्छीआमाहरूले खेतीपाती गर्ने जग्गा खोजिरहेको बताएपछि सासूआमाको घरजग्गा कमाउन दिने र सासूआमालाई आफ्नो पुरानो घरमा बस्न पनि सजिलो हुनेभएकोले देवकुमारी र देवी ती दम्पतिलाई खोज्दै गाउँतिर निस्किए ।

शालिग्रामकी आमा रातामाटाकी फुपूको छोरी हुनुहुन्छ । उहाँ बच्चैदेखि आँखा नदेख्ने हुनुहुन्थ्यो । शालिग्रामका बाबुले ती दिदीलाई कान्छी स्वास्नीको रूपमा ल्याए । तर केही वर्षपछि दिदी दाङतिरकै मान्छेसँग पोइल जानुभएछ । जग्गा बेच्ने क्रममा दाङको एक ठगले १९ लाख ठगिदिएछ । दाङमा बस्ने समस्या भएपछि दिदीले सुरुमा पोइल आएको ठाउँको आधार खोज्दै सोलाबाङ आउनुभएछ । सौतातर्फका छोरा अर्थात् शालिग्रामले ती दम्पतिलाई ढक्कबहादुरको घरमा बस्ने व्यवस्थापन मिलाइदिएछन् । उनले मलाई सुनाएः यदि बुवालाई छोडेर मेरी कान्छीआमा पोइल नगएको भए यो वृद्धावस्थामा मैले नै पाल्थेँ हुँला । तर हामीलाई धोका दिएर पोइल हिड्नुभयो । शरम भए त छोडेर हिडेको घरमा नआएको भए पनि हुने । तर उहाँले अन्तिम आधार ठानेर मेरै शरणमा आइपुग्नुभयो । उहाँलाई आश्रय दिने मेरो कर्तव्य भएकोले मैले बसोबासको व्यवस्थापन गरिदिएँ ।

हुन त पहिले मेरै आमामाथि सौता बनेर आउनुभयो । मैले सौतेनी आमालाई पनि आफ्नै आमासरह ठानेँ । उहाँले हामीमाथि धोका दिँदै फेरि पोइल हिँडिहाल्नुभयो । मैले उहाँहरूप्रति बदला लिन सक्थेँ । रिसको आक्रोश पोख्न सक्थेँ । तर मेरो धर्मले दिएन । म ज्यालामजदुरी गरेर आफ्नो परिवार धानेको छु ।

तर गारापारे बाजेका सात भाइना छोराछोरीहरू छन् । एकसे एक शिक्षित छन् । एकसे एक रोजगार छन् । उनका छोराछोरीहरू पनि एक से एक सम्पन्न छन् । तर आफ्नै आमाको यस्तो हरिबिजोग छ । गास र बासको ठेगान छैन । धिक्कार छ ती छोराछोरीहरूलाई ।

शालिग्रामको आक्रोश देखेर म पनि लज्जित भएँ । किनकि म पनि सासूआमाको जुवाइँ थिएँ । मन चसक्क भयो ।

बेलुका निर्वाचन अपडेट हेरेँ । प्रत्यक्षतर्फ १६३ स्थानको मतगणना सकिइसकेको रहेछ । रास्वपाले १२५ सिट हासिल गरेछ ।

रास्वपाको तर्फबाट निर्वाचित हुने सांसदहरू निम्नानुसार रहेका छन् :

बालेन्द्र शाह (बालेन) पुरुष, ३६ वर्ष, झापा–५, प्राप्त मतः ६८,३४८, निकटतम् प्रतिद्वन्द्वी केपी शर्मा ओली, नेकपा एमाले (१८,७३४)।
इन्दिरा राना मगर महिला, ५५ वर्ष, झापा–२, प्राप्त मतः ६०,११०, निकटतम् प्रतिद्वन्द्वी देवराज घिमिरे, नेकपा एमाले (११,३६८)।
सोविता गौतम महिला, ३० वर्ष, चितवन–३, प्राप्त मतः ५९,२७७, निकटतम् प्रतिद्वन्द्वी रेनु दाहाल, नेपाली कम्युनिस्ट पार्टी (२०,६१५)।
डा. लेखजंग थापा पुरुष, ४८ वर्ष, रूपन्देही–३, प्राप्त मतः ५८,८१४, निकटतम् प्रतिद्वन्द्वी सुशील गुरुङ, नेपाली कांग्रेस (८,४३५)।
हरि ढकाल पुरुष, ४२ वर्ष, चितवन–१, प्राप्त मतः ५८,२०८, निकटतम् प्रतिद्वन्द्वी राजेन्द्रप्रसाद बुर्लाकोटी, नेपाली कांग्रेस (१३,०३३)।
लालविक्रम थापा पुरुष, ३९ वर्ष, सुनसरी–२, प्राप्त मतः ५७,३४८, निकटतम् प्रतिद्वन्द्वी राजीव कोइराला, नेपाली कांग्रेस (१६,०७१)।
सुलभ खरेल पुरुष, २८ वर्ष, रूपन्देही–२, प्राप्त मतः ५६,५५०, निकटतम् प्रतिद्वन्द्वी विष्णुप्रसाद पौडेल, नेकपा एमाले (१२,८६१)।
रुविना आचार्य महिला, ३१ वर्ष, मोरङ–६, प्राप्त मतः ५५,५१३, निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइराला, नेपाली कांग्रेस (१२,८५०)।
सुनिल लम्साल पुरुष, ३५ वर्ष, रूपन्देही–१, प्राप्त मतः ५४,८४५, निकटतम् प्रतिद्वन्द्वी हिराबहादुर खत्री, नेपाली कांग्रेस (१२,४४७)।
रवि लामिछाने पुरुष, ५० वर्ष, चितवन–२, प्राप्त मतः ५४,४०२, निकटतम् प्रतिद्वन्द्वी मीनाकुमारी खरेल, नेपाली कांग्रेस (१४,५६४)।
बदनकुमार भण्डारी पुरुष, ३३ वर्ष, काभ्रे–२, प्राप्त मतः ५३,३४४, निकटतम् प्रतिद्वन्द्वी मधुप्रसाद आचार्य, नेपाली कांग्रेस (१७,८६८)।
राजन गौतम पुरुष, ३९ वर्ष, नवलपुर–१, प्राप्त मतः ५०,९४५, निकटतम् प्रतिद्वन्द्वी बालकृष्ण घिमिरे, नेपाली कांग्रेस (१६,२९३)।
ठाकुर सिंह थारु पुरुष, ५१ वर्ष, बर्दिया–१, प्राप्त मतः ४९,६३०, निकटतम् प्रतिद्वन्द्वी शालिकराम अधिकारी, नेकपा एमाले (१४,६४३)।
राजकिशोर महतो पुरुष, ५१ वर्ष, धनुषा–४, प्राप्त मतः ४८,२७०, निकटतम् प्रतिद्वन्द्वी महेन्द्र यादव, नेपाली कांग्रेस (१५,८०९)।
अशोककुमार चौधरी पुरुष, ४२ वर्ष, सुनसरी–३, प्राप्त मतः ४७,४२१, निकटतम् प्रतिद्वन्द्वी विजयकुमार गच्छदार, नेपाली कांग्रेस (२०,५०१)।
नरेन्द्र साह कलवार पुरुष, ५३ वर्ष, सर्लाही–३, प्राप्त मतः ४६,८९०, निकटतम् प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी (१३,३३८)।
निशा डाँगी महिला, २९ वर्ष, झापा–१, प्राप्त मतः ४५,६८०, निकटतम् प्रतिद्वन्द्वी केशवराज पाण्डे, नेपाली कांग्रेस (१०,५५०)।
नरेन्द्रकुमार गुप्ता पुरुष, ५१ वर्ष, नवलपरासी–२, प्राप्त मतः ४५,२४१, निकटतम् प्रतिद्वन्द्वी भीमबहादुर थापा क्षेत्री, नेपाली कांग्रेस (१५,९४५)।
विक्रम खनाल पुरुष, ५५ वर्ष, नवलपरासी–१, प्राप्त मतः ४५,२४१, निकटतम् प्रतिद्वन्द्वी विनोदकुमार चौधरी, नेपाली कांग्रेस (९,५०२)।
कमल सुवेदी पुरुष, ३८ वर्ष, दाङ–३, प्राप्त मतः ४४,२४८, निकटतम् प्रतिद्वन्द्वी दीपक गिरी, नेपाली कांग्रेस (१६,४५३)।
नीतिमा भण्डारी (कार्की) महिला, ४३ वर्ष, सर्लाही–१, प्राप्त मतः ४४,१८१, निकटतम् प्रतिद्वन्द्वी शम्भुलाल श्रेष्ठ, नेपाली कांग्रेस (७,८७१)।
मनिष झा पुरुष, ४५ वर्ष, धनुषा–३, प्राप्त मतः ४३,९८८, निकटतम् प्रतिद्वन्द्वी विमलेन्द्र निधि, नेपाली कांग्रेस (१६,६५२)।
विपिनकुमार आचार्य पुरुष, ३९ वर्ष, दाङ–२, प्राप्त मतः ४३,८२२, निकटतम् प्रतिद्वन्द्वी शंकर पोख्रेल, नेकपा एमाले (१५,५५८)।
शम्भुप्रसाद ढकाल पुरुष, ५० वर्ष, झापा–४, प्राप्त मतः ४३,६३१, निकटतम् प्रतिद्वन्द्वी लालप्रसाद साँवा लिम्बू, नेकपा एमाले (११,९८६)।
तोसीमा कार्की महिला, ३६ वर्ष, ललितपुर–३, प्राप्त मतः ४३,०९६, निकटतम् प्रतिद्वन्द्वी जीतेन्द्रकुमार श्रेष्ठ, नेपाली कांग्रेस (९,०४५)।
दीपककुमार साह पुरुष, ४९ वर्ष, सुनसरी–४, प्राप्त मतः ४२,७७१, निकटतम् प्रतिद्वन्द्वी ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेस (१६,५८७)।
देवराज पाठक पुरुष, ६० वर्ष, दाङ–१, प्राप्त मतः ४२,६०२, निकटतम् प्रतिद्वन्द्वी योगेन्द्र चौधरी, नेपाली कांग्रेस (१५,२८०)।
रविन महतो पुरुष, ३८ वर्ष, सर्लाही–२, प्राप्त मतः ४२,५१२, निकटतम् प्रतिद्वन्द्वी महिन्द्र राय यादव, नेपाली कम्युनिस्ट पार्टी (८,५२३)।
राजीव खत्री पुरुष, ३९ वर्ष, भक्तपुर–२, प्राप्त मतः ४२,३३४, निकटतम् प्रतिद्वन्द्वी महेश बस्नेत, नेकपा एमाले (१०,९६६)।
रामविनोद यादव पुरुष, ४९ वर्ष, धनुषा–२, प्राप्त मतः ४१,६३७, निकटतम् प्रतिद्वन्द्वी दिनेशप्रसाद यादव परसैला, नेपाली कांग्रेस (१०,१९८)।

मनीष खनाल पुरुष, २६ वर्ष, नवलपुर–२, प्राप्त मतः ४१,३४७, निकटतम् प्रतिद्वन्द्वी तिलबहादुर महत क्षेत्री, नेकपा एमाले (१५,७५५)।
बब्लु गुप्ता पुरुष, २८ वर्ष, सिराहा–१, प्राप्त मतः ४१,३२२, निकटतम् प्रतिद्वन्द्वी रामसुन्दर चौधरी, नेपाली कांग्रेस (९,७७४)।
रहबर अन्सारी पुरुष, ३९ वर्ष, बारा–४, प्राप्त मतः ४१,२००, निकटतम् प्रतिद्वन्द्वी कृष्णकुमार श्रेष्ठ, नेकपा एमाले (११,६३९)।
कृष्णकुमार कार्की पुरुष, ४० वर्ष, मोरङ–२, प्राप्त मतः ४०,९२४, निकटतम् प्रतिद्वन्द्वी दिलीपकुमार अग्रवाल, नेकपा एमाले (१५,६२४)।
सन्तोष राजवंशी पुरुष, ३४ वर्ष, मोरङ–४, प्राप्त मतः ४०,८३३, निकटतम् प्रतिद्वन्द्वी गुरुराज घिमिरे, नेपाली कांग्रेस (१२,८१८)।
अरबिन्द साह पुरुष, ४१ वर्ष, बारा–३, प्राप्त मतः ४०,६९७, निकटतम् प्रतिद्वन्द्वी फरमुल्लाह मन्सुर, नेपाली कांग्रेस (१०,०५२)।
गणेश धिमाल पुरुष, ४३ वर्ष, बारा–१, प्राप्त मतः ३९,९९८, निकटतम् प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकी, नेपाली कांग्रेस (१४,२२३)।
खड्कराज पौडेल पुरुष, ४६ वर्ष, कास्की–१, प्राप्त मतः ३९,८८३, निकटतम् प्रतिद्वन्द्वी तिलकबहादुर रानाभाट, नेपाली कांग्रेस (११,२१४)।
शिवशंकर यादव पुरुष, ३० वर्ष, सिराहा–२, प्राप्त मतः ३९,५६१, निकटतम् प्रतिद्वन्द्वी रामचन्द्र यादव, नेपाली कांग्रेस (१२,८१४)।
जगदीश खरेल पुरुष, ४३ वर्ष, ललितपुर–२, प्राप्त मतः ३९,४९१, निकटतम् प्रतिद्वन्द्वी प्रेमकृष्ण महर्जन, नेपाली कांग्रेस (७,४२०)।
आसिका तामाङ महिला, ३७ वर्ष, धादिङ–१, प्राप्त मतः ३९,१२८, निकटतम् प्रतिद्वन्द्वी भूमिप्रसाद त्रिपाठी, नेकपा एमाले (१५,०३१)।
तौफिकअहमद खान पुरुष, ३८ वर्ष, रूपन्देही–५, प्राप्त मतः ३८,८०६, निकटतम् प्रतिद्वन्द्वी खिमलाल भट्टराई, नेकपा एमाले (१३,१००)।
प्रकाश पाठक पुरुष, ३७ वर्ष, झापा–३, प्राप्त मतः ३८,६७४, निकटतम् प्रतिद्वन्द्वी राजेन्द्रप्रसाद लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी (१७,२९४)।
पुष्पाकुमारी चौधरी महिला, ३६ वर्ष, सप्तरी–१, प्राप्त मतः ३८,१९५, निकटतम् प्रतिद्वन्द्वी सुमित कुमार, स्वाभिमान पार्टी (७,८४७)।
स्वर्णिम वाग्ले पुरुष, ५१ वर्ष, तनहुँ–१, प्राप्त मतः ३८,०४०, निकटतम् प्रतिद्वन्द्वी गोविन्द भट्टराई, नेपाली कांग्रेस (१६,२३१)।
बिना गुरुङ महिला, ५३ वर्ष, कास्की–३, प्राप्त मतः ३७,७५०, निकटतम् प्रतिद्वन्द्वी मनोज गुरुङ, नेपाली कांग्रेस (१२,७८०)।
प्रदीप विष्ट पुरुष, ५१ वर्ष, काठमाडौं–१०, प्राप्त मतः ३७,४६९, निकटतम् प्रतिद्वन्द्वी हिमाल कार्की, नेपाली कांग्रेस (८,१००)।
गणेश कार्की पुरुष, ४० वर्ष, मोरङ–३, प्राप्त मतः ३६,९२४, निकटतम् प्रतिद्वन्द्वी सुनिलकुमार शर्मा, नेपाली कांग्रेस (२४,३५४)।
गणेश पौडेल पुरुष, ४३ वर्ष, रौतहट–४, प्राप्त मतः ३६,८७६, निकटतम् प्रतिद्वन्द्वी देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेस (१५,८६५)।
सीताराम साह पुरुष, ६५ वर्ष, सप्तरी–४, प्राप्त मतः ३६,४१२, निकटतम् प्रतिद्वन्द्वी तेजुलाल चौधरी, नेपाली कांग्रेस (१३,१०३)।

तपेश्वर यादव पुरुष, ३३ वर्ष, सिराहा–४, प्राप्त मतः ३६,२१०, निकटतम् प्रतिद्वन्द्वी अजयशंकर नायक, नेपाली कम्युनिस्ट पार्टी (७,९७२)।
प्रकाश गौतम पुरुष, ३७ वर्ष, मकवानपुर–१, प्राप्त मतः ३६,०३३, निकटतम् प्रतिद्वन्द्वी महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कांग्रेस (१४,०३८)।
अमरेशकुमार सिंह पुरुष, ५५ वर्ष, सर्लाही–४, प्राप्त मतः ३५,६८८, निकटतम् प्रतिद्वन्द्वी गगनकुमार थापा, नेपाली कांग्रेस (२२,८३१)।
चन्दनकुमार सिंह पुरुष, ४२ वर्ष, बारा–२, प्राप्त मतः ३५,५९०, निकटतम् प्रतिद्वन्द्वी रामकिशोरप्रसाद यादव, जनता समाजवादी पार्टी, नेपाल (१४,१९६)।
डोलप्रसाद अर्याल पुरुष, ५१ वर्ष, काठमाडौं–९, प्राप्त मतः ३५,०९३, निकटतम् प्रतिद्वन्द्वी नानुमैया बास्तोला, नेपाली कांग्रेस (५,४६०)।
हरिप्रसाद भुसाल पुरुष, ३७ वर्ष, अर्घाखाँची–१, प्राप्त मतः ३५,०२३, निकटतम् प्रतिद्वन्द्वी पीताम्बर भुसाल, नेकपा एमाले (२२,६४९)।
प्रमोदकुमार महतो पुरुष, ४० वर्ष, महोत्तरी–१, प्राप्त मतः ३४,६३६, निकटतम् प्रतिद्वन्द्वी गिरिराजमणि पोखरेल, नेपाली कम्युनिस्ट पार्टी (१२,६२४)।
सुनिल के.सी. पुरुष, ४३ वर्ष, काठमाडौं–२, प्राप्त मतः ३४,२३८, निकटतम् प्रतिद्वन्द्वी कवीर शर्मा, नेपाली कांग्रेस (८,८७७)।
मोहनलाल आचार्य पुरुष, ५३ वर्ष, कपिलवस्तु–१, प्राप्त मतः ३४,१४८, निकटतम् प्रतिद्वन्द्वी आशिष शर्मा, स्वतन्त्र (१५,८६०)।
दिपकराज बोहरा पुरुष, ३८ वर्ष, कञ्चनपुर–२, प्राप्त मतः ३३,९५२, निकटतम् प्रतिद्वन्द्वी नारायणप्रकाश साउद, नेपाली कांग्रेस (१०,८२७)।
धर्मराज केसी पुरुष, ४५ वर्ष, लमजुङ–१, प्राप्त मतः ३३,८९८, निकटतम् प्रतिद्वन्द्वी पृथ्वी सुब्बा गुरुङ, नेकपा एमाले (१६,८७६)।
रुकेश रञ्जित पुरुष, ४६ वर्ष, भक्तपुर–१, प्राप्त मतः ३३,४३६, निकटतम् प्रतिद्वन्द्वी प्रेम सुवाल, नेपाल मजदुर किसान पार्टी (२८,१४७)।
अमरकान्त चौधरी पुरुष, ४४ वर्ष, सप्तरी–३, प्राप्त मतः ३२,८७५, निकटतम् प्रतिद्वन्द्वी उपेन्द्र यादव, जनता समाजवादी पार्टी, नेपाल (१५,२४१)।
सुरेशकुमार चौधरी पुरुष, ५६ वर्ष, बाँके–१, प्राप्त मतः ३२,७९२, निकटतम् प्रतिद्वन्द्वी नारायणप्रसाद गौडेल, नेपाली कांग्रेस (१५,३०१)।
दीपककुमार साह पुरुष, ३४ वर्ष, महोत्तरी–२, प्राप्त मतः ३२,७२२, निकटतम् प्रतिद्वन्द्वी शरत सिंह भण्डारी, जनता समाजवादी पार्टी, नेपाल (१०,७४५)।
श्रीराम न्यौपाने पुरुष, ५६ वर्ष, तनहुँ–२, प्राप्त मतः ३२,६८७, निकटतम् प्रतिद्वन्द्वी शंकर भण्डारी, नेपाली कांग्रेस (१४,१३५)।

विराजभक्त श्रेष्ठ पुरुष, ४४ वर्ष, काठमाडौं–८, प्राप्त मतः २४,५९२, निकटतम् प्रतिद्वन्द्वी सुमन सायमी, नेपाली कम्युनिस्ट पार्टी (३,२१७)।
भरतप्रसाद पराजुली पुरुष, ५७ वर्ष, सिन्धुपाल्चोक–१, प्राप्त मतः २४,४१२, निकटतम् प्रतिद्वन्द्वी माधव सापकोटा, नेपाली कम्युनिस्ट पार्टी (१७,३२७)।
जनक सिंह धामी पुरुष, ५५ वर्ष, कञ्चनपुर–१, प्राप्त मतः २४,३३२, निकटतम् प्रतिद्वन्द्वी बीना मगर, नेपाली कम्युनिस्ट पार्टी (११,११०)।
बुद्धरत्न महर्जन पुरुष, ४७ वर्ष, ललितपुर–१, प्राप्त मतः २३,३७३, निकटतम् प्रतिद्वन्द्वी उदयशमशेर जबरा, नेपाली कांग्रेस (१३,५२०)।
विक्रम तिमिल्सिना पुरुष, ४३ वर्ष, नुवाकोट–१, प्राप्त मतः २२,६०९, निकटतम् प्रतिद्वन्द्वी प्रकाशशरण महत, नेपाली कांग्रेस (१८,५९७)।
हरिमोहन भण्डारी पुरुष, ५९ वर्ष, बैतडी–१, प्राप्त मतः २२,१३४, निकटतम् प्रतिद्वन्द्वी चतुरबहादुर चन्द, नेपाली कांग्रेस (१८,१९४)।
सुशील खड्का पुरुष, ३९ वर्ष, बाग्लुङ–१, प्राप्त मतः २०,९२७, निकटतम् प्रतिद्वन्द्वी भीमबहादुर श्रीस राना, नेपाली कांग्रेस (११,९४४)।
जगतप्रसाद जोशी पुरुष, ३९ वर्ष, कैलाली–३, प्राप्त मतः २०,३५९, निकटतम् प्रतिद्वन्द्वी वीरमान चौधरी, नेपाली कम्युनिस्ट पार्टी (११,९८३)।
ताराप्रसाद जोशी पुरुष, ५४ वर्ष, डडेलधुरा–१, प्राप्त मतः १९,१३१, निकटतम् प्रतिद्वन्द्वी नैन सिंह महर, नेपाली कांग्रेस (१२,१२१)।
केपी खनाल पुरुष, २६ वर्ष, कैलाली–२, प्राप्त मतः १९,०५७, निकटतम् प्रतिद्वन्द्वी पतिराम चौधरी, नागरिक उन्मुक्ति पार्टी, नेपाल (११,९४९)।
राजुनाथ पाण्डे पुरुष, ५५ वर्ष, काठमाडौं–३, प्राप्त मतः १८,७५७, निकटतम् प्रतिद्वन्द्वी कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी (११,१७१)।
आशिष गजुरेल पुरुष, ४४ वर्ष, सिन्धुली–२, प्राप्त मतः १७,९४०, निकटतम् प्रतिद्वन्द्वी लेखनाथ दाहाल (राजन), नेपाली कम्युनिस्ट पार्टी (१४,७८०)।
कोमल ज्ञवाली महिला, ४७ वर्ष, कैलाली–१, प्राप्त मतः १७,८२६, निकटतम् प्रतिद्वन्द्वी जनकराज चौधरी, नेपाली कांग्रेस (१२,८६७)।
गोविन्द पन्थी पुरुष, ५१ वर्ष, गुल्मी–२, प्राप्त मतः १६,९६७, निकटतम् प्रतिद्वन्द्वी गोकर्णराज विष्ट, नेकपा एमाले (१६,४०६)।
धनेन्द्र कार्की पुरुष, ३८ वर्ष, सिन्धुली–१, प्राप्त मतः १६,६५९, निकटतम् प्रतिद्वन्द्वी प्रदीपकुमार कटुवाल क्षेत्री (केसी), नेकपा एमाले (१५,८७५)।
रञ्जु न्यौपाने महिला, ३० वर्ष, काठमाडौं–१, प्राप्त मतः १५,४५५, निकटतम् प्रतिद्वन्द्वी प्रबल थापा क्षेत्री, नेपाली कांग्रेस (६,३६४)।
सूर्यबहादुर तामाङ पुरुष, ४१ वर्ष, उदयपुर–२, प्राप्त मतः १४,८०२, निकटतम् प्रतिद्वन्द्वी अम्बरबहादुर रायमाझी, नेकपा एमाले (७,६४८)।
विश्वराज पोखरेल पुरुष, ५९ वर्ष, ओखलढुंगा–१, प्राप्त मतः १३,९५३, निकटतम् प्रतिद्वन्द्वी कुमार लुइँटेल, नेपाली कांग्रेस (१३,९४८)।
माधवबहादुर थापा पुरुष, ४५ वर्ष, पाल्पा–२, प्राप्त मतः २६,७३६, निकटतम् प्रतिद्वन्द्वी हिमालदत्त श्रेष्ठ, नेपाली कांग्रेस (१२,९९२)।
कविन्द्र बुर्लाकोटी पुरुष, ४६ वर्ष, गोरखा–२, प्राप्त मतः २६,६६०, निकटतम् प्रतिद्वन्द्वी प्रकाशचन्द्र दवाडी, नेपाली कांग्रेस (११,७००)।
सागर भुसाल पुरुष, ४४ वर्ष, पर्वत–१, प्राप्त मतः २६,५६१, निकटतम् प्रतिद्वन्द्वी अर्जुनप्रसाद जोशी, नेपाली कांग्रेस (१५,९५४)।
बोधनारायण श्रेष्ठ पुरुष, ५६ वर्ष, धादिङ–२, प्राप्त मतः २६,१४५, निकटतम् प्रतिद्वन्द्वी रमेशप्रसाद धमला, नेपाली कांग्रेस (२०,२७९)।
झविलाल डुम्रे पुरुष, ३३ वर्ष, स्याङ्जा–२, प्राप्त मतः २५,३५४, निकटतम् प्रतिद्वन्द्वी भागवतप्रकाश मल्ल, नेपाली कांग्रेस (२०,८३०)।
कृष्णहरि बुढाथोकी पुरुष, ४४ वर्ष, रामेछाप–१, प्राप्त मतः २४,८०८, निकटतम् प्रतिद्वन्द्वी माधवप्रसाद ढुंगेल, नेकपा एमाले (१७,६०९)।
सोम शर्मा पुरुष, ३४ वर्ष, बाग्लुङ–२, प्राप्त मतः १२,६४७।

यसै गरी काँग्रेसबाट निर्वाचित हुनेहरूः

मो. फिरदोश आलम पुरुष, ३९ वर्ष, रौतहट–२, प्राप्त मतः २९,५२८, निकटतम् प्रतिद्वन्द्वी किरणकुमार साह, नेपाली कम्युनिस्ट पार्टी (१८,४४२)।

विष्णुबहादुर खड्का पुरुष, ५८ वर्ष, सुर्खेत–१, प्राप्त मतः २६,८९७, निकटतम् प्रतिद्वन्द्वी ध्रुवकुमार शाही, नेकपा एमाले (१८,८९०)।

अभिषेकप्रताप शाह पुरुष, ४३ वर्ष, कपिलवस्तु–३, प्राप्त मतः २३,५३५, निकटतम् प्रतिद्वन्द्वी प्रकाश रजौरिया, राष्ट्रिय स्वतन्त्र पार्टी (१८,८९०)।

खड्कबहादुर बुढा पुरुष, ४० वर्ष, जाजरकोट–१, प्राप्त मतः २०,१४२, निकटतम् प्रतिद्वन्द्वी शक्तिबहादुर बस्नेत, नेपाली कम्युनिस्ट पार्टी (१७,४०७)।

सन्दीप राना पुरुष, ३८ वर्ष, पाल्पा–१, प्राप्त मतः १८,३३६, निकटतम् प्रतिद्वन्द्वी नारायणप्रसाद आचार्य, नेकपा एमाले (१६,८१९)।

नरेन्द्रकुमार केरुङ पुरुष, ५३ वर्ष, पाँचथर–१, प्राप्त मतः १७,२३३, निकटतम् प्रतिद्वन्द्वी हस्तराज शेर्मा, श्रम संस्कृति पार्टी (१४,७३४)।

जनकराज गिरी पुरुष, ६० वर्ष, बाजुरा–१, प्राप्त मतः १७,१७३, निकटतम् प्रतिद्वन्द्वी लालबहादुर थापा, नेकपा एमाले (१६,६३३)।

भरतबहादुर खड्का पुरुष, ६८ वर्ष, डोटी–१, प्राप्त मतः १४,८९७, निकटतम् प्रतिद्वन्द्वी दीपकबहादुर धामी, नेकपा एमाले (१४,११०)।

निश्कल राई पुरुष, ३५ वर्ष, इलाम–१, प्राप्त मतः १४,५४३, निकटतम् प्रतिद्वन्द्वी विनोद नेम्बाङ्ग लिम्बु, श्रम संस्कृति पार्टी (१३,६३२)।

प्रकाश सिंह कार्की पुरुष, ६२ वर्ष, सोलुखुम्बु–१, प्राप्त मतः १३,१६६, निकटतम् प्रतिद्वन्द्वी अशिम राई, नेपाली कम्युनिस्ट पार्टी (९,४१४)।

बासना थापा महिला, ४५ वर्ष, दैलेख–१, प्राप्त मतः १२,३७२, निकटतम् प्रतिद्वन्द्वी रवीन्द्रराज शर्मा, नेकपा एमाले (११,७९६)।

सन्तोष सुब्बा पुरुष, ४८ वर्ष, तेह्रथुम–१, प्राप्त मतः ११,५६१, निकटतम् प्रतिद्वन्द्वी भानुभक्त ढकाल, नेकपा एमाले (१०,६८२)।

भरतकुमार स्वार पुरुष, ७० वर्ष, अछाम–१, प्राप्त मतः १०,७५९, निकटतम् प्रतिद्वन्द्वी भीमबहादुर रावल, नेपाली कम्युनिस्ट पार्टी (१०,२३३)।

मोहन आचार्य पुरुष, ४८ वर्ष, रसुवा–१, प्राप्त मतः १०,६५६, निकटतम् प्रतिद्वन्द्वी वसन्त भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (५,५७१)।

जयपति रोकाया पुरुष, ४७ वर्ष, हुम्ला–१, प्राप्त मतः ८,७९७, निकटतम् प्रतिद्वन्द्वी दीपेन्द्र रोकाया, नेपाली कम्युनिस्ट पार्टी (७,२४३)।

खड्ग शाही पुरुष, ५८ वर्ष, मुगु–१, प्राप्त मतः ७,९९४, निकटतम् प्रतिद्वन्द्वी पूर्णबहादुर रोकाया, नेकपा एमाले (६,७१८)।

योगेश गौचन थकाली पुरुष, ३२ वर्ष, मुस्ताङ–१, प्राप्त मतः ३,३०७, निकटतम् प्रतिद्वन्द्वी इन्द्रधारा डादु विष्ट, नेकपा एमाले (१,८०६)।

टेकबहादुर गुरुङ पुरुष, ७१ वर्ष, मनाङ–१, प्राप्त मतः २,४१५, निकटतम् प्रतिद्वन्द्वी यशोदा गुरुङ (सुवेदी), नेपाली कम्युनिस्ट पार्टी (४५४)।

यसै गरी नेकपा एमालेबाट निर्वाचित हुनेहरू

मोहम्मद इश्तियाक राई पुरुष, ४६ वर्ष, बाँके–२, प्राप्त मतः २४,६२८, निकटतम् प्रतिद्वन्द्वी विवेककुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (१८,५८२)।

सुहाङ नेम्बाङ पुरुष, ३६ वर्ष, इलाम–२, प्राप्त मतः २२,४२६, निकटतम् प्रतिद्वन्द्वी भेषराज आचार्य, नेपाली कांग्रेस (१४,६५०)।

गणेश सिंह ठगुन्ना पुरुष, ५७ वर्ष, दार्चुला–१, प्राप्त मतः १८,८९१, निकटतम् प्रतिद्वन्द्वी धर्मानन्द जोशी, नेपाली कांग्रेस (१५,८३६)।

ऐनबहादुर महर पुरुष, ४१ वर्ष, बझाङ–१, प्राप्त मतः १८,५४३, निकटतम् प्रतिद्वन्द्वी प्रकाश रसाइली स्नेही, नेपाली कांग्रेस (१६,३०४)।

राजेन्द्रकुमार राई पुरुष, ५९ वर्ष, धनकुटा–१, प्राप्त मतः १८,१३२, निकटतम् प्रतिद्वन्द्वी दिनेश राई, नेपाली कांग्रेस (१४,२५७)।

क्षितिज थेबे पुरुष, ३८ वर्ष, ताप्लेजुङ–१, प्राप्त मतः १३,९६२, निकटतम् प्रतिद्वन्द्वी गजेन्द्रप्रसाद तुम्याङ लिम्बू, नेपाली कांग्रेस (११,७११)।

लक्ष्मीप्रसाद पोखरेल पुरुष, ६३ वर्ष, दैलेख–२, प्राप्त मतः १३,८८९, निकटतम् प्रतिद्वन्द्वी दिक्पालकुमार शाही, नेपाली कांग्रेस (९,५५२)।

यज्ञबहादुर बोगटी पुरुष, ५० वर्ष, अछाम–२, प्राप्त मतः ९,५१८, निकटतम् प्रतिद्वन्द्वी पुष्पबहादुर शाह, नेपाली कांग्रेस (९,०४६)।

अर्जुनकुमार कार्की पुरुष, ६२ वर्ष, संखुवासभा–१, ले आज बेलुका ९ बजेसम्म प्राप्त मतः १५,००१, निकटतम् प्रतिद्वन्द्वी मिङमा शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (१३,९१४) रहेको छ ।

यसै गरी नेपाली कम्यनिष्ट पार्टीबाट निर्वाचित हुने सांसदहरू

वर्षमान पुन पुरुष, ५४ वर्ष, रोल्पा–१, प्राप्त मतः २७,४६०, निकटतम् प्रतिद्वन्द्वी सुदनकुमार वली, नेपाली कांग्रेस (१२,००८)।

रमेशकुमार मल्ल पुरुष, ४७ वर्ष, सल्यान–१, प्राप्त मतः २३,१८९, निकटतम् प्रतिद्वन्द्वी ललितकुमार चन्द, राष्ट्रिय स्वतन्त्र पार्टी (२०,९०४)।

युवराज दुलाल पुरुष, ४३ वर्ष, सिन्धुपाल्चोक–२, प्राप्त मतः २१,६९८, निकटतम् प्रतिद्वन्द्वी वंशलाल तामाङ, नेपाली कांग्रेस (१९,१४६)।

गोपाल शर्मा पुरुष, ४८ वर्ष, रूकुम पश्चिम–१, प्राप्त मतः २१,६०९, निकटतम् प्रतिद्वन्द्वी राजु केसी, नेपाली कांग्रेस (१६,६६१)।

महेन्द्रबहादुर शाही पुरुष, ४९ वर्ष, कालीकोट–१, प्राप्त मतः ११,७३४, निकटतम् प्रतिद्वन्द्वी नगीन्द्र शाही, नेकपा एमाले (१०,६४७)।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुरुष, ७० वर्ष, रूकुम पूर्व–१, प्राप्त मतः १०,२४०, निकटतम् प्रतिद्वन्द्वी लीलामणि गौतम, नेकपा एमाले (३,४६२)।

धनबहादुर बुढा पुरुष, ५१ वर्ष, डोल्पा–१, प्राप्त मतः ६,८०२, निकटतम् प्रतिद्वन्द्वी लंकबहादुर रोकाया, नेकपा एमाले (५,३९६)।

यसै गरी श्रम संस्कृति पार्टीबाट निर्वाचित हुने सांसदहरू

हर्कराज राई पुरुष, ४३ वर्ष, सुनसरी–१, प्राप्त मतः ३५,७४१, निकटतम् प्रतिद्वन्द्वी गोमा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (२७,२४९)।

ध्रुवराज राई पुरुष, ४३ वर्ष, भोजपुर–१, प्राप्त मतः १६,६६३, निकटतम् प्रतिद्वन्द्वी शेरधन राई, नेकपा एमाले (१४,७५०)।

आरेन राई पुरुष, २९ वर्ष, खोटाङ–१, प्राप्त मतः १६,६१२, निकटतम् प्रतिद्वन्द्वी देवविक्रम राई, नेकपा एमाले (१२,७१४)।

यसै गरी राप्रपाबाट निर्वाचित हुने सांसदहरूः

ज्ञानबहादुर शाही पुरुष, ३४ वर्ष जुम्ला – १ प्राप्त मतः १४,८१६ । निकटतम् प्रतिद्वन्द्वी नरेश भण्डारी नेपाली कम्युनिस्ट पार्टी (११,६३५) रहेका छन् भने स्वतन्त्रबाट महावीर पुन पुरुष, ७१ वर्ष, म्याग्दी–१, प्राप्त मतः २२,८५०, निकटतम् प्रतिद्वन्द्वी हरिकृष्ण श्रेष्ठ, नेकपा एमाले (७,९१९) रहेका छन् ।

समानुतपातिकतर्फ हालसम्म रास्वपाको 4,711,473 (47.96%), कांग्रेसको 1,584,897 (16.13%) एमालेको 1,321,976 (13.46%) नेकपाको 713,170 (7.26%) श्रम संस्कृतिको 334,775 (3.41%) र राप्रपा – 310,385 (3.16%) मत प्राप्त भएको छ । आजसम्म प्रत्यक्षतर्फ जम्मा सिट: 164 को र समानुपातिकतर्फ 9,823,312 मत मात्र गणना भएको छ र अझै १० लाख जति मत गन्न बाँकी छ ।

Loading

Post Comment

You May Have Missed