×

२०८३ बैशाख १७ गते विहीवार

२०८३ बैशाख १७ गते विहीवार

सोलाबाङ रुकुम

आज बिहान उठ्दा अलि हल्का भएकोले सेतोपाटीमा प्रकाशित लेखलाई हटाइदिन मेल पठाउनको निम्ति बिनारामको घरमा गएँ । जेठा जेठान पनि त्यहीँ आइपुग्नुभयो । दुई भाइको कुरामा मेरो ध्यान गएन । दैनिकीहरू अपडेट गरी आफ्नो काम सकेर डेरीबाट दूध ल्याई घर फर्किएँ ।

सेतोपाटीमा प्रकाशित लेख छिटो हटाउन महेश सरको फोन आइरह्यो । आफूले सकेको गरेको स्पष्टीकरण दिइरहेँ । हिजै पकाएको भातमा दूध हालेर पकाएँ र खाएँ । दिउँसो कमला बुहारीले नुवागीको खिर रोटी राखिदिएकोले खान आउन कर गरेकीले खान बाध्य भएँ ।

अनावश्यक कुरामा ध्यान नदिऊँ भन्दा पनि सेतोपाटीकै कथा प्रसङ्गले ध्यान खिचिरह्यो । ५ कक्षाको पाठ्यपुस्तक निर्माणको काम अगाडि बढाउन बाधा भइरह्यो ।

तल्लो पाटोको झार उखेल्न झरेँ । तर लगातार उखेल्दा औँला दुखेकोले बिचमै छोडेर पुनः घरमा उक्लिएँ ।

कथा लेख्ने क्रममा भएको घटनाको विकासको सम्बन्धमा महेश सरलाई पनि जानकारी हुनुपर्छ भन्ठानी स्पष्टीकरण पत्र लेखेर बसेँ र बेलुका ८ बजेतिर पठाएँ । पत्रको बेहोरा यही मितिको अर्को दैनिकीमा प्राइभेट मोडमा राखिएको छ ।

Loading

Post Comment

You May Have Missed