रुकुमकोटका व्यापारी
रुकुमकोटका एकजना व्यापारीले १०० वटा खच्चर पालेका छन् । रुकुममा एउटै खच्चरको मोल रु २५ हजार भन्दा माथि पर्छ । ती मध्ये प्रत्येक खच्चरले बढीमा ५० वटा सुन्तला अट्ने बोरा पिठ्यूँको दायाँभागपट्टि र बढीमा ५० वटा सुन्तला अट्ने बोरा पिठ्यूँको बायाँभागपट्टि बोक्न सक्छ । उनले स्थानीय बजार रुकुमकोटमा प्रति गोटा १ रुपैँयाको दरले सुन्तलाहरु किनेर १०० वटा खच्चरलाई नै पूरा भारी बोकाइ विक्रि गर्न ती व्यापारी दाङतिर झर्छन् । उनीसंग खच्चर धपाउन सहयोग गर्ने एकजना मात्र व्यक्ति छन् । रुकुमकोटबाट दाङसम्म पुग्न धाउने, नाथीगाड, लम्फाकोट, धपे, छिङ, गिलबाङ कैलदेऊ, सल्ले, खलंगा, सेरिगाउँ, चाँफा, सोलाबाङ, सिम्रुतु, खारा, झुल्नेटा, खौला हुँदै राप्ती वाणिज्य संघका ४० वटा चेकपोष्ट पार गर्नुपर्छ । ती चेकपोष्टमध्ये खलंगा, खौला, जलेखर्क, थारमारे, सितलपाटी र कपुरकोट मुख्य चेकपोष्ट हुन् । यी चेकपोष्टहरु क्रमशः दशौँ, बीसौँ, एक्काइसौँ, पच्चीसौँ, तीसौँ र पैँतीसौँ स्थानमा पर्छन् । प्रत्येक चेकपोष्टमा व्यापारीले भारी बोकेका प्रति खच्चर दुई रुपैँया (मूल्यगत) वा दुई सुन्तला (वस्तुगत) कर तिर्नुपर्ने हुन्छ र मुख्य चेकपोष्टमा भारी बोकेका प्रति खच्चर चार रुपैँया (मूल्यगत) वा चार सुन्तला (वस्तुगत) कर तिर्नुपर्छ । ती व्यापारी दाङ पुगेपछि सबै कर तिरेर बाँकि रहेका सुन्तलाको प्रतिगोटाको रु ५ को दरले बेच्छन् र नाफा पाएकोमा खुशी पनि हुन्छन् । अब भन्नुस् उनलाई बढीमा कति नाफा भयो होला ? यदि वस्तुगत कर मात्र तिर्नुपर्ने प्रावधान ल्याइयो भने व्यापारीले कस्तो जुक्ति लगाएमा नाफा हुन्छ होला र कति नाफा हुन्छ होला ?
![]()