गाईको भागबण्डा
प्रश्न नं. २ः पाँचवटा दाजुभाइहरु सगोलमा बसिरहेका छन् । उनीहरुले २५ वटा गाई पालिरहेका छन् । ती गाईहरुमध्ये पहिलोले एक लिटर दोस्रोले दुई लिटर तेस्रोले तीन लिटर गर्दै पच्चीसौँ गाईले पच्चीस लिटर दूध दिँदो रहेछ । उनीहरु अब छुटटिएर बस्ने अवस्था आएछ । उनीहरुलाई ती गाईहरु यसरी बाँड्नुहोस् कि गाईको संख्या पनि बराबर भाग लागोस् र उनीहरुले पाउने दूधको परिमाण पनि बराबर नै होओस् । कतिऔँ गाई कुन भाइको भाग पर्छ होला ?