×

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

दुवाकोट भक्तपुर

आज सदाझैँ बिहान खानपिन गरी समयमै लेखनकुञ्ज अफिसमा पुगियो । ‘भोट केमा, तारामा’ शीर्षक राखेर संस्मरणात्मक निबन्धको खाका तयार गरेपछि केशव न्यौपानेको डकुमेन्टको हिजैको बाँकी सम्पादनको काम अगाडि बढाइयो । दिउँसो जनता टिभीका टङ्क सर जो लेखनकुञ्जको व्यवस्थापन पक्ष पनि हेर्नुहुन्छ आउनुभएकोले संक्षिप्त भलाकुसारी भयो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको भवनको लागि भौतिक साधन जुटाउने कार्यको सुरुवात गर्नको निम्ति लेखनकुञ्जकै कर्मचारी चाहना श्रेष्ठबाट सहयोगको उद्घाटन गरियो । रुकुमेली वाङमय अधिष्ठानको कार्य समितिको बैठक नबसेको धेरै लामो समय भएकोले भूपेन्द्रा मल्ल म्यामसँग सल्लाह गरी पर्सि शुक्रवार ३ बजेदेखि बस्ने समय निर्धारण गरेर सोअनुसार फेसबुकमार्फत सबै पदाधिकारीलाई जानकारी गराइयो ।

फेसबुक खोल्दा मात्र भाइ प्रकाशको आज जन्मदिन परेको याद भयो । प्रकाशलाई फेसबुक पोस्ट तयार गरी सङ्क्षिप्तमा शुभकामना दिइयो ।

आज भद्र केसीलगायत मनबहादुर केसीका पुत्र र पुत्रीसँग भेट गर्ने पूर्व योजनामुताबिक थापागाउँ स्थित एक होटेलमा पारिवारिक वातावरणमा भेटघाट गरी कुरा राख्ने र सुन्ने काम सम्पन्न भएपश्चात् बेलुका घरमा आई विश्राम गरियो ।

घरमा भएको ल्यापटपमा माइक्रोसफ्ट अफिसको प्रोडक्ट फेल भई वर्डको फाइलको अप्सन डिज्याबल भएकोले नोटप्याडमा टाइप गरी दैनिकी लेख्ने कामलाई औपचारकितामा सीमित गरियो ।

Loading

Post Comment

You May Have Missed