×

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

सिम्रुतु रुकुम पश्चिम

आज बिहान ५ बजे उठ्यौँ र दैनिक नित्य कर्म सकेर ६ बजेदेखि नै पाठ्यपुस्तक निर्माणको काममा लाग्यौँ ।

बिहान सफा भएको आकाश दिउँसोतिर अँध्यारियो । अनि वर्षात् जस्तै चारैतिरबाट सिमसिम पानी बर्सिन थाल्यो । मुरुखोला रुँघाखोला र खाराखोलामा रातो भल नै आयो । पाखापखेरमा मकै धान र अन्य बर्खेबाली लगाउनको लागि बोकेको प्राङ्गारिक मल बगाएर खोलामा मिस्यायो । एक छिन बैशाखको भेल हेर्‍यौँ ।

बत्ती हिजैदेखि थिएन । अफिसमा इन्भर्टर पनि डाउन भएर काम गर्दा गर्दै रोकियो । दिउँसो त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा गएर सोलार प्यानलको बत्तीले केही काम गर्‍यौँ । ९ बजेसम्म पनि २ कक्षाको पाठ्यपुस्तकको खाका तयार गर्न सकेनौँ ।

होटेलमा पुगेर खायो नखायो गरी फेरि पाठ्यपुस्तक निर्माणमा लाग्यौँ र करिब साढे १० बजेतिर सकायौँ ।

काम सकेर चितवनमा रहेका अस्मिता र नातिहरुलाई फोन गरेँ । नातिले छिटो आउनुहोस् । कति रुकुममै ढिला गरेको भनी घुर्की लगाए । मैले अबको १ हप्ताभित्र प्यारो नातिलाई भेट्न आइपुग्छु भनेँ । उनले १ हप्ता १ हप्ता भन्न थालेको १ वर्ष भइसक्यो भनेर अविश्वास प्रकट गरे । म मर्माहत भएँ ।

यहाँ १ दिनमा सकौँला भनेको काम २ दिनभन्दा बढी लाग्छ । माथिल्लो कक्षाको पाठमा सूचना र तथ्यहरू थप्दै जानुपर्ने हुँदा झन् झन् पाठ्यपुस्तक निर्माण जटिल हुँदै जान्छ । बिहानदेखि ६ बजेदेखि बेलुका १० बजेसम्म झन्डै १६ घण्टा निरन्तर घोटिएको रातमा सितिमिती निद्रा पनि लाग्दैन ।

Loading

Post Comment

You May Have Missed