×

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

सिम्रुतु

आज बिहानै उठेर सिम्रुतु जाने तयारी गरेँ । हिजै पकाएको भात र साग भुटेँ । तर एक गास पनि घाँटीमा छिरेन । दिदीलाई दूध खोजिदिन आग्रह गरेँ । उहाँको दौडधुपले कतै पनि दूध फेला परेन । दिदीले गुडको चिया बनाएर चियासँग भात खाऊ भनी गुड ल्याइदिनुभयो । गुडको चिया बनाएर खायौँ । तर चियासँग मुछेर भात खान मन लागेन । भात फाल्न पनि मन लागेन र भित्रै राख्दा सिम्रुतुबाट फर्कन केही समय लाग्ने भएकोले कुहेर भाँडा नै बिग्रने देखिएकोले अन्टसन्टमा परेँ ।

दिदी फेरि दूध खोज्न जानुभयो र गैराघर माइजूबाट एक माना दूध ल्याउनुभयो । दिदीले ग्यास्ट्रिक हुन्छ भनेर दूध खानुभएन । बासीमा भात पकाएर खाँदा निक्कै फुल्लिएछ । पेट पनि फुल्लियो ।

सँगै पाठ्यपुस्तक निर्माण गरिरहेका भाइ नरसिँह ओलीलाई सँगै जाउँला भनी फोन लगाएँ । उहाँ बैरागी ठाँटीतिर आउँदै हुनुहुँदो रहेछ । उहाँसँगै सिम्रुतु पुग्यौँ । चन्द्रा र मनलाल सर उतै आउनुभयो । जानेबित्तिकै पाठ्यपुस्तकको निर्माणमा लाग्यौँ ।

समूहमा छलफल गर्दा ढिला हुनेभएकोले एक्ला एक्लै अर्को साथीको पाठ हेर्ने कुरा भयो । सोहीअनुसार काम थाल्यौँ ।

बेलुकातिर चट्याङ हावाहुरीसहितको मुसलधारे पानी पर्‍यो । बत्ती र नेटबाट विच्छेद भइयो । अन्धकारमा सिम्रुतुकै माया होटेलमा सुत्यौँ ।

Loading

Post Comment

You May Have Missed