पारिश्रमिक तथा करको हिसाब २०७३
के तपाईँ नेपालमा कार्यरत राष्ट्रसेवकहरुको पारिश्रमिक सम्बन्धमा जान्न चाहनुहुन्छ ?
- संवैधानिक पदाधिकारीहरु,
- निजामती कर्चारी,
- स्वास्थ्य सेवाका कर्मचारी,
- नेपाल प्रहरी,
- नेपाली सेना,
- सशस्त्र प्रहरी बल र
- शिक्षकहरु समेत
उल्लिखत सेवाका प्रत्येक पदमा कार्यरत राष्ट्रसेवकहरुको पारिश्रमिक कति कति हुन्छहोला ? त्यसो हो भने यो सफ्टवेयर खोलेर हेर्नुहोस्
तपाईँ यदि राष्ट्रसेवक, कर्मचारी हुनुहुन्छ भने —
- तपाईँले तलब ग्रेड तथा अन्य सुविधा कति पाउनुपर्ने हो र कति पाइरहनुभएको छ ?
- तपाईँले सामाजिक सुरक्षा कर र पारिश्रमिक कर कति कट्टि गर्नुपर्छ ?
तपाईँ लेखा सम्वद्ध कर्मचारी हुनुहुन्छ भने —
- महिना महिनामा विभिन्न थरिका फाँटवारीहरु तयार गर्ने,
- महिना महिनामा विभिन्न थरिका करको हिसाबको गणना गर्ने,
- महिना महिनामा विभिन्न थरिका गोश्वाराभौचरहरु तयार गर्ने,
- आदि झञ्झटबाट मुक्त हुन चाहनुहुन्छ ?
यदि उल्लिखित कुराहरुमा तपाईँको चासो छ भने यो सफ्टवेयर खोलेर हेर्नुहोस् र तपाईँको कमेन्ट यसै भित्तोमा अवश्य लेखी पठाउनुहोस् ।
फाइल खुल्न सामान्य फाइलहरुको तुलनामा अलिकति बढी समय लाग्न सक्छ, धैर्य गर्नुहोला ।
हेर्न वा चलाउनको लागि एकदमै सरल छ । तैपनि फाइलको पहिलो सिट “know-how” मा दिइएका निर्देशन शुरुदेखि नै राम्रोसँग अध्ययन गर्नुहोला ।
शुरुमा देखिने पारिश्रमिक र करको गणना मासिक हो । करको गणना आ-आफ्नो कार्यालयको नीति, प्रचलन, अवधि र गणकको तरीकामा निर्भर हुने भएकोले यसलाई अनुमानित मान्नुहोला ।
![]()
10 comments