कवितागद्य कविता

भविष्य

म आज बेचैन छु ।

तिमीलाई तत्काल देख्न/छुन नपाउँदा

सुन्छु,

क्षितिज पारि अग्लिरहेछौ

पलपलमा वर्तमान भई पग्लिरहेछौ

र, थाहै नपाइ/भोग्नै नपाइ

तत्कालै, क्षणक्षणमा, भूतसँग सङ्लिरहेछौ ।

 

रे ! खै ? होला ! हुन्न होला, जस्ता अनिश्चयका

शंकाको भुङ्ग्रोमा छाडेर

कति तड्पाउँछौ तिमी मलाई

पलपलमा र किस्ताकिस्तामा नआइदेउ न !

सिङ्गै साक्षात्कार बन, मेरो भविष्य

तब म ग्वाम्लाङ्ग अंगालो मार्न सकूँ ।

 

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *