×

परि आँशु पुछ्न आऊ

परि आँशु पुछ्न आऊ

  • देवकुमारी ओली

 

पुस माघको सिरसिरे हावामा पनि

घरको छतमा बसेकी म अभागी आमालाई

मम् मम् छिटो तल झर्नुस् भन्थ्यौ

तर अहिले जेठअसारको हुरीमा पनि

तिम्री आमा यताउता पछारिँदै

अलाप विलाप गरिरहेकी छे

कहिल्यै आउनुनपर्ने यो अनकन्टार ठाउँमा तर

तिमी किन बोलाउन आउँदैनौ बाबु ?

तिमि कतै ओत लागिरहेका छौ कि ?

तिमी कतै रुझिरहेका छौ कि ?

तिमी कतै अल्झिरहेका छौ कि ?

तिमी भएको ठाउँ मैले भेट्न सकिन

म यहाँ छु, बाबु, म यहाँ छु

मम् मम् भन्दै बोलाउन आऊ

मम् मम् भन्दै उठाउन आऊ

मम् मम् भन्दै आँशु पुछ्न आऊ

 

Loading

Post Comment

You May Have Missed