श्रीमद्भगवद्गीता सारसंक्षेप पहिलो अध्याय
श्रीमद्भगवद्गीता
यथारुप
कृष्णकृपामूर्ति
श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद
संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ
अंग्रेजी नेपाली रुपान्तरः- नारायणप्रसाद अधिकारी ‘वादरायण’
अध्याय – एक
कुरु क्षेत्रको युद्धभूमिमा सैनिकहरुको निरीक्षण
धृतराष्ट्र उवाच
धर्मक्षेत्रे कुरूक्षेत्रे समवेता युयुत्सवः
मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय ॥१॥
(धृतराष्ट्रले भने – हे सञ्जय युद्ध गर्ने मनसायले कुरूक्षेत्रको धार्मिक स्थलमा मेरा र पाण्डुका छोराहरूले के गरे ?)
सञ्जय उवाच
दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा ।
आचार्यमुपसंगम्य राजा वचनमब्रवीत् ॥२॥
(सञ्जयले भने – हे राजन् / पाण्डुका छोराहरूले गरेको सैनिकहरूको व्यूह रचनालाई देखेर राजा दुर्योधन आफ्ना गुरूका समीपमा गएर यसरी बोले)
पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्
व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता ॥३॥
(हे गुरू / हजुरका बुद्धोमान शिष्य द्रुपदको छोराले व्यवस्थित तुल्याएको पाण्डवहरूको विशाल सैन्यशक्तिलाई एकपटक हेर्नुहोस् त)
अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि ।
युयुधानो विराटश्च द्रुपदश्च महारथः ॥४॥
(यहाँ यो पाण्डव सेनामा भीम र अर्जुन समानका लडाइ गर्ने महारथी युयुधान विराट द्रुपद जस्ता अनेक वीर धनुर्धारीहरू छन्)
धृष्टकेतुश्चेकितानः काशिराजश्च वीर्यवान् ।
पुरूजित् कुन्तिभोजश्च शैव्यश्च नरपुङ्गवः॥५॥
(महान वीरहरू तथा धृष्टकेतु, चेकितान, काशिराज, पुरूजित, कुन्तिभोज र शैव्यजस्ता शक्तिशाली योद्धाहरू पनि त्यहाँ छन)
युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान ।
सौभद्रो द्रौपदेयाश्च सर्व एम महारथा ॥६॥
(त्यहाँ पराक्रमी युधामन्यु, अत्यन्त शक्तिशाली उत्तमौजा, सुभद्राको छोरा र द्रौपदीका छोराहरू सबै महारथी छन्)
अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम
नायका मम सैन्यस्य संज्ञार्थ तान्ब्रवीमि ते ॥७॥
(हे ब्रह्माण श्रेष्ठ, तपाईँको जानकारीको लागि म सैनिकहरूको सञ्चालनमा विशेष सिपालु मेरा सेनापतिहरूका बारेमा पनि केही भन्छु)
भवान् भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जयः ।
अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च ॥८॥
(मेरा सैनिकहरूमा सदा-सर्वदा विजयी हुने सबै हजुर स्वयम्, भीष्म, कर्ण, कृपाचार्य, अश्वत्थामा, विकर्ण र सोमदत्तका छोरा भूरिश्रवा आदि हुनुहुन्छ)
अन्ये च बहवः शूरा मदर्थे त्यक्तजीविताः ।
नानाशस्त्रप्रहरणाः सर्वे युद्धविशारदाः ॥९॥
(मेरा लागि आफ्नो ज्यानसम्म पनि दिन तयार हुने त्यस्ता अरू वीरहरू पनि छन् । ती सबै अनेक प्रकारका हतियारहरूले सुसज्जित छन् र युद्ध विद्यामा पारङ्गत पनि छन्)
अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् ।
पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् ॥१०॥
(हाम्रो शक्ति अपरिमित छ र हामी पूर्णरूपमा भीष्मपितामहद्वारा संरक्षित छौँ भने भीमद्वारा सावधानीपूर्वक संरक्षित पाण्डवहरूको शक्ति सीमित छ ।)
अयनेषु च सर्वेषु यथाभागमवस्थिताः ।
भीष्ममेवाभिरक्षन्तु भवन्तः सर्व एव हि ॥११॥
(तपाईँहरू सबैले यो सैन्यव्यूहमा आ-आफ्नो ठाउँ वा मोर्चामा रहेर सबैतिरबाट भीष्मलाई सहायता पुर्याउनुपर्छ)
तस्य सञ्जनयन् हर्षं कुरूवृद्ध पितामहः ।
सिंहनादं विनद्योच्चैः शंखं दध्मौ प्रतापवान् ॥१२॥
(कुरूवंशका अत्यन्त प्रतापी वयोवृद्ध तथा योद्धाहरूका पितामह भीष्मले दुर्योधनलाई आनन्द दिने खालको आफ्नो शंख बाघ गर्जेझैँ गरी अत्यन्त उच्च स्वरले बजाउनुभयो ।)
ततः शंखाश्च भेर्यश्च पणवानकगोमुखाः ।
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोभवत् ॥१३॥
(त्यसपछि शंखहरू ढोलहरू सीङहरू नगराहरू तूरहीहरू सबै अचानक बज्न थाले र त्यो सबैको स्वर अत्यन्त भयानक सुनियो ।)
ततः श्वेतैर्हयैयुंक्ते महति स्यन्दने स्थितौ ।
माधवः पाण्डवश्चैव दिव्यौ शंखौ प्रदध्मतु ॥१४॥
(त्यसपछि सेता घोडाहरू नारिएको विशाल रथमा विराजमान भएर कृष्ण र अर्जुनले आफ्ना आफ्ना शंखहरू बजाए)
पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जयः ।
पौण्ड्रं दध्मौ महाशंखं भीमकर्मा वृकोदरः ॥१५॥
(भगवान कृष्णले आफ्नो पाञ्चजन्य शंख बजाउनुभयो, अर्जुनले देवदत्त नामको शंख बजाए र कठिन कार्य गर्ने अतिभोजी भीमले पनि पौण्ड्र नामको डरलाग्दो शंख बजाए ।)
अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः ।
नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ॥१६॥
काश्यश्च परमेष्वासः शिखण्डी च महारथः ।
धृष्टद्युम्नो विराटश्च सात्यकिशचापराजितः ॥१७॥
द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते ।
सौभद्रश्च महाबाहुः शंखान् दध्मुः पृथक् पृथक् ॥१८॥
(हे राजन्, कुन्तीका छोरा युधिष्ठिरले अनन्तविजय नामको शंख बजाए । अनि नकुल र सहदेवले सुघोष र मणिपुष्पक नामका शंखहरू बजाए । महान धनुर्धारी काशीराज, महान योद्धा शिखण्डी, धृष्टद्यूम्न, विराट, अजेय सात्यकि, द्रुपद, द्रौपदीका छोराहरू र सुभद्राका बलवान छोराहरू यी सबैले अलग अलग आफ्ना आफ्ना शंखहरू बजाए )
स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत् ।
नभश्च पृथिवी चैव तुमुलोभ्यनुनादयन् ॥१९॥
(विभिन्न किसिमका शंखहरू बज्दा भएको त्यो कोलाहलपूर्ण आवाजले आकाश र पृथ्वीलाई गुञ्जायमान तुल्याउँदै धृतराष्ट्रका छोराहरूको हृदय चिर्नथाल्यो)
अथ व्यवस्थितान् दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः ।
प्रवृत्ते शस्त्रसम्पाते धनुरूद्यम्य पाण्डवः ।
हृषीकेशं तथा वाक्यमिदमाह महीपते ॥१९॥
(त्यसपछि हे राजन्, हनुमानको चित्र अंकित झण्डा भएको रथमा बसेर पाण्डुपुत्र अर्जुनले आफ्नो धनु उठाएर वाण वर्साउनै लागेका बेलामा धृतराष्ट्रका छोराहरूलाई सैनिक व्यूहमा खडा भएको देखेर भगवान कृष्णलाई यी कुराहरू भने ।)
अर्जुन उवाच
सेनयोरूभयोर्मध्ये रथं स्थापय मेच्युत ॥२१॥
यावदेतान्निरीक्षेहं योद्धुकामानवस्थितान् ।
कैर्मया सह योद्धव्ययमस्मिन रणसमुद्यमे ॥२२॥
(अर्जुनले भने- हे अच्युत, कृपा गरेर यो मेरो रथ दुवै सेनाहरूका बीचमा लगेर अड्याउनुहोस् । त्यहाँ यो संघर्षको मैदानमा युद्ध गर्ने इच्छा लिएर जम्मा भएका को कोसँग मैले शास्त्रहरूको परीक्षामा प्रतिस्पर्धा गर्नुपर्छ, हेर्छु ।)
योत्स्यमानानवेक्षेहं य एतेत्र समागताः
धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षवः ॥२३॥
(धृतराष्ट्रको खराब बुद्धि भएको छोरो दुर्योधनलाई प्रसन्न पार्नका लागि जो यिनीहरू यहाँ लडाइ गर्न आएका छन् तिनलाई म हेर्दछु ।)
सञ्जय उवाच
एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत ।
सेनयरूभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् ।२४॥
(सञ्जयले भने – हे भरतवंशी राजन, अर्जुनद्वारा यसरी सम्बोधन गरिएका भगवान कृष्णले अर्जुन चढेको त्यो उत्तम रथ दुवै पक्षका सैनिकहरूका बीचमा लगेर अड्याउनुभयो ।)
भीष्मद्रोणप्रमुखतः सर्वेषां च महीक्षिताम् ।
उवाच पार्थ पश्यैतान्समवेतान्कुरूनिति ॥२५॥
(भीष्म, द्रोण र सारा संसारभरिका राजाका अगाडि भगवान कृष्णले भन्नुभयो- हे पार्थ यहाँ जम्मा भएका सम्पूर्ण कुरूहरूलाई हेर ।)
तत्रापश्यत् स्थितान् पार्थः पितृनथ पितामहान् ।
आचार्यान् मतुलान् भ्रातृन् पुत्रान् पौत्रान् सखींस्तथा ।
श्वशुरान्सुहृदश्चैव सेनरूभयोरपि ॥२६॥
(दुवै पक्षका सैनिकहरूका बीचमा उभिएर हेर्दा अर्जुनले त्यहाँ आफ्ना बाबुहरू, हजुरबुबाहरू, गुरूहरू, मामाहरू, दाइभाइहरू, छोराहरू, नातिहरू, मित्रहरू, ससुराहरू र शुभचिन्तकहरूलाई देखे ।)
तान्समीक्ष्य स कौन्तेयः सर्वान्बन्धूनवस्थितान् ।
कृपया परयाविष्टो विषीदन्निदमब्रवीत् ॥२७॥
(विभिन्न वर्गका यी साथी सम्बन्धीहरूलाई युद्धभूमिमा देखेपछि कुन्तीपुत्र अर्जुन करूणाले अभिभूत भएर यसरी भन्नथालेः )
अर्जुन उवाच
दृष्ट्वेमं स्वजनं कृष्ण युयुत्सुं समुपस्थितम् ।
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति ॥२८॥
(अर्जुनले भने हे कृष्ण, लडाइ गर्नको लागि मेरा अगाडि उपस्थित भएका यी आफ्नै साथी सम्बन्धीहरूलाई देखेर मेरो शरी कामिरहेको छ र मेरो मुख पनि सुकिरहेको छ ।)
वेपथुश्च शरीरे मे रोमहर्षश्च जायते ।
गाण्डीवं स्रंसते हस्तात् त्वक्चैव परिदह्यते ॥२९॥
(मेरा सम्पूर्ण शरीरमा कम्प भैरहेको छ । शरीरमा रोमाञ्च भइरहेको छ । मेरो गाण्डीव धनु हातबाट चिप्लिरहेको छ र मेरो छाला पोलिरहेको छ ।)
न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मनः ।
निमित्तानि च पश्यामि विपरीतानि केशव ॥३०॥
(हे केशव, हे कृष्ण यति बेला यहाँ धेरै बेर उभिने सामर्थ्य पनि ममा छैन । मैले आफैलाई बिर्सँदैछु, मेरो मन घुमिरहेको छ, म त केवल अमङ्गल मात्रै देखिरहेको छु ।)
न च श्रेयोनुपश्यामि हत्वा स्वजनमाहवे ।
न काङ्क्षे विजयं कृष्ण न च राज्यं सुखानि च ॥३१॥
(हे कृष्ण, युद्धमा आफ्नै मानिसहरूलाई मारेर न म आफ्नो कुनै कल्याण देख्छु न त जितेपछि पाइने राज्य र राज्यसुखको इच्छा नै ममा छ ।)
किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन वा ।
येषामथें काङ्क्षितं नो राज्यं भोगाः सुखानि च ॥३२॥
त इमेवस्थिता युद्धे प्राणांस्त्यक्त्वा धनानि च ।
आचार्याः पितरः पुत्रास्तथैव च पितामहाः ॥३३॥
मातुलाः श्वशुराः पौत्राः श्यालाः सम्बन्धिनस्तथा ।
एतान्न हन्तुमिच्छामि घ्नतोपि मधुसूदन ॥३४॥
अपि त्रैलोक्यराज्यस्य हेतो किं नु महीकृते ।
निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याज्जनार्दन ॥३५॥
(हे गोविन्द, जसका लागि हामीलाई राज्य, भोग र सुखहरू चाहिएको हो, तिनीहरू नै आफ्नो प्राण र धनको आशा मारेर लडाइँ गर्न युद्ध भूमिमा उभिएका छन् भने त्यो राज्य, त्यो भोग र त्यो जीवन समेतले हामीलाई के फाइदा भयो ? त्यसैले हे मधुसूदन, मलाई विजय पनि चाहिएन, राज्य र सुख पनि चाहिएन । गुरूहरू, हजुरबाहरू, बाहरू, छोराहरू, नातिहरू, मामाहरू, सालाजेठानहरू, ससुराहरू र अन्य सम्बन्धीजनहरू साराका सारा युद्ध गर्न मेरा अगाडि उभिएका छन् । पृथ्वीको राज्यको त के कुरा स्वर्ग, मर्त्य र पाताल यी तीनै लोकको राज्य पाए पनि म यिनीहरूलाई मार्न चाहन्न । यिनीहरूले नै मलाई मार्दछन् भने बरू मारून् । यी धृतराष्ट्रका छोराहरूलाई मारेर हामीलाई के आनन्द होला र ?)
पापमेवाश्रयेदस्मान्हत्वैतानाततियनः ।
तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान्सवान्धवान् ।
स्वजनं हि कथं हत्वा सुखिनः स्याम माधव ॥३६॥
(यस्ता आततायीहरूलाई मार्यौँ भने हामीलाई पाप लाग्नेछ, त्यसैले धृतराष्ट्रका छोराहरू र अरू हाम्रा मित्रहरूलाई मार्नु हाम्रा लागि उचित छैन । हे लक्ष्मीपति कृष्ण, यी आफन्तहरूलाई मारेर हामीलाई के लाभ होला र ? के सुख होला र ?)
यद्येप्येते न पश्यन्ति लोभोपहतचेतसः ।
कुलक्षयकृतं मित्रदोहे च पातकम् ॥३७॥
कथं न ज्ञेयमस्माभिः पापदस्मान्निवर्तितुम् ।
कुलक्षयकृतं दोषं प्रपश्यद्जनार्दन ॥३८॥
(हे जनार्दन, यी मानिसहरूको बुद्धि लोभले गर्दा भ्रष्ट भएको छ । यिनीहरू आफ्ना परिवारलाई मार्ने र मित्रहरूसंग झगडा गर्ने कुरामा पनि दोष देख्दैनन् । तर कुलको विनाशमा ठूलो अपराध देख्ने हामीहरू किन यी पापपूर्ण कुरामा संलग्न भइरहने ?)
कुलक्षये प्रणश्यन्ति कुलधर्माः सनातनाः ।
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोभिभवत्युत ॥३९॥
(वंशको विनाशसंगै शाश्वत कुल परम्परा पनि नाश हुन जान्छ र यसरी बाँकी रहेको परिवार पनि अधर्ममा संलग्न हुन पुग्छ ।)
अधर्माभिभवात्कृष्ण प्रदुष्यन्ति कुलस्त्रिय ।
स्त्रीषु दुष्टासु वार्ष्णेय जायते वर्ण शङ्करः ॥४०॥
(हे कृष्ण, कुलमा अधर्म बढ्न थालेपछि कुलका स्त्रीहरू दुषित हुन पुग्छन् र यसरी स्त्रीहरू आफ्नो सतित्वबाट पतित भएपछि हे वृष्णिवंशी कृष्ण, नचाहिएका सन्तानहरू पैदा हुन्छन् ।)
सङ्करो नरकायैव कुलघ्नानां कुलस्य च ।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः ॥४१॥
(वर्णशङ्कर सन्तानहरूको वृद्धिबाट परिवारलाई र पारिवारिक परम्परा दुवैलाई नाश गर्ने दुवैथरी कुलघातीहरू नरकमा पर्छन् । यस्ता कुलघातीहरूका पितृहरू पनि श्राद्ध तर्पण जस्ता पितृकार्यको लोप हुनाले नरकमा पर्छन् ।)
दोषैरेतै कुलघ्नानां वर्णशङ्करकारकैः ।
उत्साद्यन्ते जातिर्धर्मा कुलधर्माश्च शाश्वताः ॥४२॥
(आफ्ना कुल परम्परालाई नाश गर्ने व्यक्तिहरूको कुकृत्यबाट वर्णशङ्कर सन्ततिहरू उत्पन्न हुन्छन् र तिनका दुष्कृत्यहरूबाट सबै प्रकारका सामूदायिक योजनाहरू तथा पारिवारिक कल्याणका कार्यहरू समेत नष्ट हुन पुग्छन् ।)
उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन ।
नरकं नियतं वासो भवतीत्यनुशुश्रुम् ॥४३॥
(हे प्रजापालक कृष्ण, कुलधर्मलाई विनाश गर्नेहरू त सधैँभरि नरकमै वास गर्छन् भन्ने मैले गुरूपरम्पराबाट सुनेको छु ।)
अहो वत महत्पापं कर्तुं व्यवसिता वयम् ।
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यता ॥४४॥
(ओहो ! कति आश्चर्यको कुरा हो हामी त राज्यको सुख भोग्ने लोभमा परेर आफ्नै आफन्तहरूलाई मार्न तयार भएर ठूलो पापकर्म गर्न खोजिरहेका छौँ ।)
यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणयः ।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत ॥४५॥
(हातमा शस्त्र लिएका धृतराष्ट्रका छोराहरूले हतियार पनि नलिएको र युद्धमैदानमा कुनै प्रतिरोध पनि नगर्ने मलाई मार्छन् भने बरू मेरा लागि त्यो श्रेयस्कर हुनेछ ।)
सञ्जय उवाच
एवमुक्त्वार्जुनः संख्ये रथोपस्थ उपाविशत् ।
विसृज्य सशरं चापं शोकसंविग्नमानसः ॥४६॥
(सञ्जयले भने – युद्धभूमिमा अर्जुनले यिनै कुरा भनेर आफ्नो वाणसहितको धनु एकातिर पन्छाएर मनमा शोकसन्तप्त हुँदै फेरि रथमा गएर बसे ।)
यस प्रकार श्रीमद्भगवद्गीता ग्रन्थअन्तर्गत ‘कुरुक्षेत्रका युद्धभूमिमा सैनिकहरुको निरीक्षण‘ शीर्षक पहिलो अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।