×

२०८३ बैशाख ८ गते सोमवार

२०८३ बैशाख ८ गते सोमवार

सिम्रुतु रुकुम

बिहान उठेर नित्यकर्म सकेपछि पाठ्यपुस्तक निर्माणको लागि छलफल तथा सूचना सङ्कलनको निम्ति साढे ६ बजे शिक्षा शाखाकै हलमा पुग्यौँ । आज अनुगमनमा त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसी हिमाल पनि आउनुभएको थियो । हिजै कक्षा १ को बाँकी कामको लागि हरेक व्यक्तिलाई कार्यविभाजन गरिएको थियो । सोही अनुसार काम गर्दा काम केही छिटो हुनगयो ।

दिउँसोतिर कक्षा १ को पाठ्यपुस्तकको प्रारम्भिक काम सकेर कक्षा २ को लागि पाठ्यक्रमले निर्दिष्ट गरेअनुसार पाठ्यपुस्तकमा विषयसूचीको निर्णय गर्‍यौँ र सोही अनुसार पाठ्यपुस्तकको ढाँचा तयार गर्दै गयौँ । कक्षा २ को पनि आधा काम बाँकी रहँदै बेलुकाको ७ बज्यो र साविककै माया होटेलमा आयौँ ।

आज रुकुमेली वाङमय अधिष्ठानको तर्फबाट छन्द दिवसको अवसरमा भर्चुअल रचना वाचत कार्यक्रम थियो । भूपेन्द्रा मल्ल मनलाल ओली र मैले छन्द कविताहरू वाचन गर्‍यौँ ।

Loading

Post Comment

You May Have Missed