कविताछन्द कविता

दीयो

गोरो वर्ण, कपाल त्यो बुलबुले, अग्लो न होचो कद

डोलो, सुन्दर जीउडाल, पहिरन्, बोली मिठो बेहद

मुस्काईरहने सदा, चुलबुले, बेजोड आकर्षण

को हौ ए ? किन पार्दछ्यौ थिलथिलो, व्यर्थै अरुको मन ?

 

गाढा रात थियो तिमी म बिचमा, आई अँध्यारो हर्यौ

खोजीखोजि मलाइ नै किन छली, कोठै निकाला गर्यौ ?

छायाँ कसको सर्यो पछिपछी ? छोप्नैपरे सक्तिन,

तिम्रो लागि झिनो कुरा छ म भने, बुझ्नै मरे सक्तिन !

 

छ्यौ कालीगढले गुनी जतनले, हात्ले बनाए सरी

बालीराखुँ सदैव द्वार नजिकै, कोठै उज्यालो गरी

ऊर्जादायक सूर्यकी पुरक हौ, हौ पूर्णिमाकी जुन

दीयो हौ र त बल्दछ्यौ धपधपी, फारी अँध्यारो कुना ।

 

२०७१।९।२७ धनगढी

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *