0%
Still working...

हस्तबहादुर केसी

नेपालको कम्युनिस्ट आन्दोलनमा हस्तबहादुर केसी स्थापित नाम हो । वरिष्ठ माक्र्सवादी लेखक तथा माओवादी आन्दोलनका क्रान्तिकारी नेताका रुपमा समेत नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर केसी वैचारिक बहस र विभिन्न समयमा हुने राजनीतिक आन्दोलनमा पनि अग्रपंक्तिमा रहँदै आएका व्यक्तित्व हुन् । माक्र्सवादी चिन्तकका रुपमा स्थापित केसीले अध्ययन, चिन्तन मनन् र समाजमा घट्ने र भएगरेका विविध घटनाक्रमलाई निकै चासोकासाथ हेर्ने र आफ्नो धारणा व्यक्त गर्ने केसीको प्रमुख विशेषता बन्न पुगेको छ । उनै वरिष्ठ माक्र्सवादी लेखक तथा नेता हस्तबहादुर केसीद्वारा लिखित “माक्र्सवाद ः विकासको इतिहास” नाम पुस्तक प्रकाशित भएको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सो पुस्तक प्रकाशनमा ल्याएको हो । लेखक केसीका यस अघि माक्र्सवाद दर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व राजनीतिशीत सम्बन्धित झण्डै २ दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशनमा आइसकेका छन् ।

   हाल केसी अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका  अध्यक्ष छन् ।

Loading

Leave A Comment

Your email address will not be published. Required fields are marked *

Related Posts