सकसक
सक-सक-सक-सक सुन्दा सुन्दा
शुरुमा त कसम शक भो
अलिअलि त सकस भो
अलिकति सकसक भो ।
सक्दैनौ त कस-कस-कस-कस
सक्छौ भने सक-सक-सक-सक
भरसक त्यो सर्कस जस्तो
कर्कस कोरस नपस्क भो ।
सकिइसकेको शीर्षकभित्र
लसपस भो कसकसको
उठबस भो कस्तो कस्तो
वश् वश् सबको वश भो ।
सुकुमवासी वा कुसुमवासीको
कुम सुमसुमाको अपजसको
जसतस असमञ्जसमा जजसको
जस पाउँदा पनि न झस्क भो ।
२०७३।०९।०३
भैरहवा