लालटीनजस्तै पूर्ण ओली
- हर्कसिँ केसी
एउटा लाल्टिन थियो।फेदमा निलो टाउकोतिर कालो,ह्यन्डिल खैरो,मध्य भाग अथवा पेट अथवा सिसा सफा!त्यसको रंग कहिल्यै फेरिएको देखिएन।त्यो दिनभरी खाटको माथी घुघुतिमा झुन्ड्याइन्थ्यो।एक्लै कोठा रुगेर बस्थ्यो।किताबका पाना र बिद्यार्थीका होमवर्क देखिन छोडे भने त्यो जलाइन्थ्यो अथबा बालिन्थ्यो। बल्यो भने जुनको जुनेलीलाई पनि फिक्का बनाइदिन्थ्यो।त्यो बलेको सेरो फेरोमा सियो झरे पनि टिप्न सकिन्थ्यो।गज्जबको मेन्टोल भन्दा कम थिएन त्यो।
मेन्टोल हेर्दा झररर मात्र गर्ने हो। त्यसले आँखाको रोशनी खाइदिन्थ्यो।एकपटक मेन्टोलतिर हेर्यो भने आँखा मिचेर मात्र यताउती हेर्न सकिन्थ्यो।तर त्यो लाल्टिनमा त्यस्तो चर्को स्वभाव थिएन।निकै सितलताका साथ रोशनी प्रदान गर्थ्यो। त्यसको कथा अलि बेग्लै छ।त्यो साझ सुर्यले आफ्नो प्रकाश छपक्कै लुकाएपछी बल्न थाल्दथ्यो।राती त्यस्तै १०/११ बजे सम्म त्यसले आफ्नो कर्म गर्थ्यो।
म पनि तीन बर्ष त्यसकै रोशनी हेरेर राती सुत्ने र बिहान उठ्ने अभ्यास परेको थिए।त्यसो त म मात्र नभएर म संगै पढ्ने मेरा सहपाठी सबै साथिहरुको त्यो समयको दिनचर्या उस्तै थियो। साझ बलेको त्यो लाल्टिन राती सुते पछि बिहान चार बजेतिर उठ्थ्यो।उ आफू मात्र उठ्थेन। आफ्ना स्याहारकर्तालाई पनि उठाउथ्यो।अथवा हाम्रा गुरुलाई पनि!त्यो रोशनीको इसारामा चल्ने विध्यार्थीहरु, वरिपरी झुम्मिने किरा काटी,सबैलाई उठाउथ्यो।एकछिन कोठामा के के गरेर दैलो घपर्क्याउदै बाहिर निस्किन्थ्यो।त्यसपछि उ गुरुको अघि अघी लागेर सिम्रुतुको मसानघाटतिर लाग्थ्यो।बोहोरा मामाको घर भन्दा थोरै पर गौडो थियो।झर्न उक्लिन मुस्किल पर्नेखालको।त्यस्ता गौडाहरुमा उ पहिल्यै गुरुको टाउका भन्दा माथी चढ्थ्यो र गुरुलाई गौडो उक्लिन सघाउथ्यो।गुरुका पदचाप सँगै पछि पछि हामी बिध्यार्थी कल्याङ्गबल्याङ्ग गर्दै हिड्थ्यौं चार बजे भनेको पौष माघको समयमा मध्य रात हो।मध्य रातमा बत्ती बालेर हिड्ने भने पछि अन्ध बिश्वासीहरुले बोक्सी निस्केको भन्ने ठाने होलान!कसैले अघि अघि बत्ती पछिपछी कल्याङ्ग बल्याङ्ग आवाज भुत भनी डर माने होलान। त्यो लाल्टिन सिम्रुतुको मसानघाटलाई पछि पार्दै पुलतिर अघि बढ्थ्यो।चिसो मौसममा पानीमा खुट्टा भिजाउन मुस्किल मानेर पुलको बाटो रोजेको हुनु पर्छ।अब अधेरी रातमा सुनसान मसानघाटलाई फन्को मारेर पुल तर्दर्थ्यो र एकछिनको हिडाइ पछि स्कुल पुग्दथ्यो।स्कुलमा पुगेर एकछिन अफिसभित्र पस्थ्यो र विश्राम नगरी दस कक्षाको कोठातिर हानिन्थ्यो।त्यहाँ छ बजे झलमल्ल उज्यालो नहुन्जेल बलिरहन्थ्यो।हामिलाइ गणित, बिज्ञान ,अंग्रेजि र अन्य कुनै पनि बिषयका पाना पाना देखाइदिन्थ्यो।एकएक अक्षर एकएक अंक प्रष्ट देखाइदिन्थ्यो।सुर्यले आफ्नो तेज प्रकाशले हस्तक्षेप नगर्दा सम्म हाम्रो जिवन दर्शन त्यही लाल्टिन थियो।
यति गरेर पनि अच्चम्मको कुरा त्यो लाल्टिनले हामिबाट बाटो देखाए बापत भाडा कहिल्यै मागेन।अक्षर देखाए बापत शुल्क कहिल्यै तोकेन।ईन्धन शुल्क पनि कहिल्यै बुझाउ भनेन।सिर्फ जल्यो र बल्यो अनि रोशनी फिजायो।कसले खुवाउथ्यो?के खान्थ्यो हामीलाई जानकारी सम्म भएन। अहिले त बाटो हिडेको पनि कर लाग्छ।अक्षर चिनेको पनि शुल्क लाग्छ।उज्यालो बाले बापत पनि विद्युत कर लाग्छ। तर त्यो समयमा पनि त्यो लाल्टिनले हामिलाई कुनै कर, शुल्क या खर्च भराएन। यो लाल्टिनको यात्रा सिम्रुतुमा मात्र भएन। कहिलेकाही सोलाबाङ्गबाटै भुत निस्किने समयमा निस्कियो।कहिले रुक्मिनीतिर घुम्यो,कहिले सिम्ली,छिनखेत,कैलिदेउ,कता कता।अमर न्योपाने,कृष्ण धाराबासि,युबराज नयाघरे,देवि नेपाल , जस्ता लेखकको हातमा पर्दो हो त त्यो लाल्टिन उपन्यास बनेर बजार बजार पुगिसक्थ्यो होला।
तर मैले त्यो लाल्टिनको कथा यो भन्दा बढी लेखु भने राम्रो तस्बिरलाई केरमेट गरे बिगारे जस्तै हुन सक्छ। आज मेरा गुरु,हैन हाम्रा गुरु पुर्ण ओलिको जन्म दिन ।गुरु र लाल्टिन सितको साइनो प्रगाढ छ।लाल्टिनले कितावका अक्षर र पेजहरु देखाउदथ्यो। गुरुले जिबनका पाना र यात्राका मोडहरु!लाल्टिनले उज्यालो छर्दथ्यो गुरुले ज्ञान ।त्यसो त सबै गुरुको आ-आफ्नो महत्व उत्तिकै छ।कखरा चिनाउने गुरु देखि जिवनको अन्त्य सम्म विभिन्न गुरुको भेट हुन सक्छ। सबै गुरु समान महत्वका हुन्छन ।तर समय सन्दर्भले कसैको जिवनमा कोहि व्यक्ती विशेष बनि दिदोरहेछ।त्यो समयको एस. एल. सि. (slc)भनेपछि फलामे ढोका पार गरेको उदाहरण दिईन्थ्यो।महङ्गो ट्युसन फि तिरेर पढ्न पनि सदरमुकाम सम्म धाउनु पर्दथ्यो।तर त्यो समयका सिम्रुतु पढ्ने हामी सबै बिध्यार्थी त्यस्ता भाग्यशाली थियौ कि हामिले ठिक माथिको लाल्टिन जस्तै गुरु पुर्ण ओलि पाएका थियौं।कुनै समय खाली नबस्ने। सुतेको समय बाहेक गफ गर्दा पनि पढाइ र ज्ञानगुणकै बिषय निकालेर माहोल बनाउने।सम्बन्धित निकायले दिएको न्यून तलब मै उहाँले अनबरत हामीलाई शिक्षा दिनुभयो।अह कहिल्यै उफ सम्म गर्नुभएन।आफ्नो कर्तव्यमा धैर्यशिल भएर लागिरहनु भयो।अनुहारमा कहिल्यै थकान देखिएन।सधैं शान्त सौम्य मन्द मुस्कान हुन्थ्यो।
अनि कसैले भन्नुहोला कुन बिषय पढाउनुहुन्थ्यो भनेर ।तर मलाई अझै सोध्न मन लाग्छ “सर!तपाइले नबुझ्ने र पढाउन नसक्ने कुनै बिषय थियो कि !?” भनेर! त्यसैले त उहाँको आगमन पुर्ब एस.एल.सी.slc उतिर्ण सुन्यप्राय हुने बिध्यालयले बिद्यार्थि उतिर्ण गराउन सफल भयो र बर्सेनि उतिर्ण प्रतिशत बढाउदै लगेर पहिलोचोटी स्थायी शिक्षक दरबन्दी प्राप्त गर्यो ।उहाँका योगदानले slc को फलामे काँडे तार छिचोल्न सफल भएका कतिपय साथीहरू अहिले नेपाल सरकारको उच्च ओहोदामा पुग्न सफल हुनुभएको छ।सायद गुरुले त्यो लाल्टिन नबाल्नु हुदो हो त काँडे तारसम्म पुग्न पनि मुस्किल हुन्थ्यो होला। उहाँ कै आगमन पछि सिम्रुतु बिध्यालयले प्रगतिको पाईला चाल्यो।र आज बहुमुखी क्याम्पसका रुपमा स्थापित छ। सेरोफेरोका थुप्रै बिध्यार्थी भाईबहिनिहरु आफ्नै घरको ढिडो रोटि खाएर उच्च शिक्षा प्राप्त गर्ने अबसर पाएका छन।आर्थिक अभावका कारण शहर पुग्न नसक्नेहरु पनि सहजै ज्ञान प्राप्त गर्न सफल भएका छन।हो यसै समय र सन्दर्भले उहाँ हाम्रो लागि विशेष बन्नु भएको हो।
कहिलेकाही गुरुका दिव्य ज्ञानको भरपुर सदुपयोग गर्न नसकिएको लघुताभास हुन्छ ।तर फेरि उहाँकै आदर्श र प्रेरणाले जहाँ छु, ठिक छु भन्ने सोच्दछु ।आनन्द आउँछ।लाल्टिनले उज्यालो देखाइदिने हो।पढ्ने त आफुले हो।गुरुले मार्गदर्शन दिने हो।हिड्ने त आफुले हो। जीवन यात्राका पत्र पत्र खुलाएर देखाइदिनु भएकै हो।जिबनयात्रा घुम्ती र मोड हुँदै चल्छ भन्नुभएकै हो।हुरि र बतासको बेगमा मडारिन सक्छ पनि भन्नुभएकै हो।गौडा र गल्छी आउन सक्छन भन्नू भएकै हो।सधै सफलता मात्रै नहुन सक्छ भन्नू भएकै हो।जीवन निरन्तर संघर्ष हो पनि बताउनुभएकै हो।जिबनका आदर्श सबै सिकाउनु भएकै हो। त्यसैले त हामी जहाँ भए पनि जीवन ज्युन सकेका छौं । आदरणीय गुरु! तपाइ मेरो लागि कहिल्यै ननिभ्ने लाल्टिन हो।सम्मान र संझना,आदर युक्त प्रेम सदाबहार रहनेछ।अप्ठेरो मा सकेको हौसला बन्ने कोशिश गर्नेछु।आफुलाई अप्ठेरो पर्दा गुरुका आदर्श र प्रेरणा मेरा सहयोगी बन्ने छन। “जिवनमा के आइपर्छ कसैले ग्यारेन्टी गर्न सक्दैन “यो तपाइकै आदर्श वाक्य हो। तर जिबनका हरेक अबस्थालाई सहजै पचाउन सक्ने साहस जुटोस। चालेका पाइलाहरु चुचुरोसम्म पुगुन।सर्बदा हाम्रो गुरु भनेर गर्व गर्न पाइरहु!जन्म दिनको असिम शुभकामना!प्रणाम गुरुदेव!!