×

भद्र नकाल

भद्र नकाल

जन्ममिति- २०४८-९-१५ गते।
बुवाको नाम- मान बहादुर नकाल।
आमाको नाम- अमली नकाल
जन्मस्थान- रुकुम सानिभेरी गाउँपालिका वडा न. ३
हाल तुलसीपुर उपमहानगरपालिका १२

मेरो खास अवस्था शारीरिक अपंगता हो। म सानो ४ वर्ष देखि मेरुदण्ड पक्षघात अपांग छु सर। म यसै कारण आफू नजिकका केही कार्यक्रम बाहेक टाढा तिर जान सकेको छैन। मैले साहित्य गीत संगीत जे जति गरे सिके त्यो सबै मेरा अग्रजहरुको लेख पुस्तक विचारहरू पढ्ने अनुभव लिने गरेर केही गरेको हो। मेरा गीत ३०० जति भए । १५० जतमा लय दिएको छु भने बाँकीमा शब्द दिएको छु ।

म जबसम्म एउटा राम्रो सर्जक सावित हुँदैन तबसम्म जीवन वृत्तान्त प्रकाशित नगरौं भन्नेमा छु । र त अहिलेसम्म कतै छैन।

पुरस्कार र सम्मानको कुरामा। मेरो शारीरिक अवस्थाले त्यस्ता कार्यक्रमसम्म पुग्न सकेको हुन्न। र गीत संगीतमा हुने कुनैपनी प्रतियोगिताहरु अवार्डहरुमा भाग लिएको छैन।

गीत संगीत बनाउनु र जान्नुमा फरक हो सर। मैले बनाए तर धेरै कुरामा म जानकार छैन। अहिले मौलिक गीतहरुको बारे हजुरले प्रकाशित गरेका लेखहरु बाट धेरै बुझे। हजुरलाई धन्यवाद सर। हजुरहरुनै मेरो किताब हो।

Loading

Post Comment

You May Have Missed