×

बेहदको बैराग

बेहदको बैराग

  • ब्रह्माकुमार जगदीश चन्द्र

जीवनमा व्यक्तिका तीन कुराहरुमा राग हुन्छ – व्यक्ति वस्तु र वैभव । बेहदको बैराग भनेको कहिले कहिले मात्र वैराग होइन, सदा वैराग हुनु हो । कुनै कटू अनुभवको आधारमा वैराग होइन । कालको दृष्टिबाट पनि, प्रमाणको दृष्टिबाट पनि, रागको अंश पनि नहोस् ।

व्यक्तिहरुसंग रागः व्यक्तिहरुसंग राग कैयौँ कारणहरुबाट हुन्छ । कोही एकदमै मिजासिला हुन्छन् भने उनीहरुसंग कुरा गर्न मन लाग्छ, उसलाई सहयोग गर्न पनि मन लाग्छ । उदाहरणार्थ कुनै व्यक्ति तपाईँलाई भन्छ कि ‘मलाई यो काम गराउनुछ, कुनै मान्छे ल्याइदिनुहोस् ।’ तपाईँ भन्नुहुन्छः ‘मैले नै गरिदिन्छु ।’ फेरि कुनै आवश्यकता पर्‍यो भने तपाईँ फेरि हाजिर हुनुहुन्छ । अनि उसलाई तपाईँको जरुर याद आउँछ, तपाईँलाई नै उसले मायाँ गर्दछ ।

कैयौँको फेरि केवल स्नेह देखाउँदा देखाउँदै उससंग राग भैहाल्छ । उदाहरणार्थ आमा बच्चाको प्रेमले सोध्छिन्, पाल्छिन्, सुताउँछिन्, खुवाउँछिन् र बच्चासंग उनको राग हुन्छ । साथीहरुको आपसमा राग हुन्छ । गुरुको आफ्ना शिष्यहरुप्रति राग हुन्छ । कोही शरीरले एकदमै सुन्दर हुन्छन्, हरेक अंगको बनावट आकर्षक हुन्छ भने उससंग पनि राग हुन्छ । उदाहरणार्थ तुलसीदासलाई आफ्नी पत्नीसंग राग थियो । सुरदासको पनि मन भड्किन्थ्यो । तसर्थ मनुष्य जबसम्म सत्यताबाट अनभिज्ञ रहन्छ, तबसम्म देह र देहको सुन्दरतामा आकर्षित भइरहन्छ । परन्तु सत्य यो हो कि, छाला भलै जस्तोसुकै होस्, भित्र त के छ ? रगत, पसिना, गन्ध, हड्डी, मासु, आदि, आदि । नर-कंकाल त धेरै भयानक हुन्छ । तब यसभन्दा अर्को मूर्खता के होला ? कि जो शरीरप्रति आकर्षित हुन्छन् ।

सत्ययुगमा खानपिन शुरुबाटै शुद्ध हुन्छ । यसैले भनिन्छ कि देवताहरुको शरीरबाट पनि सुगन्ध आउँछ । याद राखौँ कि यो चोला एक त नाशवान छ, दोस्रो, तमोप्रधान छ । शरीर त रोगहरुको जीवाणुहरुको घर हो । अतः शरीरप्रति राग हुनु पतनको जड हो ।

वस्तुप्रति रागः– खानेपिने वस्तुहरुसंग पनि राग हुन्छ । एक व्यक्तिको अचार खाने यति शोख थियो कि उसले सारा भारतभरिबाट अचार मगाउँथ्यो, चाहे जतिसुकै पैँसा लागोस् । यसरी लगाउनेप्रति पनि राग हुन्छ । यस मायावी दुनियाँमा चिजहरु त एकसेएक राम्रा छन्, परन्तु हामी तिनीहरुको पछि लाग्यौँ भने फसिहाल्नेछौँ । यसैले याद राखौँ कि यी सबै पदार्थहरु नश्वर छन्, अशुद्ध छन् र दुःखान्तक छन् । हामी केवल आफ्नो आवश्यकता अनुसारको मात्र वस्तुहरुको प्रयोग गर्‍यौँ भने रागबाट दूर रहनेछौँ । र बिस्तारै बिस्तारै हामीमा बेहदको बैराग आउनेछ । अन्यथा दिनदनै नयाँ नयाँ इच्छाहरु उत्पन्न हुँदै जानेछन् ।

वैभवको रागः– केही मान्छे घरबार परिवार छोडेर साधना गर्न जान्छन्, परन्तु उनीहरुलाई राम्रो स्थान पाउनको लागि, मानसम्मान कमाउने, सबैबाट महिमा सुन्ने, ठूलाठूला सभाहरुमा उच्च स्थानमा बस्ने, अभिलाषा जाग्रत हुन्छ । संसारलाई छोड्ने, तर संसारका नश्वर, आशा, अभिलाषाका दास बन्दछन् । जसलाई फूलमाला पैह्रने, वाहवाह सुन्ने, स्वागत गराउने, बानी परेको हुन्छ र यदि उसले आफूभन्दा निम्नस्तरको मान्छेलाई सम्मान मिल्यो भने उसले देख्न पनि सक्दैन, सहन गर्न सक्दैन, उसको हालत नै खराब हुनपुग्छ । त्यस व्यक्तिप्रति ईर्ष्या उत्पन्न हुन्छ । यसबाट उसले सिक्ने, उन्नति गर्ने, ढोका समेत बन्द हुन पुग्छ ।

यसैले बाबा भन्नुहुन्छ, ‘रागमा नआएर स्वमानमा रहौँ, किनकि दुनियामा सबभन्‍दा ठूलो पद नै राजयोग र ब्रह्मकुमार ब्रह्मकुमारी हो, जो हामीले परमपिता परमात्माबाट पाएका हौँ ।’ सारा शास्त्रहरुमा ब्रह्मा-वत्सको गायन हुन्छ । ब्रह्मा-सरस्वतीका डाइरेक्ट वत्स कति उच्च छ ! अतः कुनै व्यक्ति वस्तु वैभवमा राग नगरौँ, इच्छा नगरौँ । बाबामा अनन्त अनुराग छ भने बेहदको वैरागी सहजै बन्न सकिनेछ ।

बेहदका बैरागी (अव्यक्त बापदादा): आफूलाई सदा राज ऋषि सम्झेर चल्छौ । एकातर्फ राज्य, अर्कोतर्फ ऋषि । दुवैको लक्षण अलग-अलग छ । एउटा भाग्य अर्को त्याग । एउटा सर्वअधिकारी, अर्को ऋषि अर्थात बेहदको बैरागी । एक सबैको प्यारो, अर्को सबैबाट टाढा । दुवै लक्षण: बोल र कर्म साथसाथ देखिन्छ । वर्तमान स्वराज्य, अर्थात स्व को यी सर्व-कर्मइन्द्रियमाथि राज्य, यसलाई भनिन्छ स्वराज्य, र उही हो भविष्यको डबल अधिकारी । डबल राज्यको नशा सदा रहन्छ । जति राज्यको नशा उति नै बेहदको वैराग अर्थात ऋषिरुप सदा स्मृतिमा रहन्छ । दुवैको ब्यालेन्स हुन्छ, एक स्वरुप याद रहन्छ, अर्को भुलिजान्छ । यस पुरानो देह र दुनियाँ आफैतर्फ आकर्षित गर्दछ । यो मशानघाट अनुभव हुन्छ, सबै मूर्च्छित भएका आत्मा जस्तो नजर हुन्छ, कि सिर्फ भन्नको लागि मात्र हो । यी सब मरिसकेका छन्, अर्थात मशानघाट हो । जबसम्म यो अनुभव हुँदैन, बेहदको बैरागी बन्न सकिँदैन । आजको दुनियाँमा पनि हदका वैरागी जंगलमा वा श्मशानमा जान्छन् । यसैले गाइन्छ श्मशानी वैराग्य …. । तसर्थ जबसम्म यो दुनिया श्मशान हो, यस्तो अनुभव हुँदैन, तबसम्म सदाकालको बेहदका वैराग्य, यस्तो अनुभव कसरी होला र ?

 

 

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

Loading

Post Comment

You May Have Missed