काले
हाम्रो घरमा छ यौटा कुकुर चुलबुले, चिन्दछौ ? नाम काले
पाले राम्रो छ, ज्ञानी, भुकभुक गरदै, भुक्छ जैले मजाले
झट्टै पस्दैन कोठातिर, अछुत सरी, बाहिरै बस्छ ढुक्दै
हाम्रो घरको अनि वरपरको, रखबारी गरेको छ भुक्दै
मीठोमीठो दिनू, बिस्कुट, फल रसिला, बासित्यासी छुँदैन
लाठो पक्रेर हप्काउ, तर पनि कहिले त्यो निराशै हुँदैन
काँही भाग्दैन, त्यो हाजिर छ दिनदिनै, कत्ति पर्खाउँदैन
गाली गर्दा पनि एक वचन कहिले, रत्ति फर्काउँदैन
भ्यासेक्टोमी गरेको छ, उ अब कहिले छाउरा पाउँदैन
मान्छेजस्तो लुकीछीपि, दहिचिउरे भै, कुरा लाउँदैन
पैलो दिन् भेटमा, लुटपुट गरँदै, बेरिन थाल्छ आङमा
सार्ला रेबिज चाटीकन उर मुखमा, होशियार् होउ पाहुना !!
२०६६।०४।३०
काठमाण्डौँ
![]()
Post Comment