×

हावा कविता

हावा कविता

बगेको हावा, रोकिइ रहन म कहाँ सक्छु र ?

तिमीझैँ बह, कलमले पोख्न म कहाँ सक्छु र ?

फाँटमा कुदेँ, लेकमा रोएँ, झाडीमा चिच्याएँ,

अभाव कहिले भइन किन्तु, सहभाव सिध्याएँ,

पोखेँ जुन भाव, ‘गल्ती’ वा ‘सही’ था छैन मलाइ

तीतो नै होओस्, होला कि ठानी कसैको भलाइ

जे गरेँ मैले, त्यो कुरा तिमी, बुझ्दछौ कसरी ?

जे गर्‍यौ तिमीले, त्यो कुरा ठ्याक्कै बुझूँ म कसरी ?

यो बक्र भेष्मा, कसरी आयो, ‘चक्र’को कुरा त्यो ?

भनूँ कि ‘हो’ म, या ‘हैन’ भनौँ तिमीले बुझे भो,

बादलले चट्याङ, हानेतापनि, तर्सेको छैन म

नियतै गलत ठानेर पानी बर्सेको हैन म

आघात पार्ने धेयले हुरी आएकै हैन म

भावनामाथि बुझ्यौ जुन ठेस, लाएकै हैन म

तैपनि तिम्रो दिलमा ठेस लाइगो र दुखी छु

न निको हुने न गलाइ छाड्ने ओखती खोज्दैछु ।

 

ती मेरा भाव स्वाभाविक ठान्ने धन्यवाद् हजुर

अकारण मेरै, घुम्तीमा आइ ओझेल नपर ।

  • २०७०।०४।१४
  • मुसिकोट रुकुम ।

 

Loading

Post Comment

You May Have Missed