ब्लडपेसर लो !
हो.. हो.. हो.. हो.. हो.., हो.. हो.. हो.. हो.. हो.., ला.. ला.. ला.. ला.. ला..
हे……….. प्रेसर लो भो आज यो मुटूमा
लौ न केटो खोजिदेऊ कुटुम्ब
मन पर्ने एउटा केटा छान्न आँफै दिन्नौ
जोडी मिल्ने, दिल मिल्ने तिमी खोजिदिन्नौ
आँटिलो कोइ पाइनौ गतिलो ?
मेरो जिन्दगी पार्यौ बोझिलो,
भोलिका दिन सम्झिल्याउँदा ब्लडपेसर हुन्छ अति लो !
छानूँ मैले कसोगरी ‘बा’ ले ल्याको केटो
आँखा कान नै बन्द भाको चौबर वर्ष जेठो
कलिलो कोइ पाइनौ गतिलो ?
मेरो जिन्दगी पार्यौ बोझिलो,
भोलिका दिन सम्झिल्याउँदा ब्लडपेसर हुन्छ अति लो !
छानूँ मैले कसोगरी ‘मा’ ले ल्याको केटो
सिँगान पुछ्नै नजान्ने त्यो तोते बोल्ने ठिटो
तन्नेरी कोइ पाइनौ गतिलो ?
मेरो जिन्दगी पार्यौ बोझिलो,
भोलिका दिन सम्झिल्याउँदा ब्लडपेसर हुन्छ अति लो !
छानूँ मैले कसोगरी ‘दाइ’ ले ल्याको केटो
जाँड खाने रिसाउने र शिक्षामा चाँहि खोटो
जान्नेबुझ्ने पाइनौ गतिलो ?
मेरो जिन्दगी पार्यौ बोझिलो,
भोलिका दिन सम्झिल्याउँदा ब्लडपेसर हुन्छ अति लो !
छानूँ मैले कसोगरी ‘भाइ’ ले ल्याको केटो
लुतेलाम्रे, लजाउने र लोभी, लोसे, लाटो
टाँठोबाठो पाइनौ गतिलो ?
मेरो जिन्दगी पार्यौ बोझिलो,
भोलिका दिन सम्झिल्याउँदा ब्लडपेसर हुन्छ अति लो !
छानूँ मैले कसोगरी ‘दी’ ले ल्याको केटो
सौता हाल्ने कौडा खेल्ने बोली मात्रै मीठो
इमान्दार् कोइ पाइनौ गतिलो ?
मेरो जिन्दगी पार्यौ बोझिलो,
भोलिका दिन सम्झिल्याउँदा ब्लडपेसर हुन्छ अति लो !
छानूँ मैले कसोगरी ‘फू’ ले ल्याको केटो
लुटाहा र फटाहा हिंसामा चाहिँ छिटो
सोझोसिधा पाइनौ गतिलो ?
मेरो जिन्दगी पार्यौ बोझिलो,
भोलिका दिन सम्झिल्याउँदा ब्लडपेसर हुन्छ अति लो !
छानूँ भने पुरानै छन् यिनका चालामाला
नछानूँ त जोवन ढल्यो घर बिग्रँदै जाला
यो संसारमा पाइनौ गतिलो ?
मेरो जिन्दगी पार्यौ बोझिलो,
भोलिका दिन सम्झिल्याउँदा ब्लडपेसर हुन्छ अति लो !