×

बाल देउसी गीत २

बाल देउसी गीत २

(कस्तुरीको बीना लयमा)

खाने, लाउने, पढ्ने, खेल्ने, हाम्रो अधिकार

मायाँ पाउने हाम्रो हक, आयौँ खोज्दै सारा लै लै

सबलाई नमस्कार ।

तिहारैमा रची ल्यायौँ, बालकको नाच

हेरिदिनुस् आमा, बुबा, सबै मिली आज लै लै

छोडी काम काज ।

पूर्वबाट उदाइ आए सूर्य भगुवान

ज्ञानी बन्ने, महान बन्ने, देऊ है वरदान लै लै

हेर्दै नाचगान

दिनरात उँधै बग्ने भगवती पानी

आमाबुबा मिले मात्रै हामी हुन्छौँ ज्ञानी लै लै

सिक्छौँ असल बानी

यताउता जताततै वायु, अग्नी देउता

समाज राम्रो बनाइदिनोस्, बिन्ति यही एउटा लै लै

बिन्ति यही एउटा

आमा, बुबा, गुरु जस्तै हाम्रो जन्मभूमि

रमाउँदै छौँ, साथ दिनोस्, नाच्छौँ घुमीघुमी लै लै

सगर चुमीचुमी

हाँसिदेऊ नाचिदेऊ तर

दुई दिनको जीवनको के भर ।

Loading

Post Comment

You May Have Missed