पुर्णको माया, बलियो हस्ताक्षर (गिति नाटक समिक्षा) – नरेन्द्रकुमार राना
जीवन अथाह छ । यसमा अनेकता छ । त्यसैले त साहित्य छ । साहित्यका माध्यमबाट हामी जीवनका अनेक भोगाइ, कल्पना, यथार्थ र कारुणिकता प्रकट गर्दछौं । नछोएको छुने प्रयास, नदेखेको देख्नेम प्रयास र नभएको महसुस गर्ने प्रयास स्वरुप नै साहित्यको जन्म हुन्छ । साहित्य आम जीवनको प्रकटीकरण सँगै यसको कलात्मक प्रस्तुतिको उच्चतम जीवन्त अभिव्यक्तिह हो ।
जीवन व्यक्त गर्ने साहित्य पनि विविध विधामा विभाजित छ । योटै विधाले समग्र जीवन पर्गेल्न सक्दैन, हाम्रा अनेक जीवनका घटना र परिघटनालाई समेट्न सक्दैन । हाम्रो जीवन कथा मात्र हुन सक्दैन, न त गीत र नाँच मात्रै हुन सक्छ । जीवन कहिले झरना जस्तै पहराबाट झर्छ, कहिले सङ्लो नदी भएर समतल फाँटमा शान्त बग्दछ । त्यसैले त जीवनको गीत अनि संगीत कहिले आख्यान त कहिले काव्यात्मक विधामार्फत् प्रस्फुरण हुन्छ ।
साहित्यका मूलतः दुई विधा छन् : गद्य र पद्य वा काव्य । गद्य पनि आख्यान र गैरआख्यानका रुपमा वर्गीकरण गर्ने गरिन्छ । पद्य वा काव्यका विविध उपविधा मध्ये गीतिनाटक पनि एक हो । यो काव्यात्मक आख्यान हो जसमा संवाद, परिवेश, पात्र र संघर्षले जीवनलाई रंगमन्चमा मञ्चन गर्छन् । यो गीत हो जसमा कविताको शक्ति हुन्छ र यो नाटक हो जसले पात्रका माध्यमबाट तत्कालीन परिवेश र विचारलाई अभिव्यक्त गर्छ । त्यसैले विधाको बिचमा उभिएर गीतिनाटकले एकातर्फ आख्यानलाई डोर्यारउँछ भने अर्कोतर्फ गेयात्मक कवितामार्फत् नयाँ शैली र नवीन कलालाई समेट्छ । त्यसैले गीतिनाटकका भाव, कला, शैली र चित्रणहरू सशक्तन हुन्छन् । एकैचोटि दर्शक, श्रोता र पाठकलाई छनौटको सुविधा दिने भएकाले आफू अनुकूल रसानुभूति गर्ने अवसर प्रदान गर्छन् ।
नेपाली साहित्यमा गीतिनाटक अन्य साहित्यिक विधासँगै विकास भएको पाइन्छ । मल्ल र राणाकालमा आफ्ना दरबारमा विदेशबाट कलाकार झिकाएर संस्कृत, उर्दू र हिन्दी साहित्यका काव्यात्मक कृतिलाई नाटकको रुप दिएर मञ्चान गर्न लगाई मनोरन्जन लिने प्रचलन थियो । नेपाली साहित्यमा कलम चलाउने मोतिराम भट्ट, शम्भुप्रसाद ढुंगेल, पहलमानसिं स्वाँर, बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिर जस्ता सशक्तु हस्ताक्षरले नेपाली गीतिनाटकलाई गौरवान्वित गराएका छन् । विशेषतः लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, कुञ्जिानी, म्हेन्दु र माधवप्रसाद घिमिरेको मालतीमंगले जस्ता गीतिनाटक नेपाली साहित्यका अमर कृतिहरू हुन् । हुन त मुनामदन खण्डकाव्यका रुपमा बढी नै चर्चित छ तर पनि यसको नाटकीकरणले पाठकलाई लोभ्याउँछ । समकालीन नेपाली साहित्यमा पनि कवि तथा नाटककारहरूद्वारा गीतिनाटक लेखिइरहेका छन् । र तीं नाटकहरू धेरै पुस्ताका कृतिमा रहेका छन् । थोरै मात्र मञ्चीन हुने अवसर पाएकाले सबै कृतिले दर्शकसम्म पुग्न पाएका छैनन् ।
रुकुम जिल्लाको मनोरम प्राकृतिक सुन्दरताको काखमा हुर्किएका कवि तथा नाटककार पूर्ण ओलीको कृति गीतिनाटक मान्छेको माया सार्वजनिक भएको छ । यो गीतिनाटक शब्द, शील्प, कला र भाव पक्षका दृष्टिकोणले बलियो हस्ताक्षरका रुपमा अगाडि आएको छ । यो गीतिनाटक स्रष्टाको पहिलो काव्यात्मक नाटक भएकाले केही त्रुटीहरू भए तापनि समग्रमा यसको रुप र भाव दुवै बेजोडको छ । दर्शक हेर्दाहेर्दै भावुक बन्ने पुग्छ र द्रवित मन पग्लिएको पत्तै पाउँदैन ।
गीतिनाटकको सुरूवात अँधेरो बाट यसरी हुन्छ :
दिन बुरीसके, त्यो पारिबाट अँध्यारो पस्तै छ
ओसाउनुपर्ने धानको थुप्रो जस्ताको तस्तै छ ।
ग्रामीण निम्न मध्यम किसान परिवारकी महिलाको सामान्य जीवन नै यस नाटकको कथा हो । सानो कुरा र शंकाले कसरी घरलाई प्रताडित पार्छ भन्नेि भावलाई नाटकले बोकेको छ । प्रतिनिधि पात्र ताराको बारेमा नाटक बढ्ता बोल्छ । धेरै कुरा चरित्र आफै बोल्छ भने अर्कोतिर चन्द्र, कान्छीबाट पनि उसका बारेमा बोलिन्छ । महिलाहरू पुरुषहरूको हिंसाबाट पीडित हुने गरेका घटनाहरू पत्रपत्रिका र समाचारमा आइरहन्छन् र त्यसमध्ये यौटा कथा हो यो ।
नाटकको दोस्रो दृश्यमा लोग्ने चन्द्रप्रसाद आफ्नी सोझी स्वास्नीलाई शंका गर्दै भन्छ :
को आई गयो, गर्दछ्यौ कसको रातीमा संगत
र श्रीमती ताराको निश्छलताले यस्तो भन्छ :
हजुरकै साथी होला त गर्योा आपतमा मद्दत
नाटकमा लोग्नेले एकोहोरो आरोप लगाउँछ तर अबोध स्वास्नीले उसका कुरा प्रतिवाद गर्नुको साटो आफूलाई निकाल्दा लोग्ने दुःख पाउने कुरा आफ्नी नन्द कान्छीसँग यसरी व्यक्त गर्छे :
थाहै छ कान्छी तीं तिम्रा दाजु अल्सरका रोगी छन्
परवाह छैन ज्यानको कुनै खानपीनका सोखी छन् ।
निधार नाडी छामेर हेर्नु सुतेको त्यो खेर
ज्वरोले काँपी तड्पेलान् राती हेरे है ब्यूँझेर ।
अझ बिलौना गर्दै भन्छेः
यो रात यतै बिताउन पाऊँ, भूल भए माफ पाऊँ
यो घरको हजुर संरक्षक मेरो, बिन्ती कहाँ बिसाऊँ ?
आदर्शोन्मुख यथार्थवादी गीतिनाटकका रुपमा यसको चर्चा गर्नु उपयुक्त देखिन्छ । यहाँ नारी पात्र तारा आदर्शले प्रेरित छ । उसले घर छोड्नैपर्ने बाध्यता बिचमा माइतमा गएर कुनै उल्का लगाएको देखिन्ना । यसबाट उसको आदर्श र सोचको अडिगता देखिन्छ । अन्य पात्र भन्दा सशक्त पात्र तारा नाटकको केन्द्रीय भुमिकामा रहेकी छे । नाटककारको आवाज पनि उसले नै बोलेको प्रतीत हुन्छ ।
अर्कोतर्फ चन्द्रप्रसादले शंकालु लोग्नेको भुमिका खेलेको छ । नाटकमा नाटककारले यो पात्रलाई न्याय गरेको देखिँदैन । कि त यो पात्र जाँड खाने, जुवा खेल्ने वा कुलतमा फसेको हुनुपर्ने जसले गर्दा एक्का सि श्रीमतीलाई गर्ने व्यवहारमा यथार्थता झल्कन्थ्यो ।
आमाको कोमल मनले छोरीको शारीरिक र मानसिक अवस्था हेरी छोरीप्रतिको अगाध माया र स्नेह यसरी पोखिएको छ :
अरुको लाख माइतीको काख सम्झेर आयौ कि
अँधेरी रातमा बुहार्तन सारो बिझेर आयौ कि
उनी थप्छिन् :
नमाने पीर त्यो घर जस्ता पाइन्छन् हजार
तर पिताले समाज र लोकलज्जालाई सम्झी कठोरतापूर्वक भन्नुहपर्छ :
दुनियाँ हाँस्ला, रमाउलान् शत्रु बिग्रेमा घरबार
यो एक सामाजिक गीतिनाटक हो । समाजमा यस्ता कुराहरू घटिरहन्छन् । कहिले एलिजा झैं त कहिले ताराका रुपमा महिला समाजमा आफ्नै सिध्दान्त र सोचबाट मार्गनिर्देशित हुन्छन् । लोग्नेमानिस आफ्नी श्रीमतीमा सौता हाल्दा पनि जेठीले स्वीकारोस् भन्नेग सोच राख्छ भने अर्कोतर्फ श्रीमतीले अर्को पुरुषसँग कुरा गरेको सहन गर्ने वा बुझ्नुपर्ने समेत गर्दैन । त्यो कुरा यो गीतिनाटकले सफलतापूर्वक चित्रण गरेको छ ।
झ्यारउरे छन्दमा लेखिएको यस गीतिनाटकले नेपाली समाजको लयलाई टपक्कप टिपेर राखेको छ । भाषामा आञ्चोलिकताको राम्रो प्रयोग भएको छ । बुरिसक्योी, खलो, छाप्रो, पीरो, टंगिए, थाङ्ना जस्ता प्रयोगले स्थानीयतालाई झल्काउँछ । ग्रामीण जीवनका विशेष गरी मध्यपश्चियम क्षेत्रका ठेट र मौलिक शब्दलाई पात्रले प्रयोग गर्नाले यसको नाटकीय सहजता र कला अझ उच्च हुन गएको छ । यसले गीतिनाटकलाई जीवन्त तुल्याएको छ । सरल शब्द र टुक्काउको मद्दतले नाटकमा सुललितता र सान्दर्भिकता दुवैलाई समेट्न सफल छ :
भोजन राम्रो मसला होइन बजेको चुराले
यो छाप्रो सफा बढारी होइन मायालु कुराले ।
मारेर न्याउरी पछितो मात्रै पापले छुनेछ ।
यो नाटकमा जीवन दर्शनलाई सहज रुपले यसरी पोखिएको पाइन्छ :
एक छिनपछि के हुन्छ कस्लाई को फेर्न सक्छ र ?
मान्छेको माया मान्छे जस्तै तरल र चञ्च्ल हुन्छ । निरपेक्ष माया हुँदैन । गर्न जाने माया हुन्छ भने गर्न नजाने विष त्यहीं माया हुन्छ । मायाका बिचमा विश्वा स र श्रध्दा हुनपर्छ न कि शंका अनि हिंसा । त्यसैले नाटकले शीर्षकको सार्थकता पुष्टि गरेको छ । मान्छेको माया समय, परिस्थिति, सोच र बाँचेको समयले प्रभाव पार्छ । सामान्य कथा बोकेको यो गीतिनाटकले लोग्ने स्वास्नीको कमजोर सम्बन्धबाट सुरू गरी दुवैको आवश्यकता र महसुस गर्ने चरणमा ल्याई यसरी टुङ्ग्याउँछ :
ताराः दाइँभन्दा बढी हजुरकै माया लागेर आएँ म
चन्द्रः भुलेछु व्यर्थ कर्तव्य आफ्नो भुलेर आएँ म
नाटकले अँधेरोबाट सुरु गरी विभिन्नए मोडमा रुवाउँदै मिलन र आशाको नयाँ उँज्यालोमा ल्याई समापन गर्छ । यो पनि लेखकीय बठ्याइँ मान्न सकिन्छ । पीडा र वेदनाको आँसुलाई रोकेर हर्षको आँसु चुहाउन अन्त्यमा बाध्य पार्छन् ।
नयाँ लेखकका रुपमा नै अनुभव सिध्द काव्यात्मक नाटक लेख्ने पूर्ण ओलीको सृजनाको मुहान अझ फुटोस् भन्नेर कामना गर्दछु ।
– नुवाकोट, रुकुम