दिमाग खियाउनुहोस्-१
प्रश्न नं. १०.
- नेपालको कुन ठाउँमा बैशाखभन्दा जेठ पहिले आउँछ ?
- आकाशको बीचमा के छ ?
- सधैँ आउँछ तर कहिल्यै आउँदैन के हो ?
- एक हुल चराहरु आएर एउटा रुखको प्रत्येक पातमा बस्दा एउटा चरालाई पात पुगेन। अनि चराहरु छलफल गरी एउटा पातमा दुई/दुई वटा बस्ने सल्लाह गरेर प्रत्यक पातमा दुई/दुई वटा चरा बसेछन, यसरी बस्दा एउटा पात खालि भएछ, ल अब भन्नुहोस चरा र पातको सँख्या कति कति थियो ?
- भाँच्न सकिन्छ तर टुक्रा समात्न सकिँदैन के हो ?
- सेतो टोपी ब्ल्याक सि मा फाल्दा के हुन्छ ?
- कसरी सुतेको मान्छे खाटबाट लोट्न सक्दैन ?
- तँ भन्दा नछुने म भन्दा छुने के हो ओठ ?
- परीक्षामा सबैभन्दा पहिले के देखिन्छ ?
- खुवाउँदा बाँच्ने र पिलाउँदा मर्ने के हो ?
- समुन्द्र छ तर पानी छैन के हो ?
- ऊ हरेक दिन दाह्री काट्छ तर उसको दाह्री लामै हुन्छ ऊ को हो ?
- एउटा हातमा सबै औँला नभएको मान्छेलाई के भनिन्छ ?
- १० मा ३ जोड्दा १ हुन्छ कसरी ?
- फाल्न सकिँदैन तर यसले समात्न सक्छ के हो ?
- यदि तपाईँसँग छ भने तपाईँ बाँड्न सक्नुहुन्छ तपाईँले बाँड्नुभयो भने तपाईँसँग हुँदैन के हो ?
- फुटेपछि मात्र काममा आउने के हो ?
- तलमाथि जान्छ तर चल्दैन के हो ?
- सधैँ माथि मात्र उक्लन्छ तल आउँदैन के हो ?
- कुनै महिना ३२ दिनको हुन्छ । कुनैमा ३० दिन हुन्छ । अब भन्नुहोस् २८ दिन हुने महिना कुन कुन हुन् ?
- एउटा गाई लाई 10 मिटर लामो दाम्लोले बाँधेको छ तर पनि 15 मिटर टाढा राखेको घाँस खाईदियो !! ल अब दिमाग लगायर भन्नुस त कसरी सम्बभ भयो होला ?
- सबैभन्दा समस्याग्रस्त विषय कुन हो ?
- मलाई काट्दा तिमी रून्छौ तर म रँदिन म को हुँ ?
- सीता जनककी छोरी हुन् । जनक सीताको बाबुको के हो ?
- दुई केटा तीन केटी र एउटा कुकुर एउटा सानो छाता ओढेर बाहिर निस्केका थिए । तर कोही पनि भिजेनन् कसरी ?
सही जवाफको लागि तलको लिङ्क क्लिक गर्नुहोस् ।
दिमाग खियाउने प्रश्नहरूको समस्या समाधान | Purna Oli