गिती शब्दगीत

तिमी हिड्ने गोरटोमा मैले हिड्दा बाधा पर्छ र ?

 

उकालोको थकान मेट्ने, डाँडैको त्यो चौतारी

छायाँ दिने बरपिपल, सुन्दर शितल छहारी

खोज्छौ ढुङ्गा, राख्छौ त्यतै, भन्छौ ‘आसन मेरै हो’

अर्कैकोमा बस्दै भन्छौ: ‘आसन छोड्दा पर्छ असर ।’

तिमी बस्ने आसनमा, मैले बस्दा बाधा पर्छ र ?

 

गन्तव्यमा पुर्याउने त्यो नजिकैको गोरेटो

अलमलिन्छौ केही बेर, पुगेपछि दोबाटो

छान्छौ जता, ठान्छौ अनि, ‘यो बाटो त मेरै हो’

अर्कैकोमा हिँड्दै भन्छौः ‘बाटो छोड्दा पर्छ असर’

तिमी हिँड्ने गोरेटोमा मैले हिँड्दा बाधा पर्छ र ?

 

पूजा गर्छु भन्दै लान्छौ बारीको फूल चुँडाली

गोड्मेल गर्ने, सिंचित गर्ने, को हो ? किंचित् नबुझी

सुगन्ध र सुन्दरतामा देख्छौ ‘सारा मेरै हो’

अर्कैकोमा चढाइ भन्छौः ‘फूलै छाड्दा पर्छ असर’

तिमीले पुज्ने देवतालाई मैले पुज्दा बाधा पर्छ र ?

 

जून देखे शितल, राम्रो, घाम लागे घमाइलो

जता हेर्यो त्यतै तिमीलाई आनन्द र रमाइलो

फुर्की भन्छौ ‘फर्क्यो भाग्य, दिन बार मेरै हुन्’

अर्कैकोमा रमाइ भन्छौः ‘खुशी बाँड्दा पर्छ असर’

तिमी हाँस्ने दिनबारमा मैले हाँस्दा बाधा पर्छ र ?

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *