व्यक्ति विशेष

डा. देवी नेपालः व्यक्तिविवरण


नामः डा. देवी नेपाल
जन्मः २०३० वैशाख १८
माता-पिताः मनमाया-कुबेरनाथ नेपाल
जन्मस्थानः हल्दीबारी—१, गोल्धाप, झापा
हालको ठेगानाः मध्यपुर ठिमी न.पा. १, लोहकिल्थली, भक्तपुर
शिक्षा तथा संलग्नता: विद्यावारिधि (पिएच.डी) (प्रगतिवादी नेपाली खण्डकाव्यमा द्वन्द्वविधान) एम.ए. (नेपाली, प्रथम श्रेणी), आचार्य (साहित्य, प्रथम श्रेणी) र बी.एड. (नेपाली, एक वर्षे)
प्राध्यापन सेवाः सहप्राध्यापक, वाल्मीकि क्याम्पस, काठमाडौँ ।
सम्प्रतिः प्राज्ञ परिषद् सदस्य तथा विभागीय प्रमुख, साहित्य (बालसाहित्य र लोकवार्ता) विभाग, नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ ।
विशेष जिम्मेवारीः सदस्य, नेपाली विषय समिति, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी ।
(क) सिर्जना, समालोचना एवम् बालसाहित्यसम्बन्धी प्रकाशित कृतिहरू १. श्रद्धाञ्जली (खण्डकाव्य) २०५७ २. छन्दको सुगन्ध (कविता क्यासेट) २०६० ३. छन्द–पराग (छन्दको लक्षणशास्त्र) २०६२ ४. त्रिशतक (मुक्तकाव्य) २०६३ ५. तितामीठा कुरा (नीतिसङ्ग्रह, सहलेखन) २०६३ ६. साहित्य सन्ध्या र पुरस्कृत प्रतिभाहरू २०६४ ७. कुखुराको बिहे (बालकाव्य) २०६५ ८. गजल कसरी लेख्ने ? (गजल सिकाइ) २०६६ ९. माटो र मुटु (कवितासङ्ग्रह) २०६७ १०. काव्य समालोचना (समालोचना) २०६८ ११. समयरेखा (समालोचना) २०६८ १२. निबन्ध मुना (बाल निबन्धसङ्ग्रह) २०७० १३. निबन्ध कोपिला (बाल निबन्धसङ्ग्रह) २०७१ १४. सलादजस्तो देश (कवितासङ्ग्रह) २०७१ १५. भानु भन्दै हिँडी रहूँ (यात्राकाव्य) २०७२ १६. मैना चरी दङ्ग परी (बालकाव्य) २०७२ १७. छन्द–तरङ्ग (छन्दको एकल सिडी) २०७३ १८. छन्द–पराग (परिमार्जित संस्करण) २०७३ १९. नाना देऊ पुतली (बाल कवितासङ्ग्रह) २०७४ २०. अआ पढ्ने बेला (बाल कवितासङ्ग्रह) २०७४ २१. को छ हँ ? (बाल कवितासङ्ग्रह) २०७४ २२. गन्दै गन्दै जान्छु (बाल कवितासङ्ग्रह) २०७४ २३. आरोहण (संयुक्त महाकाव्य) २०७४ २४. क ख ग घ पढ न (बाल कवितासङ्ग्रह) २०७६ २५) पागल (खण्डकाव्यत्रयोदशभित्र) २०७७ २६) मामाघरको रोपाइँ (बालकाव्य) २०७७ २७) समुद्रमन्थन (खण्डकाव्य) २०७७ ।
(ख) कक्षा नर्सरीदेखि स्नातकसम्मका पाठ्यपुस्तकः ३० ओटा
(ग) सम्पादन गरिएका पुस्तक र पत्रिकाः १३ ओटा
(घ) भाषा–सम्पादन गरिएका पुस्तकहरूः २०० भन्दा बढी
(ङ) भूमिका लेखनः १५० भन्दा बढी पुस्तकहरू
(च) प्रकाशोन्मुख साहित्यिक कृतिहरूः गजलको सौन्दर्यशास्त्र-१, समालोचनासङ्ग्रह–४, भूमिकासङ्ग्रह–२, कवितासङ्ग्रह–१, गीत–गजलसङ्ग्रह–१, बालकाव्य–१ आदि ।
(छ) पुरस्कार/सम्मानः युवावर्ष मोती पुरस्कार (२०६७), शुभप्रभात काव्यसम्मान (२०६३), अविरल साहित्य सम्मान, सिन्धुपाल्चोक (२०६३), अनाममण्डली (मलेसिया), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (मलेसिया शाखा), उदाउँदो तारा साहित्य समाज (पेन्याङ, मलेसिया) र प्रवासी नयन साहित्य समाज (जोहोर, मलेसिया) सम्मान (२०६७), भेरी साहित्य समाज सम्मान (२०६८), शुक्ला साहित्य सम्मान, तनहुँ (२०७०), शारदा कोइराला बालसाहित्य वाणी पुरस्कार (२०७०), वैजयन्ती स्रष्टा सम्मान (२०७१), असम नेपाली साहित्य सभा, गुवाहाटी सम्मान (२०७२), छन्दवादी समाज नेपाल, रुपन्देहीबाट ‘छन्दरथी’ उपाधिसहित सम्मान (२०७३), ज्योति स्रष्टा सम्मान (२०७३), तोयनाथ पाण्डेय पशुपतिकुमारी पुरस्कार (२०७३), महाकाली गजल प्रतिष्ठान सम्मान (२०७४), साहित्य कला सङ्गम, दमक सम्मान (२०७४), भानु उत्कृष्ट रचना पुरस्कार (२०७४), समकालीन नेपाली छन्दकविताका त्रिनेत्र उपाधिबाट सम्मान (२०७६), साहित्य सुनौँ परिवार, मिरिक, दार्जिलिङ सम्मान (२०७६), नेपाली साहित्य प्रचार समिति सिलिगुढी सम्मान (२०७६) लगायत ४२ ओटा सम्मान तथा पुरस्कारबाट सम्मानित ।
(ज) साहित्यिक संलग्नताः एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक सङ्घसंस्था ।
(झ) देशविदेशका ४०० भन्दा बढी स्थानमा सिर्जनात्मक लेखन प्रशिक्षण प्रदान ।
(ञ) देशका २०० भन्दा बढी ठाउँमा नेपाली भाषा, व्याकरण एवम् शिक्षणसम्बन्धी प्रशिक्षण ।
सम्पर्क लोहकिन्थली, भक्तपुर — ०१–५६३९९५३ (निवास), ९८५१०९८९५३ (साथमा) devi.nepal@yahoo.com drdevinepal@gmail.com (विद्युतीय हुलाक)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *