२०८२ चैत्र ९ गते सोमवार
दुवाकोट भक्तपुर
ठिक भइसक्यो भनेको स्वास्थ्यमा केही समस्या आएको जस्तो महसुस भइरहेको छ ।बिहान लेखनकुञ्जको अफिसमा पुगेर प्रतिष्ठानका आजीवन सदस्यहरूको नाम अपलोड गरेँ । दिउँसो मनोहर लामिछाने सर आउनुभयो । दिउँसो ३ बजे कर्णाली सांस्कृतिक कार्यक्रम नेपाल पर्यटन बोर्डको हलमा हुने कुरा थियो तर कार्यक्रममा जाने जाँगर चलेन । मनोहर सरकै बाइकमा ठिमीसम्म आएँ । उहाँको कोरियन अस्पत्तालमा बिमाको औषधिहरू लिने काम रहेछ ।ठिमीबाट लोकल गाडीमा चढी दुवाकोट स्थित घरमा आएँ ।थकानले चुर भएकोले दैनिकी समेतलाई निरन्तरता नदिई ओछ्यानमा पल्टिएँ
![]()
Post Comment