मनबहादुर खत्री
सगरमाथा आरोही रुकुम बाँफिकोटका मनबहादुर खत्री नेतृत्वको टोलीले २०७० साल जेठ १२ गते बेलुका ५ वजेर १५ मिनेट जाँदा सिस्ने हिमालको सफल आरोहण गरेको थियो ।
आरोहण दलका अन्य सदस्यहरुमा बाँफिकोटकै अलबहादुर खत्री, कैलालीका ध्रुव विष्ट, गोरखाका मुलाल गुरुङ, म्याग्दीका विनायक मल्ल ठकुरी, जुम्लाका अमृत विक, गोरखाका सुमन गुरुङ र अमेरिकी नागरिक लाइन एल–जो रहेका थिए ।
पाँच हजार ९११ मिटर उचाइमा रहेको सिस्ने हिमालको चार हजार २०० मिटर उचाइको स्थानमा आधार शिविर स्थापना गरेर आरोहण टोलीले आफ्नो यात्रालाई अगाडि बढाएको थियो ।
सिस्ने आरोहण गर्न केही वर्ष पहिले दुई पटक गरिएको प्रयास सफल भएको थिएन । यस पटकको टोलीले भने सकुशल सिस्नेको चचुरो चुमेको छ ।
पर्यटन मन्त्रालयबाट अनुमति लिएर केही महिनादेखि सिस्ने आरोहणको सम्भाव्यता अध्ययनसमेत गरिएको थियो । सिस्ने आरोहण भए पछि यसलाई प्रचारप्रसार गर्न सके पर्यटकीय गतिविधि बाक्लिने विश्वास जिल्लावासीले लिएका छन् ।
ट्रेकिङ म्यापमा मानबहादुर- समाचार – कान्तिपुर समाचार
रुकुम पश्चिम बमवहादुर बिक (बमकाजी शिर्पाली)ले २०७८ वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जिल्लाको सानीभेरी गाउँपालिका १० अर्माडाँडा घर भइ हाल जिल्ला निर्वाचन कार्यालय रामेछापमा कार्यरत लेखापाल बिकले सगरमाथा आरोहण गरेका हुन्।
नापी कार्यालय रुकुम पश्चिमले सगरमाथा आरोही अमिन युवराज धिताललाई सम्मान गरेको छ । रुकुमको बाँफिकोट गाउँपालिका घर भई नापी कार्यालय दाङको लमहीमा अमिन पदमा कार्यरत धितालले २०७८ साल जेठ १७ गते सगरमाथाको आरोहण गरेका थिए ।
![]()
Post Comment