×

सडकको नजरबाट

सडकको नजरबाट

 

कुनै ओढारका चमेराहरुझैँ

मेरो छातिमा पाइताला अड्काएर

झुण्डिरहेको छ एउटा लामो ताँती

सर्वाङ्ग छोपेको दिवास्वप्नमा

उधोमण्टो

 

टाउकाहरु आकाशको फोहर रछ्यानमा चोबलेर

कोक्रोमा हल्लिँदै देखेको सपना

लाखौँ माइल पार गरेको तुष्टि

नाङ्गै पाइतालादेखि नाङ्गै पाइतालासम्मको एक अवधिमा

स्वार्थअनुकूल झुल्कँदै

तँ सानो म ठूलोको

बेफ्वाँकको प्रतिस्पर्धा

 

पाइताला छाला वा रबरले मोर्नेहरुले

सोल वा टायर चिप्काएर मेरो वक्षस्थलमा

थप गहिराईमा नाक जोत्दै कुइगन्ध सुँघ्ने यो होड

आफ्नै पाइताला आफ्नै नाकमा छिराएर

गाडीमा गुँडुल्किँदाको

अमिलो अभिमान

 

चीलगाडीको तेर्छो छायाँले

चिर्छ तल्लो पेट

 

 

Loading

Post Comment

You May Have Missed