×

कुमारको स्पष्टोक्ति

कुमारको स्पष्टोक्ति

शंकर बाबा

भयो बन्द गर

मेरो कमजोरीका हप्काइदप्काइहरु

भाइका अधिकजोरीका ललाइफकाइहरु

 

मेरो भाइ

हातमुख जोर्ने अर्वाचीन प्रतिस्पर्धामा

कुद्न सक्तैन भीमकाय शरीर लिएर

उसको भीमकाय जीउलाई पालनपोषण गर्न

उसका आफ्नै हातखुट्टा योग्य छैनन्/पर्याप्त छैनन्

उसलाई प्रथम पूजा गर्ने थिति नबसालिदिँदा

उसको पेट भर्दैन बाबा

त्यो जानेरै पछि हटिदिएको हुँ

ममा एक भोटो बढी च्यातेको योग्यता छँदाछँदै

मैले नै उसलाई अघि बढ्ने स्पेस जुटाइदिएको हुँ ।

 

तिमीलाई नै सुमेरु पर्वत मानेर

सात पटक मात्रै होइन

मेरो मयुरवाहनमार्फत लाखलाख फन्का घुमिदिन सक्थेँ

मैले त्यसो गरेको भए

के गर्थ्यो मेरो भाइले ?

के निर्णय दिन्थ्यो तिम्रो न्यायिक मनले ?

…………………………………..

…………………………………….

……………………………………………….

Loading

1 comment

comments user
oakley sunglasses

Thanks very interesting blog!

Post Comment

You May Have Missed