×

स्मृति/विस्मृति

स्मृति/विस्मृति

 

बिर्सनैपर्छ भन्छौ भने

ठीकै छ बिर्सिदिन्छु ।

 

तिम्रै सम्झनाले मुछिएको छ

यो आगत र त्यो विगत

यो धर्ती र त्यो आकाश

 

ए बिर्सनैपर्छ भन्नेहरु हो

मलाई तिम्रो तत्क्षणिक अनुभूति सुनाइदेऊ

कि तिम्रो प्रियतम् मान्छे/कुनै वस्तु

आशातीत् स्थानमा/स्थितिमा एक्कै छिन नभइदिँदा

तिमीलाई कस्तो लाग्छ

 

वर्तमान हरेक दृश्य विगत समतुल्य छन्

वर्तमान हरेक स्मृति विगत समतुल्य छन्

 

 

मुटुमा गढेको छ तिम्रो मायाँ

आँखामा गढेको छ तिम्रो आकृति

तिमीलाई बिर्सनलाई

मेरो मुटु धुजाधुजा पार्नुपर्छ

मेरा आँखा क्षतविक्षत पार्नुपर्छ

 

पीडा पालेर जीवन गुजार्न

मलाई कुनै रहर थिएन

यो पीडा

शासनप्रणालीले खुट्याइदिएन

न्यायप्रणालीले पखालिदिएन

समाजप्रणालीले पन्छाइदिएन

 

तिमीलाई बिर्सन

शासनप्रणाली क्षतविक्षत हुनुपर्छ

न्यायप्रणाली धुजाधुजा हुनुपर्छ

समाजप्रणाली उथलपुथल हुनुपर्छ

Loading

Post Comment

You May Have Missed