सरुण बाँठा मगर
सरुण बाँठा मगर २०२४ सालमा रुकुमको दुली गाविसमा जन्मेका हुन् । २०३८ सालमा बिद्यार्थी राजनितिमा लागेका बाँठाले २०४५ सालदेखि माओवादी पार्टी सदस्यता प्राप्त गरेका थिए । माओवादीमा लाग्नुअघि उनी रुकुमस्थित बाफीकोट माविमा अंग्रेजी विषय शिक्षक थिए । माओवादी जनयुद्धका बेला तत्कालीन जनसरकारको प्रमुख भएर २०५८ देखी शान्ति प्रक्रिया सुरु हुँदा सम्म समानान्तर सत्ता चलाएका थिए । माओवादीबाट अलग्गिएर डा बावुराम भटराईले नयाँ शक्ति पार्टी खोलेपछि बाँठाले पनि माओबादी पार्टी त्यागे । माओबादी पार्टीमा रहँदा पनि इमान्दार र त्यागी नेताको रुपमा चिनिने बाँठाले बिभिन्न समयमा कृषि खेती पनि गर्दै आएका थिए । तत्कालीन एकीकृत माओवादी रुकुमको इन्जार्च हुँदा उनले च्याउ खेती गर्दै आएका थिए । नयाँ शक्तिको केन्द्रीय सचिवालय सदस्य रहेका बाँठा नयाँ शक्ति पार्टी जनता समाजवादी पार्टीसँग एकीकृत भएपछि जसपाका केन्द्रीय सदस्य रही आएका छन् ।
![]()