लकडाउनका पति (कोरोना विशेष-११)
जब एक् महिना लकडाउन भो
पतिदेव असाध्य सुधा हुनुभो ।
घरि लेखकतुल्य उदाउनुभो
घरि बालकतुल्य निदाउनुभो ।
अघि बारतिरै कति धाउनुभो
घरकी समझीकन आउनुभो
पहिलो दिन नेत्र जुधाउनु भो
परिवार निमित्त खुदा हुनुभो ।
उहिले कतिसम्म कडा हुनुभो
अहिले नतमस्त खडा हुनुभो
खुद भात तिहून पकाउनुभो
खुद बर्तन, खात-लुगा धुनुभो ।
उहिले घरदेखि फिका हुनुभो
अहिले सबदेखि निका हुनुभो
नरिसाउ भनेर फकाउनुभो
पढ आउ भनेर सिकाउनुभो ।
उहिले कतिसम्म बिझाउनुभो
अहिले भनिसाध्य रिझाउनुभो
ममतामय आँशु बगाउनुभो
झगडा रिसराग भगाउनुभो ।
पहिले घरदेखि अघाउनुभो
अहिले कति प्रेम जगाउनुभो
घरको जति काम सकाउनुभो
घरि नाचनुभो घरि गाउनुभो ।
जब एक् महिना लक डाउन भो
मतभेद सबै नक डाउन भो
पतिजीप्रतिको शक डाउन भो
पतिजीसँगको धक डाउन भो
घरमा पतिको हक डाउन भो
जब एक् महिना लक डाउन भो
सरकार विवेक बढाउनुभो
तकदीर पुनश्च जुडाउनुभो
जब एक् महिना लक डाउन भो !
![]()
Post Comment