बहरमा गजल कसरी लेख्ने ?
बहर परिचय: घनेन्द्र ओझा
उर्दू, फारसीमा छन्दलाई बहर भनिन्छ । गजलमा लय वा गेयात्मकता प्रदान गर्ने सूत्रबद्ध लेखन नै बहर हो भन्न सकिन्छ । निश्चित सूत्र, रुक्न र अर्कानको उचित संयोजन र लयको एकरूपता नै बहर हो । पिङ्गल छन्दमा गण र मात्राको आधारमा छन्दको निर्माण भएजस्तै फारसीमा रुक्न र अर्कानको मेलबाट बहरको निर्माण हुन्छ ।
उर्दू फारसीमा कति बहर प्रचलनमा छन् भन्नेबारेमा विद्वानहरूबीच एकमत पाइँदैन । कसैले एक दर्जन, कसैले दुई दर्जन त कसैले पाँचदर्जन बहरको प्रयोग भएको बताएका छन् । जे भए तापनि उर्दू-फारसीमा बहरमा गजललेखन परम्परा हिजो र आज पनि कायम छ ।
रुक्न
रुक्न भन्नाले उर्दू फारसी छन्दमा प्रयोग हुने गणहरू हुन् । अथवा पिङ्गल छन्दमा गण भनेजस्तै बहरमा गणलाई रुक्न भनिन्छ । पिङ्गल छन्दमा यमाताराजभानस गरी आठओटा गण भएजस्तै बहरमा पनि विभिन्न गणहरू छन्, तिनलाई रुक्न भनिन्छ । फारसीमा प्रयोग हुने रुक्नहरू यसप्रकार छन्:-
१। फा. फिइ २
२। फअल् १२
३। फिइलुन्, फेलुन् २२
४) फाइलुन् २१२
५। मफ्ऊल २२१
६) फऊलुन् १२२
७) फाइलातुन् २१२२
८) मफाईलुन् १२२२
९। फिइलातुन् ११२२
१०) मुफाइलुन् १२१२
११) मुफाईल १२२१
१२) फाइलात २१२१
१३) मुस्तफ्इलुन् २२१२
१४। फिइलात ११२१
१५) मुफ्तइलुन् २११२
१६। मुतुफाइलुन् ११२१२
१७। मुफ्तइलातुन् २११२२
१८) मुफाइलतुन् १२११२
१९। मुतुफाइलतुन् ११२११२
२०) मुफाइलातुन् १२१२२
प्रस्तुत रुक्नहरूमा (१) ले हस्वलाई सङ्केत गर्दछ भने ( २ ) लेदीर्घलाई सङ्केत गर्दछ । यिनै रुक्नँहरूको बारम्बारता हुँदा या यिनै रुक्नहरू दोहोरिँदा बहरको निर्माण हुन्छ । यी रुक्तहरू नै बहर निर्माण गर्ने आवश्यक घटकहरूहुन् ।
पिङ्गल छन्दमा जम्मा आठओटा मात्र गणहरू रहेका भए पनि फारसीमा भने यस्तो देखिँदैन । फारसीमा मूल रुक्न आठओटै छन् तर मूल रुक्नको तोडमोड बाट अन्य मिश्रति रुक्नहरू पनि निर्माण भएको पाइन्छ ।
उल्लिखित रुक्नहरूमध्ये फऊलुन् (१२२), फाइलुन् (२१२), मफाईलुन् ( १२२२), फाइलातून (२१२२), मुस्तफइलन (२२१२), मुतफोइलुन् ( ११२१२), मुफाइलतुन् ( १२११२) र मकलातु ( २२२१) मूल रुक्न हुन् ।
अर्कान
एकभन्दा बढी रुक्नहरू मिल्दा अर्कान बन्छ ।
बहर निर्माण प्रक्रिया
विभिन्न रुक्न र अर्कानको संयोजनबाट बहर निर्माण हुन्छ । फारसीमा बहरूको सङ्ख्या यति नै छ भनेर आजसम्म किटानी हुनसकेको छैन् । रुक्नको फरक फरक प्रयोगले फरकफरक बहरको निर्माण हुने हुँदा नयाँ बहरको जन्म हुने गर्छ । यसकारण पनि बहरको सङ्ख्या किटानी गर्न नसकिएको हो ।
बहर विभिन्न प्रकारका छन् । मूलतः फारसी बहरलाई तीन प्रकारमा बाँडिएको पाइन्छ । ती तीन प्रकारमा :
१) मुफरद वा मूल छन्द
२) मुरक्क वा मिश्रति छन्द र
३) मुजाहिफ वा परिवर्तित छन् ।
मुफरद वा मूल छन्द
मुफरद भन्नाले मूल रुक्नलाई तोडमोड नगरी एउटै रुक्नको आवृत्तिबाट बनेका बहर हुन् । मुफरद बहर सात प्रकारका छन् ।
यीसात प्रकारका बहरका पनि विभिन्न भेद रहेका छन् ।
१) मुतकारिब २) मतदारिक ३) हजज ४) रमल ५) रजज ६) वाफिर (७) कामिल
उल्लिखित बहर उर्दू फारसीका साथै नेपाली गजल लेखनमा समेत अत्यधिक प्रयोगमा आएका बहरहरू हुन् । बहरमा गजल लेख्दा पिङ्गल छन्दमा जस्तै गण / मात्रा – रुक्न /अर्कान) को उचित संयोजन हुनुपर्दछ । यति – विश्राम) र गति -प्रवाह ) मा अवरोध आउनुहुन्न ।
१) मुतकारिब बहर (१२२/१२२/१२२/१२२ ) ( पिङ्गल छन्द भुजङ्गप्रयात ) फऊलुन् (१२२) रुक्नको चार पटक आवृत्ति हुँदा यो बहर निर्माणहुन्छ । यसबहरको मध्यविश्राम छैटौं वर्णमा हुन्छ । छोटो, मीठो र सजिलो भएको कारण पनि यो बर गजलमा अत्यधिक प्रयोग हुने बहर अन्तर्गत पर्दछ । यो बहर पिङ्गल छन्द भुजङ्गप्रयातसँग पनि हुबहु मिल्छ । भुजङ्गप्रयात छन्दमा पनि य गण – यमाता / १२२) को चारपटक आवृत्ति हुने गर्छ । छ अक्षरमा यति – मध्यविश्राम) हुने गर्छ |
मुतकारिब बहरका पनि विभिन्न भेद छन् । फऊलुन रुक्नको चार पटक आवृत्ति हुँदा मुँतकारिब मुसम्मन सालिम हुन्छ भने तीन पटक आवृत्ति हुँदा मुतकारिब मुसद्दस सलिम र फैलुन् रुक्नको दुई पटक आवृत्ति हुँदा मुतकारिब मुरब्बा सालिम बन्छ ।
( मुतकारिब मुसम्मन सालिम) १२२ / १२२/१२२/१२२
सुरेश सुवेदी, अनुभूतिका डोबहरू
( मतकारिब मुसद्दस सालिम) १२२ / १२२/१२२
थियो दर यात्रा नथाक्ने
त्यहाँ बीज रोपें नपाक्ने । बलराम दाहाल
( मुतकारिब मुरब्बा सालिम) १२२/१२२
छुट्यो हात फैरि घात फेर । राधा कणेल
२) मुतदारिक (२१२ / २१२ / २१२ / २१२) (पिङ्गल छन्द स्रग्विणी)
यस बहरमा फाइलुन् (२१२) रुक्नको चारपटक आवृत्ति हुन्छ | यो पिङ्गल छन्द स्रग्विणीसँग हुबहु मिल्छ ।
( मुतदारिक मुसम्मन सालिम) २१२/२१२/२१२ / २१२ ( पिङ्गल छन्द स्रग्विणी)
त्रासदी स्वप्नमा डस्न थाल्यौ किन
ब्यूँझँदा आँसु भै खस्न थाल्यौ किन -। -पदम गौतम, घाम झुल्कनुअघि
(मुतदारिक मुसद्दस सालिम ) २१२ / २१२ / २१२ (महालक्ष्मी छन्द)
धर्मका बातमा के थियो
दोष खै जातमा के थियो । जनक रसिक
( मुतदारिक मुरब्बा सालिम ) २१२ / २१२ ( विमोहा छन्द)
गोधुलीका कुरा
हुन्छ कैले पुरा । खनाल मेघनाथ ‘बन्धु’
३) हजज (१२२२/१२२२/१२२२/१२२२) (पिङ्गल छन्द विधाता )
मुतकारिब र मुतदारिकपछि धेरै मात्रामा प्रयोग हुने बहर हो- हजज् । मफाईलुन् (१२२२) रुक्न को चारपटक आवत्ति हँदा बहरे हजज मसम्मन्सालिम हन्छ ।
३) हजज (१२२२/१२२२/१२२२/१२२२ ) ( पिङ्गल छन्द विधाता )
मुतकारिब र मुतदारिकपछि धेरै मात्रामा प्रयोग हुने बहर हो- हजज् । मफाईलुन् (१२२२) रुक्न को चारपटक आवृत्ति हुँदा बहरे हजज मुसम्मन्सालिम हुन्छ । अल्पविश्राम चारअक्षर र बाह्र अक्षरमा हुन्छ भने मध्यविश्राम आठ अक्षरमा हुन्छ । यो बहर पिङ्गल छन्द विधातासँग हुबहु मिल्छ ।
(बहरे हजज मुसम्मन् सालिम) १२२२ / १२२२/१२२२/१२२२
हुरीमा दीप बलेको जिन्दगी प्यारो
मॅलाई दुःखमा पिल्सी चलेको जिन्दगी प्यारो ।
नारायण निरासी, तुसारोमा फुलेका फूलहरू
(बहरे हजज मुसद्दुस सालिम) १२२२/१२२२/१२२२
हरायो लक्ष्य खोज्दै थें म फर्केछु
भिज्यो आँखा सिसाजस्तै म चर्केछु । प्रभाती किरण
(बहरे हजज मुरब्बा सालिम) १२२२/१२२२
वसन्तैमा तिमी फुल्न
दिँदै माया अझै खुल्ने ।
– खनाल मेघनाथ ‘बन्धु’
४) बहरे रमल (२१२२/२१२२/२१२२/२१२२) (पिङ्गल छन्द माधवमालती )
फाइलातून् -२१२२ रुक्नको चार पटक आवृत्ति हुँदा बहरे रमल मुसम्मन् सालिम बन्छ । नेपाली गजलमा धेरै मात्रामा प्रयोग भएको यो बैहर पिङ्गल छन्द माधवमालती सँग मिल्छ ।
( बहरे रमल मुसम्मन् सालिम ) २१२२ / २१२२/२१२२/२१२२
जिन्दगीको अर्थे खोज्ने रीत सम्झें दिक्क लाग्यो
प्रेमको यो व्र्व्यर्थ गाथा गीत सम्झें दिक्क लाग्यो । रश्मि असफल,
(बहरे रमल मुसद्दस सालिम ) २१२२/२१२२/२१२२
एकतामा सर्वहारा यो दसैंमा
उठ्नुपर्ने देश सारा यो दसैँमा । जनक रसिक
(बहरे रूमल मुरुब्बा सालिम ) २१२२ / २१२२
मेख मारेझैँ छ
बार बारेझैं छ है ।
- बूँद राना, गजलमाला
उल्लिखित भेदका अतिरिक्त रमलका अन्य केही भेदहरू पनि नेपाली गजलकारले प्रयोग गरिरहेका पाइन्छ । फाइलातुन्+फाइलातुन्+फाइलुन् सूत्रमा आधारित बहरे रमल मुसद्दसमहजुफको प्रयोग पनि केही नेपाली गजलकारले गरिरहेका छन् ।
( बहरे रूमल मुसद्दसमहजुफ) २१२२ / २१२२ / २१२
आज यौटा घात आयो प्यारमा
फेरि कालो रात आयो प्यारमा ।
- घनेन्द्र ओझा
जिन्दगीको अर्थ खोज्दै हिँड्छु म
निष्ठुरीको साथ रोज्दै हिँड्छु म ।
– सप्रेम अर्चना
५) बहरे रजज (२२१२/२२१२/२२१२/२२१२)
मुस्तफ्इलुन् (२२१२) रुक्न कोचारपटक आवृत्ति हुँदा बहरे रजजमुसम्मन् सालिम बन्दछ
बहरे रजजमसम्मन् सालिम (२२१२/२२१२/२२१२/२२१२)
चल्दैन पानी भन्दछ / यो के कुरा हो जान्दिनँ
जाती र पा/ ती व्यर्थको / संस्कार में / ले मान्दिनँ ।
सरोज काफ्ले
बहरे रजज मुसद्दस सालिम (२२१२/२२१२/२२१२ )
सम्झी बसें एकान्तमा टोलाउँदै
लाग्यो तिमी आयौ यतै बोलाउँदै ।
- विपीन किरण
बहरे रजज मुरब्बा सालिम बन्छ । (२२१२/२२१२ )
काँडा सधैँ टिक्दै हिडेँ
आफ्नै कथा लेख्दै हिँडें ।
– घनश्याम पथिक’
६) वाफिर बहर (१२११२/१२११२/१२११२/१२११२)
मुफाइलतुन् – १२११२) रुक्नको प्रयोग बाट यो बहर बन्छ । २० ओटा वर्ण हुने यो बहरमा पाँच अक्षर र पन्ध्र अक्षरमा अल्पविश्राम तथा १० अक्षरमा मध्यविश्राम हुन्छ ।
बहरेवाफिर मुसम्मन् सालिम ( १२११२ / १२११२/१२११२/१२११२ )
खराब छु यो सबै दुनियाँ अरूसँग क्यै नबोल्नु प्रिया
दिएर मर्ने अरूकन लौ कुरा दिलका नखोल्नु प्रिया । सरोज काफ्ले, अधरामृत
बहरे वाफिर मुसद्दस सालिम ( १२११२ / १२११२/१२११२)
उदासु भए उमड़ सबै तिमी नहुँदा
हराउँदछन् कि रङ्ग सबै तिमी नहुँदा । निर्मल ढुङ्गाना
बहरे वाफिर मुरब्बा सालिम ( १२११२ / १२११२ )
म रोइरहें तिमी नहुँदा
र हाँसिरहृयौ तिमी म रुँदा ।
डा. घनश्याम न्यौपाने परिश्रमी
७) बहरे कामिल (मुतफाइलुन् – ११२१२ ) ( पिङ्गल छन्द प्रमदानन/गीतिका)
मुतफाइलुन (११२१२) रुक्नको आवृत्ति बाट निर्माण हुने यो बहरका पनि विभिन्न भेद छन् । यो बहर पिङ्गल छन्द प्रमदानन/गीतिकासँग मिल्छ । यसको पाँचौँ र पन्ध्रौं वर्णमा अल्पविश्राम तथा १० अक्षरमा मध्यविश्राम हुन्छ र जम्मा २० अक्षरको हुन्छ ।
बहरे कामिल मुसम्मन् सालिम (११२१२ / ११२१२/११२१२/११२१२)
जुन मोडबाट बिदा लियौ म छु आजसम्म त्यहीँ प्रिया
हिजो तिमी पनि त्यै थियौ मै छु आजसम्म त्यहीँ प्रिया ।
शारदा सजल, गजलमाला
बहरे कामिल मुसद्दस सालिम (११२१२/११२१२/११२१२)
म त बस्छु है मुटुमाझमा अब बास
अनि फेर्छु है तनसाथ त्यो प्रिय स्वास द्यौ । – घनेन्द्र ओझा
बहरे कामिल मुरब्बा सालिम (११२१२/११२१२)
मनभित्र जे छ बताउँछु
बस पर्खिएर म आउँछु
— सरोज काफ्ले, बहरमाला
मुरक्कब बहर
यसरी नै मुरक्कब बहर विभिन्न फरकफरक रुक्नहरूको संयोजन बाट निर्मित बहर हुन् । यस्ता बहरमा एउटै रुक्नको मात्र आवृत्ति नभई विभिन्न रुक्नहरूको मेल भएको हुन्छ । गजल अन्वेषक डा. घनश्याम न्यौपाने परिश्रमी, डा. कृष्णहरि बराल र देवी नेपालले यस्ता बाह्र ओटाबहर प्रचलनमा रहेको उल्लेख गरेका छन् । ती बहरहरूमा मुन्सरिह, मुक्तजब, मुजारिअ, खफिफ, बसित, मुज्तस, सरिअ। मुसाकिल, जदिद, करिब, मदिद र तबिल पर्दछन् ।
मुरक्कब बहरका केही उदाहरण र तिनको निर्माण प्रक्रिया यहाँ उल्लेख गरिएको छः
१) मुन्सरिह बहर
मुस्तफ्इलुन्+मफ्ऊलातु दुई प्रकारका रुक्नको दुईपटक आवृत्ति हुँदा यो बहर बन्दछ । १६ वर्णको यो बहरमा चौथो र बाह्रौं वर्णमाअल्पविश्राम तथा आठौं वर्णमा मध्यविश्राम पर्दछ ।
2212+2221+2212+2221
मुस्तफ्इलुन्°मफ्ऊलातु+मुस्तफ्इलुन्+मफ्ऊलातु
यो जिन्दगी/मा सुङ्घर्ष गर्दै यहाँ/ बाँचेको छु
पीडा व्यथा/का जङ्घार/तर्दै यहाँ/बाँचेको छु । नारायण निरासी
२) मुक्तजब
मऊलातु एकपटक र मुस्तफ्इलुन् रुक्नको दुईपटक आवृत्ति हुँदायो बहर बन्दछ । छैटौँ वर्णमा मध्यविश्राम हुने यो बहरमा १२ ओटावर्णमान्छन् ।
मफ्ऊलातु°मुस्तफ्इलुन्+मुस्तफ्इलुन्
त्रिरै यादमा तडपिँदै आएँ प्रिय
थोरै आश/मा अल्झिँदै/आएँ प्रिय । घनेन्द्र ओझा
३) मुजारअ
मफाईलुन्+फाइलातुन् दुईओटै रुक्नको दुईपटक आवृत्ति हुँदा योबहर बन्दछ । १६ वर्णमयो बहरमा चौथो र बाह्रौं वर्णमा अल्पविश्राम तथा आठौँ वर्णमा मध्यविश्राम पर्दछ ।
मफाईलुन्+फाइलातुन्±मफाईलुन्+फाइलातुन्
भए खाए/ जिन्दगानी / सधैँ राम्रो हुन्छ प्यारी
तिमी आए / जिन्दगानी / सधैँ राम्रो/हुन्छ प्यारी । नारायण निरासी
४) खफिफ
फाइलातुन्+मुस्तफ्इलुन्+फाइलातुन् रुक्नको मेलबाट खफिफ बहरबन्दछ । १२ ओटा वर्णमारा निर्माण हुने यो बहरमा चौथो र आठौँवर्णमा विश्राम पर्छ ।
फाइलातुन्+मुस्तफ्इलुन्+फाइलातुन्
थाल्छु यात्रा / भन्ने अझै / तर्सिदै छ
मिर्मिरेमा / पानी त्यतै / बर्सिदै छ । बलराम दाहाल
५) बहरे बसित
मुस्तफ्इलुन+फाइलुन् दुईओटा रुक्नको दुईपटक आवृत्ति हुँदा योबहर बन्दछ । १४ ओटा वर्ण हुने यस बहरमा चौथो र एघारौं वर्णमा अल्पविश्राम पर्छ भने सातौँ वर्णमा मध्यविश्राम पर्दछ ।
मुस्तफ्इलुन°फाइलुन्+मुस्तफ्इलुन+फाइलुन्
बेकारमा /मैनझैँ / गल्दै छ यो / जिन्दगी
थोपा बनी / पग्लँदै / ढल्दै छ यो / जिन्दगी । विभोर बराल
६) मुज्तस
मुस्तफ्इलुन्+फाइलातुन दुईओटै रुक्नको दुई पटक आवृत्ति हुँदा योबहर बन्दछ । १६ वर्णमो यस बहरमा चौथो र बाह्रौं वर्णमा अल्पविश्राम तथा आठौँ वर्णमा मध्यविश्राम पर्दछ ।
मुस्तफ्इलुन्+फाइलातुन् मुस्तफ्इलुन्+फाइलातुन्
यी वेदना/छन् सहेको / हेर्ने भए / आज आऊ
त्यै दुःख साथी भएको / हेर्ने भए/ आज आऊ । शैलेन्द्र अधिकारी, हिउँमाथिको जून
(७) सरिअ
मुस्तफ्इलुन् रुक्न दुई पटक र मफ्लात रुक्न एक पटक आउँदा यो बहर बन्छ । ११ वर्ण हुने यो बहरमा चौथो र आठौँ वर्णमा विश्राम पर्छ ।
मुस्तफ्इलुन्+मुस्तफ्इलुन्+मफ्ऊलातु
संसारले / इष्र्या गरे / केही हुन्न
बाटो ढुकी/ काँडा छरे / केही हुन्न । नारायण निरासी
८) मुसाकिल
फाइलातुन् एक र मफाईलुन् रुक्नको दुई पटक आवृत्ति हुँदा यो बहरबन्दछ । १२ वर्णमो यस बहरमा हरेक चार वर्णमा विश्राम पर्छ ।
फाइलातुन्+मफाईलुन्+मफाईलुन्
आज आफैँ / व्यथामा ऊ / जलेको छ
प्रीतको त्यो / कथामा ऊ / जलेको छ । राज पाखे
९) जदिद
फाइलातुन् रुक्नको दुईपटक र मुस्तफ्इलुन् रुक्नको एकपटक आवृत्ति हुँदा यो बहर बन्दछ । १२ वर्णमो यस बहरमा हरेक चारवर्णमा विश्राम पर्छ ।
फाइलातुन्°फाइलातुन्+मुस्तफ्इलुन्
आउँदा ऊ / लाग्छ आए / सारा यहाँ
भावनाको / गीत गाए/ प्यारा यहाँ । विभोर बराल
१०) करिब
मफाईलुन् रुक्नको दुई पटक आवृत्ति भई फाइलातुन् रुक्न मिल्दा योबहर बन्दछ । १२ वर्ण हुने यस बहरमा हरेक चार वर्णमा विश्राम पर्दछ ।
मफाईलुन्+मफाईलुन्+फाइलातुन्
बलेकै थ्यो/ जहाँ आगो / घीउ हाल्छन्
नपाई क्यै/ त्यसै मान्छे / ज्यान फाल्छन् । राधा कणेल
११) मदिद
फाइलातुन्+फाइलुन् दुईओटै रुक्नको दुई पटक आवृत्ति हुँदा यो बहरबन्दछ । १४ ओटा वर्ण हुने यस बहरमा चौथो र एघारौं वर्णमा अल्पविश्राम पर्दछ भने सातौँ वर्णमा मध्यविश्राम पर्दछ ।
फाइलातुन्°फाइलुन्°फाइलातुन्°फाइलुन
दुख्छु आफ्नै / चोटमा / रुन्छु आफ्नै/पीरमा
कैद भो मेरो खुसी /प्रेमकै जञ / जीरमा ।
जनक पौड्याल
१२) तबिल
फऊल्न्+मुफाइलुन् दुईओटै रुक्नको दुईपटक आवृत्ति हुँदा यो बहरबन्दछ । १४ ओटा वर्ण हुने यस बहरमा तेस्रो र दसौं वर्णमा अल्पविश्राम पर्दछ भने सातौँ वर्णमा मध्यविश्राम पर्दछ ।
फऊल्न्°मुफाइलुन्+फऊल्न्+मुफाइलुन
अडेसो / भएँ सधैँ / गलेझैँ / भयौ तिमी
म आएँ/ तिमी भनी / ढलेझैँ भयौ तिमी ।
- पदम गौतम
मुजाहिफ बहर
यस्तै मुजाहिफ बहरचाहिँ विभिन्न रुक्न र अर्कानहरू टुक्रिएर बनेका बहर हुन् । यस्ता बहरमा मूल रुक्न नभई मूल रुक्नका केही वर्णमा परिवर्तित भएर बनेका हुन्छन् । मुजाहिफ बहर जति पनि बन्नसक्छन् । कुनै एउटा रुक्नमा परिवर्तन हुँदा नयाँ बहर बन्न सक्ने हुँदा मुजाहिफ बहरको संख्या यकीन गर्न सकिने स्थिति छैन । केही नेपाली गजलकारहरूले गजललेखनकै क्रममा नयाँ बहरहरू निर्माण गरेर तिनको गजलमा सचेत प्रयोग पनि गरेका छन् ।
प्रचलनमा रहेका केही मुजाहिफ बहरको बारेमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
१) वाफिर बहर
वाफिर बहरको प्रयोग पनि नेपाली गजलकारले धेरै मात्रामा गर्ने गरेका छन् । मुफाइलातुन् – १२१२२) रुक्न अथवा पहिलो वर्णमा ह्रस्व, दोस्रो वर्णमा दीर्घ, तेस्रो ह्रस्व र चौथो र अन्तिम वा पॉँचौँ वर्णमा दीर्घ हुने यो बहरमा २० ओटा वर्ण मान्छन् । यसका पनि विभिन्न भेद छन् । मुफाइलातुन् को चारपटक आवृत्ति हुँदाबहरे वाफिर मुसम्मन् सालिम बन्छ भने तीनपटक आवृत्ति हुँदा बहरे वाफिर मुसद्दस सालिम र दुईपटक आवृत्ति हुँदा बहरे वाफिर मुरब्बासालिम बन्छ । पाँच अक्षर र पन्ध्र अक्षरमा अल्पविश्राम तथा १० अक्षरमा मध्यविश्राम हुने बहरे वाफिर मुसम्मन् सालिमको निर्माण प्रक्रिया यसप्रकार छः
मुफाइलतुन्°मुफाइलतुन्°मुफाइलतुन्+मुफाइलतुन्
जिस्क सङ्गी / नछेक आगो / छ सम्झना यो/ पवित्र उन्को
म लाखबाजी/मरे नि ज्यूँदै रहन्छ माया/मभित्र उन्को । – जीत कार्की
२) बहरे हजज मुसम्मन् मकबुज – पञ्चचामर छन्द)
हजजकै एउटा भेद बहरे हजज मुसम्मन मकबुज पनि नेपाली गजलमा धेरै मात्रामा प्रयोग हुने बहरअर्न्तर्गत पर्दछ । मुफाइलुन् -१२१२) रुक्नको चारपटक आवृत्ति हुँदा यो बहर बन्दछ । मुफाइलुन्+मुफाइलुन्+मुफाइलुन्+मुफाइलुन् गरी १६ अक्षर हुने यो बहरको यति विश्राम) ४°८°१२°१६ अक्षरमा हुने गर्छ । अल्पविश्रामचार र बाह्र अक्षरमा हुन्छ भने मध्यविश्राम आठ अक्षरमा हुन्छ । यो बहर पनि पिङ्गल छन्द पञ्चचामरसँग हुबहु मिल्छ । पञ्चचामर छन्द’ज र ज र ज गु’ गणबाट बन्दछ ।
-हजजमुसम्मन् मकबुज (मुफाइलुन् रुक्नको चारपटक आवृत्ति)
अनन्त पुण्यलाभको म गीतमा रमाउँछु
स्वदेश भक्ति रागको म प्रीतमा रमाउँछु । केशवराज आमोदी, बहरमाला
-बहरे हजजमुसद्दस मकबुज (मुफाइलुन् तीनपटक आवृत्ति)
गयौ तिमी सबै भुली हतारमा
दुरी बढ्यो वियोगको बजारमा – अतीत मनु. गजलमाला
-हजज मुरब्बा मकबुज
कतै छ मस्त जिन्दगी
कतै छ त्रस्त जिन्दगी – सुरेश सुवेदी
३) बहरे हजज अस्तर
बहरे हजजकै एउटा भेद बहरे हजज अस्तर पनि नेपाली गजलकारको प्रिय बहर अर्न्तर्गत पर्दछ । फाइलातु+फैलुन्+फैलुन्+मफाइलुन् सूत्रमा आधारित यो बहरमा १२ अक्षर हुन्छन् भने छ अक्षरमा मध्यविश्राम पर्दछ ।
फाइलातु+फैलुन्+फैलुन्+मफाइलुन्
बैगुनी छ मन्मा राख्छौ अझै कति
दूर भैसक्यो ऊ डाक्छौ अझै कति- राधा कणेल
४) बहरे हजज अखरब अवतर मुसद्दस – तोटक छन्द)
हजजकै अर्को भेद बहरे हजज अखरब अवतर मुसद्दसमा पनि नेपालीगजलकारले गजल लेख्दै आएका छन् । फइलुन् -११२) रुक्नकोचारपटक आवृत्ति हुँदा यो बहर बन्छ । १२ अक्षर हुने तथा छ अक्षरमामध्यविश्राम हुने यो बहर पिङ्गल छन्द तोटकसँग मिल्छ । तोटकछन्दको सूत्र हुन्छ- स स स स ।
‘स’ गणको चारपटक आवृत्ति हुँदा तोटक छन्द बन्छ । बहरे हजज अखरब अवतर मुसद्दस – तोटक छन्द) मा लेखिएका केही सेर :
फइलुन्+फइलुन्+फइलुन्+फइलुन्
अति सुन्दर छन् व्यवहारहरू
हँसिला रसिला अनुहारहरू । – हुसैन खाँ
५) बहरे मुजारे
बहरे मुजारे पनि नेपाली गजलमा अत्यधिक प्रयोग हुने बहर अर्न्तर्गत पर्दछ । मक्कल फाइलातुन् -२२१२१२२) दुईपटक आउँदा मुजारे बहर बन्दछ । यो बहर पिङ्गल छन्द दिक्पालसँग मिल्छ । दिक्पालछन्दको सूत्र हुन्छ ः त र म ज गुगु । सात अक्षरमा मध्यविश्राम हुने१४ अक्षरको यो बहरमा लेखिएका केही सेरहरू :
आफ्नै बने पराया भन्दै भनेन कैल्यै
मान्छे चिनेर मान्छे, मान्छे बनेन कैल्यै । जय गौडेल, बहरमाला
![]()