दीपावली – दीपकराजद्वारा चलाइएको कर्तव्यको यादगार पर्व
- ब्रह्माकुमार जगदीश चन्द्र
दीपावली खुशीको पर्व हो । तपाईँहरु अनुभवी हुनुहुन्छ र जान्नुहुन्छ कि यस अवसमा के के गरिन्छ ? यो कुन समयको यादगार हो ? यसको साथ जो रीति रिवाज जुटेका छन्, उनको पछाडि के रहस्य छ ? यो स्पष्ट हुनु आवश्यक छ कि जब भित्रको दीपक जाग्दछ, सदा मनोरंजन भैरहनेछ, हमेशाको लागि खुशी रहनेछ । दुःखको नामनिशाना नै रहनेछैन । तपाईँ स्वयम् हकदार हुनुहुनेछ, अधिकारी हुनुहुनेछ त्यस स्वर्णिम युगमा जानको लागि । किन यसको नाम दिपाली हो ? किन यसलाई यसप्रकारबाट मनाइन्छ । यसको बारेमा धेरै उदाहरणहरु दिन सकिन्छ, तर यहाँ दुईतीनवटा कुरा सुनाउँदैछु । दीपावली त श्री लक्ष्मी र श्री नारायणको यादगार हो, फेरि श्री राधे र श्री कृष्णलाई किन देखाइएको होला ? तपाईँ भारतको भक्तिमार्गको परम्पराहरुलाई हेर्नुहोस् । भक्तहरु भक्ति गर्दछन् । श्रीकृष्णको पूजा गर्छन्, तर भन्छन् ‘श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव ।’ किन ? एकातर्फ श्रीकृष्ण भनिरहेका छन्, अर्कोतर्फ के भन्दैछन् ? हे नाथ नारायण । कहाँ श्रीकृष्ण ? कहाँ श्री नारायण ? कहाँ मेल छ ? के सम्बन्ध छ यिनको ? र श्री राधे किन यस मौकामा ? भारतमा यस्तो रिवाज छ कि विवाह भएपछि जब बुहारी घरमा आउँछिन्, तब छरछिमेक, वृद्धवृद्धा, उनका अभिभावकले भन्छन् कि ‘लक्ष्मी आइन् ।’ यस्तो किन भन्छन् ? एक जमाना थियो, जब विवाहपछि दुलहा र दुलही दुवैले नाम बदल्दथे । जसले रामायण पढ्नुभएको छ वा सुन्नुभएको छ, उनलाई थाहा छ कि राजा जनककी पुत्रीको नाम ‘जानकी’ थियो । स्वयम्वर पछाडि उनको नाम ‘सीता’ राखियो । नाम बदलियो । आज पनि भारतका केही प्रदेशहरुमा नगरहरुमा यस्तो रिवाज छ, जब बुहारी घरमा आउँछिन्, तब उनको नयाँ नाम दिइन्छ । के कारण होला ? मैले यो बताइरहेको थिएँ कि रिवाज चलिआएको विवाहपछि नाम बदल्ने । नाम किन बदल्छन् ? प्राचीन भारतमा जब कोही राजारानी सिँहासनमा बस्दथे, त्यस समय उनको जो टाइटिल र नाम राखिन्थ्यो, त्यस नामबाट पनि उनलाई चिनिन्थ्यो । श्री लक्ष्मी श्री नारायण बचपनमा श्री राधे श्री कृष्ण थिए । जब उनको विवाह भयो, जब सिँहासनमा बसे जब उनको राज्याभिषेक समारोह भयो, यिनको राज्यभाग मिल्यो, तब यिनको नाम श्री लक्ष्मी श्री नारायण राखियो । यसैले भक्तहरुले आज पनि भन्छन् कि ‘श्रीकृष्ण गोविन्द ….. ।’ र अर्को रिवाज पनि तपाईँले देख्नुभएको होला व्यक्तिको लागि भनिन्छ ‘हे नर, हे मनुष्य तँ यस्तो कर्म गर जसबाट तँ नारायण बन्नू । नारी तँ यस्तो कर्म गर्, तँ नारायणी वा लक्ष्मी बन्नू । भारतमा जति पनि नाम छन् ती अर्थवाचक छन् अर्थगर्भित छन् । यिनी कुनै व्यक्तिवाचक नाम (Proper Noun) होइनन् । लक्ष्मी कसलाई भनिन्छ ? जसको सामुन्ने लक्ष्य छ, त्यसलाई लक्ष्मी भनिन्छ ।
भारतमा दुई प्रकारको दीपावली मनाइन्छ एक सानो र अर्को ठूलो दीपावली । एक दिन पहिले सानो दीपावली मनाइन्छ र अर्को दिन ठूलो दीपावली मनाइन्छ । जब दीपक जलाइन्छ, सबभन्दा पहिले दीपकराजलाई जलाइन्छ । सबै दीपकहरुभन्दा एक विशेष दीपक हुन्छ, त्यो सबभन्दा ठूलो हुन्छ । त्यसलाई दीपकराज भनिन्छ । आजकाल त्यो परम्परा हट्दै गएको पाइन्छ । यहाँ जो वृद्धाहरु बस्नुभएको छ, उहाँहरुले आफ्नो बाल्यकालमा देख्नुभयो होला कि कसरी दीपावली मनाइन्थ्यो ? कसरी दीपक जलाइन्थ्यो ? त्यस समय हात्ती पनि हुन्थे र घोडसवार पनि हुन्थे । राजा पनि हुन्थे । सब सामग्री हुन्थ्यो ।
फेरि यस्तो किन भनियो होला कि ‘नर तँ यस्तो काम गर, जसबाट नारायण बनियोस् ।’ पक्का पनि जो नारायण बनेका थिए, उनी नर रुपमा थिए होला । पहिले उनी साधारण मनुष्य थिए होलान्, उनले यस्तो पुरुषार्थ गरे होलान्, जसबाट श्री नारायण पद प्राप्त गरे । त्यसैप्रकार श्रीलक्ष्मी पनि एक साधारण महिला थिइन् होला, उनले पनि श्रेष्ठ कर्म, विशेष पुरुषार्थ गरिन् होला आफ्नो जीवनमा र जसबाट श्रीलक्ष्मी बनिन्, पुजनीय बनिन् र देवी बनिन् होला । जसले दिव्य गुण धारण गर्छन्, उनलाई देवी देवता भनिन्छ । त्यसैले उनीहरुले आफ्नो जीवनमा दैवी गुण धारण गर्ने भरसक पुरुषार्थ गरे, जसको पराकाष्ठाबाट महान श्रेणी प्राप्त गरे । तपाईँले कुनै ग्रंथ वा पुराण वा प्रवचनहरुमा दीपावलीको बारेमा सुन्नुभएको होला । तिनमा दुई कुरा त जरुर पाइन्छ । केही मान्छेहरुको अनुसार श्रीलक्ष्मी र श्रीनारायणको यसै दिन स्वयम्वर भएको थियो । यसै दिनलाई तिहारको रुपमा मनाइन्छ । तिहार यसैको यादगार पर्व हो । केही मान्छेहरु भन्छन् कि यसै दिन श्रीराम अयोध्यामा आएथे, त्यसैको यादगार पर्व दीपावली हो । यही खुशीमा यस पर्व मनाइन्छ ।
रामायणका सारा नाम गुणवाचक, कर्तव्यवाचक हुन् । हेर्नुहोस्, अयोध्याको अर्थ के हो ? यस संस्कृत शब्दको अर्थ हो जहाँ युद्ध हुँदैन त्यो अयोध्या हो । पूरै रामायण तपाईँ पढ्नोस्, त्यसमा प्रयुक्त सबै नाम गुणवाचक र कर्तव्य वाचक नै छन् । यी सारा कुराहरु सम्झँदा यो नतिजा देखिन्छ कि जब सत्य युग आयो, जसमा देवीदेवताको राज्य थियो, ती देवी देवताहरु त्यत्तिकै छुमन्तरबाट बनेका होइनन् । यसो त भएन होला नि ? कसैले जादूको मन्त्र घुमाएर देवीदेवताहरु निस्किए ? भारतमा शिवमंत्रलाई ‘छु मन्त्र’ भनिन्छ । कसैले कुनै मन्त्र गरेर पनि देवता बनेका पक्कै होइनन् । पुरुषार्थ गर्नुपर्यो होला, मेहनत गर्नुपर्यो होला । तपाईँलाई थाहै छ, सत्ययुगदेखि लिएर कलियुगसम्मको इतिहास । दुःखको कुरा यो छ कि यस्तो इतिहास कतै भेटिएको छैन, कसैले लेखेको छैन, कतै पढाइँदैन । यो इतिहासको बारेमा मान्छेहरु जान्दैनन् । लडाइझगडाको घटनालाई मात्र इतिहास मानिन्छ । थोरैले कसैले जाने पनि यसलाई आद्य इतिहास (Proto history) भन्छन् भने कसैले प्रागैतिहासिक (Pre history) अवधि भन्दछन् । अलग अलग नामबाट बोलाइन्छ ।
जब देवीदेवताहरु थिए, त्यस युगलाई सत्ययुग भनिन्छ । त्यसलाई स्वर्णिम युग पनि भनिन्छ । स्वर्णिम युग तथा स्वर्णिम काल त्यसलाई भनिन्छ, जब राजाको राज्यमा शान्ति र समृद्धि हुन्छ, अमन र अमान-रक्षा भय हुन्छ, ला एण्ड अर्डर हुन्छ, जनताहरु खुशी होउन्, अपराध नहोस्, जनता स्वस्थ होउन्, खानेपिने भरपुर होस्, गरीबी नहोस् । जहाँ यस्तो स्थिति हुन्छ, त्यस्तो जमानालाई स्वर्णिम युग (Golden Age) भनिन्छ । यस्तो युग कसरी आयो होला ? अवश्य पनि केही मान्छेहरुले पुरुषार्थ गरे होलान्, तब नै युग बदलियो होला, नयाँ जमाना आयो । एउटा नयाँ युग प्रारम्भ भयो । त्यो संगमयुग हो । कलियुगको अन्त र सत्ययुगको आदिको समय । त्यस समय पुरुषार्थ गरियो । जो सत्ययुगमा श्री लक्ष्मी बनिन्, उनी त्यस समयमा सरस्वती थिइन् । सत्ययुगमा जो श्री नारायण बने, उनी प्रजापिता ब्रह्मा थिए । इतिहासको धेरै लामो कालखण्डको कुरा हो । जसलाई श्री लक्ष्मीको साधारण रुप भनिन्छ, ती सरस्वती विद्याकी देवी थिइन् । उनले विद्या प्राप्त गरेकी थिइन् । उनी पवित्र देवी थिइन् । सरस्वतीको महिमा गाइन्छ, कि तुषार धवल …. जस्ती शुद्ध र पवित्र छिन्, हाँसमा सवार छिन्, सेतो वस्त्रधारी छिन् । उनलाई कमलपुष्पमा बसाइन्छ । जब म सानो थिएँ, त्यसबेला श्री लक्ष्मीजीको, श्री सरस्वतीजीको चित्र कमलमा खडा भएको/बसेको देख्दथेँ । मलाई आश्चर्य हुन्थ्यो कि यति ठूला मान्छेहरु त्यस सानो फूलमा बस्दा त्यस फूलको हालत के होला ? हाँसमा यति ठूला मान्छे बस्दा हाँस चिच्याउँछ होला । तर आजभोलि सम्झन्छु कि यी सबै सांकेतिक हुन् । उनीहरुले पूर्वजन्ममा हंसको समान विवेकको धारण गरे, गुण धारण गरे, संसारमा रहेर पनि टाढा रहे । तब नै उनीहरु ब्रह्माबाट श्री नारायण र सरस्वतीबाट श्री लक्ष्मी बन्न पुगे ।
म संक्षेपमा बताउँछु कि दीपकराज परमात्मा जो सदा प्रदीप्त भइरहने ज्योति हुन्, अविनाशी प्रकाश हुन्, कहिले पनि ननिभ्ने तिनी सब आत्म-दीपकहरुका राजा हुन् । जब उहाँ आउनुहुन्छ, त्यस समयमा यस संसारमा अति धर्मग्लानी भइरहेको हुन्छ । ती दीपकराज सबका आत्मारुपी दीपकहरुलाई जलाउनुहुन्छ र घरघरमा दीपावली हुन्छ । स्थूल दीपकको दीपावली त सत्ययुगमा हुन्छ, तर संगमयुगमा जो हाम्रो मनको दीपक निभेको हुन्छ, आत्माको ज्योति मन्द हुन्छ, मनमा अज्ञान-अन्धकार हुन्छ, त्यो मेटिन्छ । तिनको यादमा सानो दीपावली मनाइन्छ, त्यसपछि ठूलो दीपावली मनाइन्छ ।
मैले शुरुमा बताएको थिएँ कि दीपावलीको शुभकामना । त्यो थियो यस्तो दीपावली । यो दीपावली त एक वर्षपछि आइहाल्छ । हामी हरेक वर्ष भन्छौँ कि तपाईँलाई दीपावलीको शुभकामना । यो जुन बधाइ हो एक दिनको लागि होइन । शुभ आशाहरु अनादि र अविनाशी छन् । तपाईँलाई सदा खुशी होस्, सदा हर्षित होस्, सदा स्वस्थ होस् । हामीभित्रको दीपक जलून्, मनको दिपक जलोस्, दिव्यताको दीपक जलोस् । यो त्यस्तो संगमयुग हो, जसको महत्त्व वर्णन गर्नको लागि मसंग शब्द नै छैनन् । म भारतबाट लण्डन आएको छु, यो एउटा सन्देश ल्याएर । यसलाई ध्यान नपूर्वक सुन्नुहोस् । यो साधारण सन्देश होइन । यसलाई एक कानले सुनेर अर्को कानबाट ननिकाल्नुहोला । यो कुराको तपाईँले राम्रो तरीकाबाट सम्झनुहोला कि यो संगमयुग हो । यो धेरै धेरै कल्याणकारी र भाग्यशाली युग हो (Most auspicious era in human history)। यो सत्ययुगभन्दा पहिलेको समय हो । जसरी रातको समय समाप्त हुन्छ, सूर्य उदाउनुभन्दा पहिलेको समय हो, यो त्यो समय हो । नयाँ किरणहरु जाग्ने वाला छन् । यो दृश्य तपाईँको सामुन्ने आउनेछन् ।
यस आत्माको आफ्ना पिता परमपितासंग मिल्ने सुमंगल समय हो । आत्मा र परमात्माको संगम हुने सुमधुर समय हो । यो तपाईँले ध्यानपूर्वक सुन्नुहोस् । कान खोलेर सुन्नुहोस् । यो कलियुग अन्त हुने र सत्ययुगको उदय हुने महान संधिको समय हो । हामीले जीवनमा धेरै कुराहरु सुन्छौँ र सुनेर पनि नसुनेझैँ गर्दछौँ । तर यसलाई त्यस्तो नगर्नुहोस् । म भारतबाट आएको छु, खास यही सन्देश दिनको लागि कि यो त्यस्तो संगमयुगको समय हो, दीपकराज परमात्मा हामी आत्मा दीपकहरुलाई जगाउन आउनुभएको छ, हामीसंग मिल्न आउनुभएको छ, जन्मजन्मान्तरको प्यास मेटाउन आउनुभएको छ । यसैले जगाउनुहोस् आफ्नो मनको ज्योति । यो अति अमूल्य समय हो । भनिन्छ नि गएको समय फेरि हातमा आउँदैन । यो संगमयुगको अति अमूल्य समय खेर गइरहेको छ, यसको सदुपयोग गर्नुहोस् । दिव्य गुणहरुको धारण गर्नको लागि पुरुषार्थ गरेर सत्ययुगमा देवता बन्नको लागि उपयुक्त समय हो । यसैले अभि नहीँ तो कभी नहीँ ।
(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)
![]()
Post Comment