जितबहादुर शाह
जीतबहादुर शाह शाहको जन्मथलो सल्यान भए पनि अध्ययन जागिर र राजनीतिको आरम्भ थलो रुकुम हो । मुसिकोट खलङ्गा क्याम्पसमा अध्ययनरत हुँदा कविता प्रतियोगिताहरुहरुमा सहभागी हुने गर्दथे । पश्चिम रुकुमको हालको त्रिवेणी गाउपालिकाको त्रिवेणी मावि र त्यतिबेलाको दिव्यचक्षु निमाविमा शिक्षण गर्दा विद्यालयका विभिन्न कार्यक्रमहरुमा नाटक लेख्ने, नाटकमा अभिनय गर्ने, गीत लेख्ने, गीत गाउने जस्ता साहित्यिक र साँस्कृतिक विधाहरुमा योगदान दिनुका साथै विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्ने गर्दथे । त्यतिबेला उनले रचना गरेको ‘जेठामास लैलै’, ‘त्रिवेणीमा चिसो पानी’ (गीत), त्यतिबेला बदला पत्रिकामा प्रकाशन भएको ‘रुकुमे बाजे’ भन्ने कथा, नाटकहरूमा ‘फाटेको मन र मन परेको विहान’ र ‘खस्यो खस्यो’ लगायतका कीर्तिहरु पनि चर्चामा रहेका थिए । ‘शिक्षाको दर्शनशास्त्रीय र समाजशास्त्रीय आधार’, ‘बालविकास र सिकाइ’, ‘शिक्षाको परिचय’, ‘शैक्षिक गन्तब्य’, ‘शिक्षा, सुनपानी र सपना’, ‘विद्यार्थी देवो भव’, ‘शिक्षा र सिर्जना’, ‘समय एक सन्दर्भ अनेक’ आदि उनका प्रकाशित कीर्तिहरु हुन् भने थुप्रै विचारोत्तेजक लेखहरू छापा तथा अनलाइन पत्रिकाहरूमा प्रकाशित भइरहेका छन् । लामो समयसम्म शिक्षण पेशा र त्यसपछि शिक्षा कार्यालयहरूको जिम्मेवार पदमा कार्यरत रहेकोले उनीसँग शिक्षा क्षेत्रको लामो अनुभव र विशेषज्ञता छ । पछिल्लो समयमा उनी कर्णाली प्रदेशका योजना आयोगका सदस्य भएर पनि काम गरेका छन् ।
जीतबहादुर शाह एक अनुभवी शिक्षाविद् र साहित्यकार हुनुहुन्छ। शैक्षिक र साहित्यिक क्षेत्रमा एक दर्जनजति बढी पुस्तक प्रकाशन गरिसक्नुभएको छ। शिक्षा, बालबालिका, शिक्षक र अभिभावकसँग सम्बन्धित विषयमा कथाहरू प्राथमिक छन्। ध्यानाकर्षण लघुकथासङ्ग्रह पछिल्लो पटक प्रकाशित भएको कृति हो । उनी अहोरात्र लेखन कार्यमा जुटिरहनुको साथै साहित्यिक तथा शैक्षिक कार्यक्रमहरूमा पनि जिल्ला जिल्लामा पुगिरहन्छन् ।
![]()
Post Comment