व्यक्ति विशेष

गोपालजी जङ्ग शाह

पूर्वमन्त्री गोपालजी जंग शाहको जन्म २००६ साल कातिक ९ गते रुकुमको सदरमुकाम खलंगामा भएको हो । २०२५ सालदेखि राजनीति सुरु गर्नु भएका शाह सुरुमै जेल पर्नुभयो । २०२५ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएदेखि नै पटकपटक गरी उहाँले एक वर्ष जेलमा बिताउनुभयो ।

२०२८ सालमा जेलबाट छुटेका शाह २०२९ सालमा खलंगाको प्रधानपञ्च बन्नुभयो । त्यसको ६ वर्ष नबित्दै २०३५ सालमा गोपाल रुकुमको सभापति हुनुभयो । २०३८ सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका शाह २०३९ सालमा श्रम तथा समाजकल्याण मन्त्रालयको सहायक मन्त्री बन्नुभयो ।

२०४३ सालमा राष्ट्रिय पञ्चायतमा निर्वाचित शाहले २०४८ सालको चुनावमा अहिलेका प्रतिस्पर्धी जनार्दन शर्मालाई पराजित गर्नु भएको थियो । २०५१ सालमा राप्रपालाई हराएर सांसद भएका शाह २०५२ सालमा उद्योग सहायक मन्त्री र २०५३ सालमा राज्यमन्त्री बन्नुभयो । तर २०५६ सालको चुनावमा पराजित भएका शाह २०६४ सालको चुनावमा समानुपातिक सिफारिसमा परेपनि सभाषद बन्न पाउनु भएन । २०७० सालको चुनावमा भने २२ वर्ष पहिले आफैले हराएका जनार्दन शर्मासँगै पराजित हुनुभएको थियो ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *