×

२०८२ बैशाख १ गते मङ्गलवार

२०८२ बैशाख १ गते मङ्गलवार

दुवाकोट भक्तपुर

बिहान नुहाइधुवाइ गरी चोङ्गा गणेश मन्दिरमा पुगियो ।

निशाले घ्याम्पे डाँडा जाने योजना सुनाए पनि त्यतातिर नलागी देवकुमारी ओलीकी साथी धुन्चेपाखामा बस्ने मायादेवी हमालको घरमा पुगियो ।

धुन्चेपाखाबाट फर्किएर नेवारहरूको चाड बिस्का जात्राको अवसरमा सल्लाघारीमा सञ्चालित पर्यटन मेला हेर्न पुगियो । टिकट काट्नेको मारामार भिड । भित्र छारोधूलो मात्र खाइयो । विभिन्न प्रकारका पिङजस्ता खेलकूदमा मान्छेहरू रुचि लिए पनि सामान किनमेलमा कमै रूचि देखाए । कलाकारहरुको प्रदर्शनीमा रचना रिमाल आउने कुरा भए पनि ध्वनि प्रदूषण वायु प्रदूषणले टिक्नै सकिएन । तुरुन्तै फर्कियौँ ।

भर्चुअल शुभजन्मोत्सव कार्यक्रमको सुरुवात गरियो । कमल ढकाल प्रमुख अतिथि । अन्य १४ जनाको उपस्थिति ।

भूपेन्द्रा मल्लको प्रमुख आतिथ्यतामा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमको नवौँ रचना वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न । मनलाल ओली ओम खत्री भूपेन्द्रा मल्ल मुकुन्द शर्मा गिरिप्रसाद बुढा कुबेर ओली र मैले गरी ७ जनाले कविता वाचन गर्‍यौँ । मुकुन्द प्रसाद शर्माबाट रचनाको समीक्षा गर्नुभयो ।

नयाँ वर्षको पहिलो दिनमा नयाँ संस्मरण तथा नयाँ कथा लेख्ने इच्छा भए पनि समय नपाउँदा लेख्न सकिएन ।

Loading

Post Comment

You May Have Missed