×

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप तेस्रो अध्याय

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप तेस्रो अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारुप

 

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

 

अंग्रेजी नेपाली रुपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

अध्याय – तीन

कर्मयोग

 

अर्जुन उवाच

ज्यायसी चेत्कर्मणस्ते मता बुद्धिजनार्दन ।

तत्किं कर्माणि घोरेँ मां नियोजयसि केशव ॥१॥

(अर्जुनले भने – हे जनार्दन, हजुरका विचारमा यदि सकाम कर्मभन्दा बुद्धियोग नै ठूलो हो भने मलाई यो भयंकर युद्ध कार्यमा किन लगाउनुहुन्छ ?)

 

व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव में ।

तदेकं वद निश्चित्य येन श्रेयोहमाप्नुयाम् ॥२॥

(हजुरका अनेक अर्थ लाग्ने उपदेशद्वारा मेरो बुद्धि अलमलियो, त्यसैले निश्चित गरेर एउटा मात्रै त्यही कुरा भन्नुहोस् जसले गर्दा मेरो वास्तविक हित हुन्छ ।)

 

श्रीभगवानुवाच

लोकेस्मिन्द्विविधा निष्ठा पुरा प्रोक्ता महानघः ।

ज्ञानयोगेन सांख्यानां कर्मयोगेन योगिनाम् ॥३॥

(भगवानले भन्नुभयो – हे निष्पाप अर्जुन, मैले पहिल्यै भनिसकेँ आत्मसाक्षात्कार गर्न चाहने व्यक्तिहरू दुई प्रकारका हुन्छन् । एकथरी ज्ञानीहरू हुन् जो अनुभवसिद्ध दार्शनिक चिन्तनद्वारा भगवानलाई बुझ्न खोज्दछन् भने अर्काथरी भक्तहरू हुन् जो भक्ति-सेवाद्वारा भगवानलाई जान्ने प्रयास गर्छन् ।)

 

न कर्मणामनारम्भान्नैष्कर्म्य पुरुषोश्नुते ।

न च सन्यसनादेव सिद्धिं सर्माधिगच्छति ॥४॥

(मानिसले न त कर्मबाट विमुख भएर मात्रै कर्मफलबाट मुक्ति पाउन सक्छ, न त संन्यास वा त्यागद्वारा मात्रै जीवनको पूर्णता प्राप्त गर्न सक्दछ ।)

 

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।

कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणै ॥५॥

(हरेक मानिसले प्रकृतिबाट आर्जित गुणहरूको अधीनमा रही तदनुसार कर्म गर्नैपर्छ । कुनै पनि मानिस एक क्षणका लागि पनि केही न केही कर्म नगरी रहन सक्दैन ।)

 

कर्मेन्द्रियाणि संयम्य आस्ते मनसा स्मरन् ।

इन्द्रियार्थान्विमूढात्मा मिथ्याचारः स उच्यते ॥६॥

(जसले कर्मेन्द्रियहरूलाई त अधीनमा लिएको छ तर मनले भने इन्द्रियका विषयहरूको मात्रै चिन्तन गरिरहन्छ भने त्यसलाई कपटाचार वा पाखण्डी भन्नुपर्दछ र त्यसले स्वयं आफैलाई नै धोका दिइरहेको हुन्छ ।)

 

यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेर्जुन ।

कर्मेन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते ॥७॥

(अर्कातिर मनद्वारा कर्मेन्द्रियहरूलाई नियन्त्रणमा राख्न प्रयत्न गर्ने निष्ठावान व्यक्तिले यदि अनासक्त रहेर कृष्णभावनामय कर्मयोग गर्दछ भने त्यो व्यक्ति साह्रै श्रेष्ठ मानिन्छ ।)

 

नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः ।

शरीरयत्रापि च ते न प्रसिद्धयदकर्मण ॥८॥

(तिमीले आफूलाई तोकिएको कर्म गर । कर्म नगर्नुभन्दा गर्नु उत्तम हो । कामै नगरीकन त तिमीले शरीरको पालनपोषण पनि गर्न सक्दैनौ ।)

 

यज्ञार्थात्कर्मणोन्यत्र लोकोयं कर्मबन्धन ।

तथर्थ कर्म कौन्तेय मुक्तसङ्गः समाचर ॥९॥

(विष्णुका लागि भनेर यज्ञको रुपमा कर्म गर्नुपर्छ, अन्यथा यस संसारका हरेक कर्म बन्धनका कारण बन्नपुग्छन्, त्यसैले हे कुन्तीपुत्र, विष्णुकै प्रसन्नताको लागि तोकिएको कर्म गर, त्यसो गरेमा तिमी बन्धनबाट मुक्त हुनेछौ । )

 

सहयज्ञाः प्रजाः सृष्ट्वा पुरोवाच प्रजापतिः ।

अनेन प्रविवष्यध्वमेष वोस्त्विष्टकामधुक् ॥१०॥

(सृष्टिको शुरुमा समस्त प्राणीहरूका स्वामी प्रजापति ब्रह्माले विष्णुको लागि यज्ञको सृष्टि गर्नुभयो, साथमा मानिस तथा देवताहरूको पनि सृष्टि गर्नुभयो र आशिर्वाद दिँदै भन्नुभयो – तिमीहरू यो यज्ञबाट सुखी हुनेछौ किनभने यज्ञ गर्नाले तिमीहरूले आनन्दपूर्वक बाँच्नका लागि चाहिने हरेक वस्तु पाउनेछौ र अन्तमा मुक्ति पाउनेछौ ।)

 

देवान् भावयतानेन ते देवा भावयन्तु वः ।

परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ॥११॥

(यज्ञहरूद्वारा खुशी भएका देवताहरूले तिमीहरूलाई पनि खुशी गराउनेछन् र यसरी मानिस र देवताबीचको पारस्परिक सहयोगद्वारा सबैको समुन्नति हुनेछ ।)

 

इष्टान् भोगान् हि वो देवा दास्यन्ते यज्ञभविताः ।

तैर्दत्तानप्रदायैभ्यो यो भुङ्क्ते स्तेन एव सः ॥१२॥

(जीवनका विभिन्न आवश्यकताहरू पूर्ति गर्न अधिकार पाएका देवताहरूले यज्ञद्वारा सन्तुष्ट भएर तिम्रा सबै आवश्यकताहरू पूरा गरिदिनेछन् । तर जसले देवताहरूद्वारा प्रदत्त भोग्य सामग्रीहरू उनीहरूलाई अर्पण नगरी भोग्दछ त्यो त चोरै हो ।)

 

यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्विषैः ।

भुञ्जेते ते त्वघं पापा ये पचन्त्यत्मकारणात् ॥१३॥

(भगवानका भक्तहरू आफ्नो खानेकुरा सर्वप्रथम यज्ञमा अर्पण गरेर मात्रै खान्छन् । त्यसैले तिनीहरू सबै प्रकारका पापहरूबाट मुक्त हुन्छन् तर जो आफ्ना स्वादका लागि मात्र भोजन तयार गरेर खान्छ त्यसले निश्चय नै पाप मात्र खान्छ ।)

 

अन्नाद् भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः ।

यज्ञाद्‍भवति पर्जन्यो यज्ञः करेमसमुद्भवः ॥१४॥

(सबै प्राणीहरू अन्नमा आश्रित छन्, अन्न वर्षाबाट पैदा हुन्छ, यज्ञहरू सम्पन्न गर्नाले वर्षा हुन्छ र यज्ञ निर्धारित कर्मबाट पैदा हुन्छ ।)

 

कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षरसमुद्भवं ।

तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम् ॥१५॥

(वेदमा यज्ञ आदि नियमित कर्महरूको विधान छ र वेदहरू साक्षात् भगवानबाट पैदा भएका हुन्, त्यसैले सर्वव्यापी ब्रह्म शाश्वत रुपले यज्ञकर्महरूमा नै अवस्थित छ ।%

Loading

You May Have Missed