श्रीमद्भगवद्गीता सारसंक्षेप चौधौँ अध्याय
श्रीमद्भगवद्गीता
यथारूप
कृष्णकृपामूर्ति
श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद
संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ
अंग्रेजी नेपाली रूपान्तर
नारायणप्रसाद अधिकारी ‘वादरायण’
अध्याय – चौध
प्रकृतिका तीन गुण
श्रीभगवानुवाच
परं भूयः प्रवक्ष्यामि ज्ञानानं ज्ञानमुत्तमम् ।
यज्ज्ञात्वा मुनयः सर्वे परां सिद्धिमितो गताः ॥१॥
(भगवान्ले भन्नुभयो – अब फेरि म तिमीलाई ज्ञानहरूमा श्रेष्ठ परमज्ञान बताउँछु, जसलाई जानेर सम्पूर्ण मुनिहरूले परमशान्ति प्राप्त गरे ।)
इदं ज्ञानमुपाश्रित्य मम साधर्म्यमागताः ।
सर्गेपि नोपजायन्ते प्रलये न व्यथन्ति च ॥२॥
(यो ज्ञानमा स्थिर भएर मानिसले मेरै दिव्य स्वभाव प्राप्त गर्दछ । यसरी ज्ञानमा स्थिर भएको मानिस न सृष्टि हुँदा उत्पन्न हुन्छ न त प्रलय हुँदा नै विचलित हुन्छ ।)
मम योनिर्महद्ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ॥३॥
(हे भारत, ब्रह्म नामक सम्पूर्ण भौतिक वस्तु नै जन्मको स्रोत हो र मैले त्यही ब्रह्मलाई गर्भमा स्थापित गरिदिन्छु । यसरी समस्त जीवात्माको जन्म हुन्छ ।)
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिताः ॥४॥
(हे कुन्तीपुत्र, यो भौतिक जगतमा जन्म लिएर आएका जति पनि जीवयोनिहरू छन्, ती सबैको बीजदाता पिता म नै हुँ, यो तिमीले बुझ्नुपर्छ ।)
सत्त्वं रजस्तम इति गुणाः प्रकृतिसम्भवाः ।
निबध्नन्ति महाबाहो देहे देहिनमव्ययम् ॥५॥
(हे महाबाहु अर्जुन, भौतिक प्रकृति सत्त्व, रज र तम यी तीन गुणले युक्त छ, जब जीवात्माहरू यस प्रकृतिका सम्पर्कमा आउँछन् ती गुणहरूले तिनलाई बद्ध बनाइदिन्छन् ।)
तत्र सत्त्वं निर्मलत्वात्प्रकाशकमनामयम् ।
सुखसङ्गेन बध्नाति ज्ञानसङ्गेन चानघ ॥६॥
(हे निष्पाप अर्जुन, सतोगुण अन्य गुणहरूभन्दा पवित्रतम् हुनाले, यो प्रकाशमय छ र यसले समस्त पापकर्महरूबाट मानिसलाई मुक्त गराउँछ । अनि यस गुणमा अवस्थित व्यक्ति सुख र ज्ञानभावद्वारा बद्ध हुन्छ ।)
रजो रागात्मकं विद्धि तृष्णासङ्गसमुद्भवम् ।
तन्निबध्नाति कौन्तेय कर्मसङ्गेन देहनम् ॥७॥
(हे कौन्तेय, असीम आकांक्षा तथा तृष्णाद्वारा रजोगुणको जन्म हुन्छ । यसकै कारणले देहधारी जीवात्मा सांसारिक कर्मका बन्धनमा बाँधिन्छन् ।)
तमस्त्वज्ञानजं विद्वि मोहनं सर्वदेहिनाम् ।
प्रमादालस्यनिद्राभिस्तन्निबध्नाति भारत ॥८॥
(हे भारत, अज्ञानबाट उत्पन्न तमोगुण नै जीवात्माको मोह हो । पागलपन, आलस्य र नीद यसका प्रतिफल हुन्, यिनले जीमात्मालाई बाँध्दछन् ।)
सत्त्वं सुखे सञ्जयति रजः कर्मणि भारत ।
ज्ञानमावृत्य तु तमः प्रमादे सञ्जयत्युत ॥९॥
(हे भरतपुत्र, सतोगुणले मानिसलाई सुखमा आवद्ध गरिदिन्छ, रजोगुणले सकाम कर्ममा आवद्ध गराउँछ र तमोगुणले ज्ञानलाई ढाकेर मानिसलाई पागलपनप्रति आवद्ध गराउँछ ।)
रजस्तमश्चाभिभूय सत्त्वं भवति भारत ।
रजः सत्त्वं तमश्चैव तमः सत्त्वं रजस्तथा ॥१०॥
(हे भारत, कहिले रजोगुण र तमोगुणलाई जितरेर सतोगुण प्रमुख हुन्छ, कहिले रजोगुणले सतोगुण र तमोगुणलाई पराजित गर्दछ, कहिले सतोगुण र रजोगुणलाई तमोगुणले पराजित गर्दछ । यसरी सधैँ प्रमुख बन्नका लागि गुणहरूमा प्रतिस्पर्धा भइरहन्छ ।)
सर्वद्वारेषु देहेस्मिन्प्रकाश उपजायते ।
ज्ञानं यदा तदा विद्याद्विवृद्धं सत्त्वमित्युत ॥११॥
(जब शरीरका सबै ढोकाहरू ज्ञानका प्रकाशले प्रकाशित हुन्छन्, त्यसबखत सतोगुण व्यक्त भएको अनुभव गर्न सकिन्छ ।)
लोभः प्रवृत्तिरारम्भः कर्मणामशमः स्पृहा ।
रजस्येतानि जायन्ते विवृद्धे भरतर्षभ ॥१२॥
(हे भरतवंशमा प्रमुख, रजोगुणको वृद्धि हुँदा अत्यन्त आसक्ति, सकाम कर्म, तीव्र प्रयत्न, अनियन्त्रित चाहना र लालसावृद्धिका लक्षणहरू देखा पर्दछन् ।)
अप्रकाशोप्रवृत्तिश्च प्रमादो मोह एव च ।
तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन ॥१३॥
(हे कुरुनन्दन, तमोगुणको वृद्धि हुँदा अन्धकार, जडता, उन्मत्तता र मोह जस्ता कुराहरू प्रकट हुन्छन् ।)
यदा सत्त्वे प्रवृद्धे तु प्रलयं याति देहभूत् ।
तदोत्तमविदां लोकानमलान्प्रतिपद्यते ॥१४॥
(सतोगुणी मानिस मरेपछि महर्षिहरूको पवित्र तथा उच्च लोक प्राप्त गर्छ ।)
रजसि प्रलयं गत्वा कर्मसङ्गिसु जायते ।
तथा प्रलीनस्तमसि मूढयोनिषु जायते ॥१५॥
(रजोगुणमा रहेर मर्ने मानिसले सकाम कर्मीहरूका बीचमा गएर जन्म लिन्छ भने तमोगुणमा मर्नेले पशुजगतमा जन्म पाउँछ ।)
कर्मणः सुकृतस्याहुः सात्विकं निर्मलं फलम् ।
रजसस्तु फलं दुःखमज्ञानं तमसः फलम् ॥१६॥
(पुण्यकर्मको फल शुद्ध हुन्छ र त्यसलाई सतोगुणी भनिन्छ । रजोगुणमा गरिएका कर्मको फल दुःखदायी हुन्छ र तमोगुणमा रहेर सम्पन्न गरिएका कर्मको फल मूर्खतापूर्ण हुन्छ ।)
सत्त्वात्सञ्जायते ज्ञानं रजसो लोभ एव च ।
प्रमादमोहौ तमसो भवतोज्ञानमेव च ॥१७॥
(सतोगुणबाट असली ज्ञानको विकास हुन्छ, रजोगुणबाट लोभको विकास हुन्छ र तमोगुणबाट मूर्खता, पालगपन र मोह वा भ्रमको विकास हुन्छ ।)
ऊर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसाः ।
जघन्यगुणवृत्तिस्था अधो गच्छन्ति तामसाः ॥१८॥
(सतोगुणी व्यक्तिहरू क्रमशः माथिल्ला उच्च लोकहरूमा जान्छन्, रजोगुणीहरू यसै पृथ्वीलोकमा बस्छन् र तमोगुणीहरू तलतिरका नारकीय लोकहरूमा जान्छन् ।)
नान्यं गुणेभ्यः कर्तारं यदा द्रष्टानुपश्यति ।
गुणेभ्यश्च परं वेत्ति मद्भावं सोधिगच्छति ॥१९॥
(सम्पूर्ण काम गर्ने कर्ता प्रकृतिका तीन गुणहरू बाहेक अरु कोही होइन भन्ने कुरा जसले राम्रोसँग देख्दछ, त्यसले यो सम्पूर्ण गुणहरूभन्दा पर रहेको परमेश्वरलाई जान्दछ र अन्तमा मेरै दिव्य स्वभावलाई प्राप्त गर्दछ ।)
गुणानेतानतीत्य त्रीन्देही देहसमुद्भवान् ।
जन्ममृत्युजरादुःखैर्विमुक्तोमृतमश्नुते ॥२०॥
(भौतिक शरीरसँग सम्बन्धित प्रकृतिका यी तीन गुणहरूलाई नाघ्न सक्ने मानिस जन्म, मृत्यु, बुढ्याँइ र त्यसबाट हुने कष्टबाट मुक्त हुन सक्छ र यसै जीवनमा अमृतत्त्व प्राप्त गर्न सफल हुन्छ ।)
अर्जुन उवाच
कैर्लिङ्गैस्त्रीन्गुणानेतानतीतो भवति प्रभो ।
किमाचारः कथं चैतांस्त्रीन्गुणानतिवर्तते ॥२१॥
(अर्जुनले सोधे – हे भगवान्, कुन लक्षण देखेर हामी यो मानिस तीन गुणहरूभन्दा पर छ भन्ने जान्दछौँ ? त्यस्ता व्यक्तिको व्यवहार कस्तो हुन्छ ? र प्रकृतिका गुणहरूलाई उसले कसरी पार गर्दछ ? )
श्रीभगवानुवाच
प्रकाशं च प्रवृत्तिं च मोहमेव च पाण्डव ।
न द्वेष्टि सम्प्रवृत्तानि न निवृत्तानि काङ्क्षति ॥२२॥
उदासीनवदासीनो गुणैर्यो न विचाल्यते ।
गुणा वर्तन्त इत्येवं योवतिष्ठति नेङ्गते ॥२३॥
समदुःखसुखः स्वस्थः समालोष्टाश्मकाञ्चन ।
तुल्यप्रियाप्रियो धीरस्तुल्यनिन्दात्मसंस्तुतिः ॥२४॥
मानापमानयोस्तुल्यस्तुल्यो मित्रारिपक्षयोः ।
सर्वारम्भपरित्यागी गुणातीतः स उच्चते ॥२५॥
(भगवान्ले भन्नुभयो – जसले प्रकाश, आसक्ति र मोह जस्ता कुरा उपस्थित हुँदा तिनीहरूप्रति द्वेष वा घृणा गर्दैन र फेरि यी चिजहरू लोप हुँदा यिनको चाहना पनि गर्दैन, भौतिक गुणहरूका यी सम्पूर्ण प्रतिक्रियाबाट जो अविचलित तथा निश्चल रहन्छ, केवल गुणहरू मात्रै क्रियाशील रहन्छन् भन्ने जानेर जो दिव्य र तटस्थ रहन्छ, सुख र दुःखलाई समान ठानेर जो आफैमा स्थित छ, जसले माटोको डल्लो, ढुङ्गो र सुनलाई समान दृष्टिले देख्दछ, इच्छित र अनिच्छित अवस्था उपस्थित हुँदा जो समभावमा रहन्छ, जसले शत्रु र मित्र दुवै पक्षप्रति समान व्यवहार गर्दछ, जसले सम्पूर्ण भौतिक क्रियाकलापको परित्याग गरेको छ, त्यस्तो व्यक्तिलाई प्रकृतिका गुणहरूदेखि पर रहेको मानिन्छ ।)
मां च योव्यभिचारेण भक्तियोगेन सेवते ।
स गुणान्समतीत्यैतान्ब्रह्मभूयाय कल्पते ॥२६॥
(जुनसुकै परिस्थितिमा पनि अखण्ड भावले पूर्णतया भगवद्भक्तिमा संलग्न हुने व्यक्ति भौतिक प्रकृतिका गुणहरूलाई तत्काल पार गरेर ब्रह्मको स्तरसम्म पुग्दछ ।)
ब्रह्मणो हि प्रतिष्ठाहममृतस्यव्ययस्य च ।
शाश्वतस्य च धर्मस्य सुखस्येकान्तिकस्य च ॥२७॥
(अमर, अविनाशी, शाश्वत र परमसुखको स्वाभाविक अवस्थास्वरूप निराकार ब्रह्मको आधार पनि म नै हुँ ।)
यस प्रकार श्रीमद्भगवद्गीता ग्रन्थअन्तर्गत ‘प्रकृतिका तीन गुण‘ शीर्षक चौधौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।