उखानटुक्काहरु

अच्छ्यूँ खाएँ बच्छ्यूँ खाएँ झुसे बारुलो
अघिपछि स्याहार, चोर आउने दिन विस्याहार
अनिकाले मानू, बाँडिचूडी खानू
अन्धाको सहारा लङ्गडा
अप्ठेरोमा फलेको फर्सी, न टिप्न सकिने, न माया मार्न सकिने
अब कसारको कुन गुदी कुन बोक्रो
अभागी हग्न बस्यो तीन बित्ताको काठ पस्यो
अभागीको भाइ सप्रन्छ, भाग्यमानीको छोरो सप्रन्छ
अरुको बारिको काँक्रो चोर्नी, आफ्नो भने नुनको ढिको नफोर्नी
अरूले हात्ती चढे भनेर आफूले धुरी चढ्नु हुँदैन
अर्काको बाच्छो चाटी मुखभरी रौँ
अल्छीलाई बल्छी, मर्दलाई जाल
असारमा मीत लाए हिलामा हात, मंसिरमा मीत लाए फिलामा हात
आँटी छोरीलाई बाघले नि खाँदैन
आई बूढी मच्चिंदै, गई बूढी थच्चिंदै
आकाश को राहु, पातलको केतु, एक पटक नपरी कसरी चेतु रु
आज मर्यो, भोलि ओखति
आफ्नो दिउँ त मै मरि जाउँ, अर्काको पाए तीन माना खाउँ
आयो गयो माया मोह, आएन गएन को हो को हो
ऋण लाग्दा नडराउनु, दिन लाग्दा डराउनु
एक थुकी सुकी सय थुकी नदी
कहाँ जालास् मछली मेरै ढडिया
कागलाई बेल पाक्यो, हर्ष न विस्मात्
कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ
कुमालेको चक्र घुमी फिरी त्यहीँ आउँछ
केटी हेर्नै नपर्ने, केटो बोल्नै नपर्ने
खसी जोख्‍नु सय चोटि, मान्छे जोख्‍नु एक चोटि
खसी भनम बोसो छैन, बोको भनम नसो छैन
खाउँ कर्कली, पेट फर्कली, नखाउँ कर्कली, सासू झर्कली
खाने बेलामा घिन नसम्झनु, सुत्ने बेलामा ऋण नसम्झनु
खुट्‍टा भए जुत्ता हजार
खुट्टा भए संसार हिडिन्छ
गाँस छाड्नु तर साथ नछाड्नु
घरै पिँडालु, बनै पिँडालु, ससुराली गयो बाह्र हातको पिँडालु
घिउ न तेल पका बुढी सेल
चरेस खानु तर हरेस नखानु
चिन्‍नु न जान्‍नु घचेडी माग्नु
छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी
जता काफल पाक्छ, त्यता चरी नाच्छ
जता खीर उतै भीड
जसको डम्फू उसकै ताल
जसको तरबार उसको घरबार
जसको सीता खानु, उसकै गीता गाउनु
जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि
जापानीले बेसार खाओस न स्वाद पाओस
जाहा ईक्छा, त्यहाँ उपाए
जुन थालमा खायो, त्यही थालमा हग्छ
जोई न जुँगा पोई न पोते, सातु न सोप्र्याक, केरा खाँदै सुसेल्दै
झिँगो सरापले डिँगो मर्दैन
टाढाको देउता भन्दा नजिकको भुत काम लाग्छ
ठाउँ न ठहर, बूढीको रहर
ठाउँमा लगाए गाजल, कुठाउँ मा लगाए मोसो १
डाडामा घर छ, मलाई के को डर छ
तँ आँट म पुर्‍याउँछु
ताप्के ताते पो काम हुन्छ, बिंड मात्रै तातेर के काम
तावाबाट फुत्केर भुङ्ग्रोमा
तैं रानी मै रानी, को भर्ला कुवाको पानी
दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ
दिउ आफु नाङ्गो, नदिउ इष्ट बाङ्गो
दूध दिने गाईको लात्ती पनि सहनुपर्छ
देश गुनाको भेष, कपाल गुनाको केश
धाक भन्दा धक्कु ठुलो, हिड्ने बेला खुट्टा लुलो
धोबीलाई हतार भयो भन्दैमा रातिमा घाम लाग्दैन
नङले चिमोटे हुनेलाई बन्चरो किन लगाउने
नजिकको तीर्थ हेला
नौलो छँदा नौ पुलाको गाँस, पूरानो भएपछी जगल्टाको नाश
पढ्यो गुन्यो के काम, हलो जोत्यो खायो माम
पहिलो गाँसमै ढुङ्गा
पाँच पैसाको ल्वांग छैन, दस पैसाको स्वांग
पैसा न कौडी बजार बजार दौडी
फकाई फकाई ल्याए, चिमोटी चिमोटी मारे
बलिया बाङ्गा बाघलाई , बूढाखाढा माघलाई
बाँदरको पुच्छर लौरो न हतियार
बाघ बुढो भयो भने नि शिकार गर्न छाड्दैन
बाघ समाउन गएको, खरायोले खस्र्याक्क गर्दा मुर्छा
बाच्छो खाने बाघले पाडोलाई नि बाँकी राख्दैन
बाबू भन्दा छोरो जान्ने, नाति पेटै बाट मट्याङ्ग्रा हान्ने
बिहे गर्ने अलमलमा केटी खोज्नै बिर्सियो
बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड
बोलेर बाठो र दौडेर छिटो कहिल्यै हुँदैन
भन्नै परे पछी भित्तै पुर्यएर भन्नु
भाग्यमा छ भन्दैमा डोकोमा दुध दुहेर अडिँदैन
भेंडा भेंडाको हूलमा, बाख्रा बाख्राको हूलमा
मन परेको केटो जेठाजू
मनको लड्‍डु घ्यूसँग खानु
मरेपछि डुमै राजा
मर्नै परेपछि खुट्टै तानेर मर्ने
मलाई खाने बाघले तँलाई पनि खान सक्छ
माछा देखे दुलो भित्र हात, सर्प देखे दुलो बाहिर हात
माझीको घर माछा उपहार
माझीले सल्लाह गर्दागर्दै सात गाउँ डुब्यो
मान्छे खेदाउनु अगाडीबाट बस्तु खेदाउनु पछाडीबाट
मामा आउँदा केरा पाकेन, केरा पाक्दा मामा आएनन्
मुखमा हालेको तातु पिरालु
मुस्ताङ को स्याउ, पाल्पा को च्याउ टिप्ने कसले सबैलाइ झ्याउ
यता न उता हातमा जुत्ता
युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन
रात राम्रो जुनले, मान्छे राम्रो गुनले
रातभरी रुङ्यो बूढी जिउँदै
लक्का छोरोलाई के को धक्का
लगनको बेला हगन
लानेको निधो छैन, जानेको तर्खर
ल्हासामा सुन छ, कान मेरो बुच्चै
विनाशकाले विपरीत बुद्धि
सर्पको विष, मान्छेको ईख
सिपालुले सीप लायो मुखुण्डीले मुख लायो
सियो हराएको दमाइँ जस्तो
सितैंमा पाए भट्टी रित्तै
सुनलाई खोल लाउनु पर्दैन
हराएको गाई सूर्यलाई दान
हरिप देखेर दैव डराउँछ
हलुवामा बालुवा
हलो अड्काएर गोरू चुट्नु
हातमा पुस्तक मनमा दश थोक
हार्ने गोरुको छेर्ने दाउ
हुने हार, दैव नटार

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *