२०८२ चैत्र २ गते सोमवार
दुवाकोट, भक्तपुर
आज बिहानैदेखि इन्जिनियर परिशील ओली स्मृति प्रतिष्ठानको नवीकरणको लागि कागजातहरू तयार गर्ने कार्यमा जुटेँ । सकभर आजै काम होओस् भन्ने उत्कट चाहनाले गर्दा जिल्ला प्रशासन कार्यालयले दिएको रुजु सूची बनाई कागजातहरूलाई फाइलिङ गरेँ । छाप र लेटरप्याड आफैले बोकेँ । प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी देवकुमारीलाई फोन नजिकै राख्नु कतै छुटपुट कागजातहरूमा हस्ताक्षर गर्नुपरेमा जिल्ला प्रशासनमा आउनुपर्ने हुनसक्छ भनेर हाइ एलर्टमा राखेर लागेँ जिल्ला प्रशासन कार्यालय भक्तपुरतिर ।
संस्था नवीकरणको काम कोठा नं २३ बाट हुन्छ भन्ने पूर्व जानकारी थियो । त्यस शाखामा पुगेपछि त्यहाँ रहेका कर्मचारीलाई फाइल हेरिदिन अनुरोध गरेँ । उहाँले अडिटरको दर्ता प्रमाणपत्र नवीकरण र कर चुक्ता चाहिन्छ भनेकोले अडिटर दिलमान चन्द सरलाई तुरुन्त पठाइदिन फोन गरेँ । संस्था नवीकरणको काम गर्न थालेको वर्षौँ भइसकेको हुँदा यी कागजात चाहिन्छन् भन्ने पूर्व जानकारी नै थियो तर दिलमानजीले आजसम्म मागिएका डकुमेन्ट उपलब्ध नगराए पनि आज भने जिल्ला प्रशासनमा जाँदै गर्नुहोस् म पठाइदिइहाल्छु भनेकोले म आफ्नो अफिसतिर नलागी जिल्ला प्रशासन गएको थिएँ ।
ताकेता गरेपछि दिलमानजीले आफूसँग भएका डकुमेन्ट पठाइदिनुभयो । मैले ती कागजातहरू प्रिन्ट गराई फाइलमा राखेर देखाएँ । ती कर्मचारीले डकुमेन्टहरू पुग्यो । राजस्व तिर्दै गर्नुहोस् यसको लागि अर्को कर्मचारी आउनुपर्छ । उहाँ आउनेबित्तिकै काम हुन्छ भनेकोले म एकै दिनमा काम सम्पन्न हुनेभयो भनी हर्षले गद्गद् भएँ । तर सो शाखाको अर्को कर्मचारी आउनुभएन । उहाँ अनुगमनमा जानुभएको रहेछ । काम आजै हुनेभएपछि प्रतीक्षा गर्न के गारो भयो र भनी आफ्नो मनलाई सम्झारहेँ । महावीर पुनको आत्मकथा पढेर केही समय बिताएँ । आउनुभयो कि भनी सोध्न जाँदा उहाँ आइपुग्न अझै २ घण्टा लाग्छ चिया खाएर आउनुहोस् भनियो ।
नवीकरण खर्च १७५० लाग्छ भन्ने हिसाब गरिएकोले मैले घरबाट २२५० मात्र बोकेको थिएँ । त्यो नगद सबै राजस्व तिर्नमा सकिइसकेको थियो । पानी किन्न समेत पैसा थिएन । दर्ता शाखामा रहेका कर्मचारीलाई सोधेँ अफिसमा पानी पाइन्छ कि भनेर उहाँले बाहिर हरेक होटेलमा मिनरल वाटर पाइन्छ भनी जवाफ दिनुभयो । बाहिरको पानी खान पैँसा बाँकी छैन भन्दै हिड्ने कुरा पनि भएन ।
पुरातत्त्व विभागमा सँगै काम गरेकी यमुना खनाल कला सङ्ग्रहालय भक्तपुरमा सरुवा भएर आएको सुनेको थिएँ । उहाँलाई भेट्न जान्छु भन्ने जुक्ति निकालेँ । तर कार्यालयमा पुगी सोधपुछ गर्दा उहाँ यस कार्यालयमा हाजिर हुन आउनुभएकै रहेनछ । सङ्ग्रहालयका कर्मचारीले कला सङ्ग्रहालय हेर्ने भए टिकट काट्नुस् भनी अत्याइरहेका थिए । फर्कनुभन्दा हाकिमको नाम जानकारी राख्नु उपयुक्त हुने ठानी हाकिमको नाम सोधेँ । कर्मचारीले नाम बताइदिएः जयन्ती श्रेष्ठ ।
जयन्ती श्रेष्ठ संस्कृति मन्त्रालयको पुरातत्व अधिकृत हुनुहुन्थ्यो । मन्त्रालयमा काम परेर जाँदा आक्कलझुक्कल भेट त हुन्थ्यो तर पूर्ण परिचय आदानप्रदान भएको थिएन । म सरुवा भएर हिँड्दा उहाँ बढुवा भएर पुरातत्त्वमा हाजिर हुनुभएको थियो । उहाँले मलाई चिन्ने कुनै ग्यारेन्टी थिएन । तैपनि ती कर्मचारीलाई भनिहालेँ जयन्ती म्याम त मेरो साथी हुनुहुन्छ म भेट्न सक्छु कि ।
हाकिमको साथी भनेपछि कर्मचारीले नभेटाउने कुरै थिएन । तर संशय थियो केही गरी चिन्दिनँ भनिदिनुभयो भने लाजको मर्नु हुने पक्का थियो । हाकिमको कोठामा पुग्नेबित्तिकै आफ्नो पूर्ण परिचय दिइहालेँ ।
उहाँले खुसी हुँदै तत्कालीन कुराहरू उप्काउनुभयो । आफ्नो ग्रेड बिग्रिएर २ ग्रेडबाट वञ्चित भएको गुनासो पोख्नुभयो । मैले उपायहरू बताइदिएँ । उहाँलाई प्रभावित पार्नको लागि तत्कालीन योजना प्रमुख रामबहादुर कुँवर सर र हालका पाटन सङ्ग्रहालय प्रमुख रमेशराज पौडेल सरसँग स्पिकर अन गरेर अन्तरङ्ग कुरा गरी जयन्ती म्यामलाई सुनाएँ ।
म्यामले तातो पानी खुवाउनुभयो । मिठो चिया खुवाउनुभयो र खाजा नखाई नजान कर पनि गर्नुभयो । गोजीमा पैसा नभएको बेला मलाई ठुलो राहत मिल्यो । खाजा बन्न समय लाग्नेभएकोले आफ्नो काम बताउँदै छिटो सकिएमा खाजा खान आउने विश्वास दिलाएँ ।
जिल्ला प्रशासनका सम्बन्धित कर्मचारी अझै आइपुगेका रहेनछन् । पर्खाइको क्रममा भिष्म न्यौपाने सरसँग पनि भेट भयो । उहाँ पनि दुवाकोट न्यौपाने गाउँकै भएकोले र नुवाकोट कोलेनिकाको हाकिम भइसकेकोले मणिभद्र न्यौपाने, महेश्वर न्यौपाने, उमेश ढुङ्गाना र शिशिर ढुङ्गाना सरहरूको बारेमा जानकारी लिएँ ।
यसै बेला राहदानी शाखामा एकजना चिनेचिनेकी महिलालाई देखेँ । जे त पर्ला भनी नमस्कार म्याम् भनिहालेँ । उहाँ त साँच्चिकै चिरपरिचित साथी हुनुहुँदोरहेछ पार्वती दाहाल । उहाँसँग २ वर्षसम्म निर्वाचन आयोगमा सँगै काम गरेका थियौँ । उहाँको घर दुवाकोटको गेलालगाउँमा भएकोले एउटै बसबाट आवतजावत गर्थ्यौँ । उहाँ मेरै निकटतम साथी भोला दाहालकी पत्नी हुनुहुन्थ्यो । भोला दाहाल अहिले सहसचिव भएर तराईतिर सिडियो भइसक्नुभएको रहेछ । परिशीलनको दुर्घटना हुँदा दाहाल दम्पतीले मेरो परिवारलाई सम्हाल्न ठुलो मद्दत गर्नुभएको थियो ।
उहाँले आफ्नो कोठामा बोलाएर आउनुको कारण सोध्नुभएपछि सबै मैले बताएँ । खाजा घरबाटै ल्याउनुभएको रहेछ । खाजा खान कर गर्नुभयो । मलाई के खोज्छस् काना आँखो भनेझैँ भयो ।
उहाँसँग लामो कुराकानी भएपछि उहाँले २३ नम्बर कोठामा लैजानुभयो । म त्यत्तिकै काम हुनेमा ढुक्कै थिएँ । अझ साथी पाएपछि त म काम हुनेमा सुनिश्चित भइसकेको थिएँ । तोकिएका कर्मचारी आइसकेका रहेछन् । मेरो फाइलका केस्रा केस्रा केलाएर हेरे । अनि पुरानो साधारणसभाको मिटिङको निर्णय र अडिटरको करचुक्ताको अद्यावधिक हुनुपर्ने निहुँ झिके । पार्वती दाहालले मेरो अवस्था बारेमा बताउन खोज्दा पनि उनले कान फटफट्याएनन् ।
म निराश भएर घर फर्किएँ । आज भद्र केसीलाई भेट्ने कार्यक्रम थियो तर उनको फोन नउठेकोले त्यो कार्यक्रम रद्द भयो । अबेर भइसकेकोले लेखनकुञ्जतिर जाने कुरा पनि भएन । कमल ढकाल सरले कामको जिम्मेवारी दिएर अत्याउँदै छिटो आउन फोन गर्नुभयो । मैले भोलि मात्र आउन सक्ने बताएँ ।
दिउँसो राप्ती साहित्य परिषदका सचिव ओम खत्रीसँग कार्यक्रमको बारेमा सोधपुछ गरी आन्तरिक कुरा पनि गरेँ । बेलुका भद्र केसीको भिडियो कल आयो । मनबहादुर केसी पनि जोडिए । पारिवारिक कुराहरू भए । बुधबारको दिनमा भेट्ने कुरा भयो ।
साथीभाइहरूसँग अपडेट भइसकेपछि फेसबुक हेरेँ । कमल ढकालकी पत्नी सिर्जना ढकालको जन्मदिन आजै रहेछ । कमल ढकालको पोस्टमा कमेन्ट गरेर शुभकामना दिएँ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको पनि टुङ्गो लगाइसकेछ । रुकुमेली वाङमय अधिष्ठानका अध्यक्ष भूपेन्द्रा मल्लकी बुहारी तथा विवेकशील पार्टीकी पूर्व अध्यक्ष जो वाङमय अधिष्ठानकी सदस्य पनि हुनुहुन्छ समीक्षा बास्कोटा पनि सो समानुपातिक सूचीभित्र पर्नुभएको रहेछ । उहाँलाई फेसबुक पोस्ट बनाएर शुभकामना दिएँ ।
अन्य सदस्यहरूको नामावली निम्नानुसार छः
राम लामा, राष्ट्रिय स्वतन्त्र पार्टी, खुसबु सरकार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी, मिडमा ग्याबु शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टी, बसुमाया तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी, गंगा छन्त्याल, राष्ट्रिय स्वतन्त्र पार्टी, सुम्निमा उदास, राष्ट्रिय स्वतन्त्र पार्टी, अनुष्का श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी, ओजधी शेरचन, राष्ट्रिय स्वतन्त्र पार्टी, सिर्जना श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी, रजनी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी, कुशुम महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टी, भुमिका श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमिला कुलूजु, राष्ट्रिय स्वतन्त्र पार्टी, सुजाता तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी, कृपा महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टी, एलिजा गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी, रमेश प्रसाई, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रतिभा रावल, राष्ट्रिय स्वतन्त्र पार्टी, रचना खतिवडा खत्री, राष्ट्रिय स्वतन्त्र पार्टी, लिमा अधिकारी (आचार्य), राष्ट्रिय स्वतन्त्र पार्टी, बिधुषी राणा, राष्ट्रिय स्वतन्त्र पार्टी, समीक्षा बास्कोटा, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रद्धा कुवर क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टी, टीका संग्रौला, राष्ट्रिय स्वतन्त्र पार्टी, क्रान्तिशिखा धिताल, राष्ट्रिय स्वतन्त्र पार्टी, आकृति अवस्थी, राष्ट्रिय स्वतन्त्र पार्टी, सृष्टी भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी, मञ्जु भूषाल, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रभा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी, शोभा खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी, रत्ना कुमारी थापा, राष्ट्रिय स्वतन्त्र पार्टी, ज्ञानु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रभा ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रकाश चन्द्र दर्जी, राष्ट्रिय स्वतन्त्र पार्टी, रीमा विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी, अमृता बिक, राष्ट्रिय स्वतन्त्र पार्टी, सीता बादी, राष्ट्रिय स्वतन्त्र पार्टी, स्मृति सेन्चुरी, राष्ट्रिय स्वतन्त्र पार्टी, सुष्मा स्वर्णकार (डिम्पल), राष्ट्रिय स्वतन्त्र पार्टी, तारा विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी, खिमा बिक, राष्ट्रिय स्वतन्त्र पार्टी, सुरेन्द्र चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रेमलाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी, गीता चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी, करिस्मा कठरिया, राष्ट्रिय स्वतन्त्र पार्टी, पुरुषोत्तम सुप्रभात यादव, राष्ट्रिय स्वतन्त्र पार्टी, खगेन्द्र कर्ण, राष्ट्रिय स्वतन्त्र पार्टी, पूनम कुमारी अग्रवाल, राष्ट्रिय स्वतन्त्र पार्टी, निशा मेहता, राष्ट्रिय स्वतन्त्र पार्टी, ललिता कुमारी, राष्ट्रिय स्वतन्त्र पार्टी, अंकिता ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टी, सरिता महतो, राष्ट्रिय स्वतन्त्र पार्टी, कामिनी कुमारी, राष्ट्रिय स्वतन्त्र पार्टी, सुनिता कुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी, समिना मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टी, अपसाना बानु, राष्ट्रिय स्वतन्त्र पार्टी, गजाला शमीम मिकरानी, राष्ट्रिय स्वतन्त्र पार्टी, भीष्मराज आङ्देम्बे, नेपाली कांग्रेस, मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस, गीताकुमारी सेन्दाङ, नेपाली कांग्रेस, गंगालक्ष्मी अवाल, नेपाली कांग्रेस, गीता गुरुङ, नेपाली कांग्रेस, रेनुका काउचा, नेपाली कांग्रेस, अर्जुननरसिंह केसी, नेपाली कांग्रेस, कालीबहादुर सहकारी, नेपाली कांग्रेस, सुशीला ढकाल आचार्य, नेपाली कांग्रेस, रुक्मिणी देवी कोइराला, नेपाली कांग्रेस, रीना उप्रेती, नेपाली कांग्रेस, सीता थपलिया, नेपाली कांग्रेस, प्रमिला कुमारी गच्छदार, नेपाली कांग्रेस, हरिना देवी कामी, नेपाली कांग्रेस, पवित्रा बिक, नेपाली कांग्रेस, मनमाया बिक, नेपाली कांग्रेस, चन्द्रमोहन यादव, नेपाली कांग्रेस, नीनु कुमारी कर्ण, नेपाली कांग्रेस, रेखा कुमारी यादव, नेपाली कांग्रेस, शाहजान खातुन, नेपाली कांग्रेस, भुमिका लिम्बु सुब्बा, नेपाल कम्युनिष्ट पार्टी (एमाले), गंगादेवी श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एमाले), रामबहादुर थापा मगर, नेपाल कम्युनिष्ट पार्टी (एमाले), कुलभक्त शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले), पद्मा कुमारी अर्याल, नेपाल कम्युनिष्ट पार्टी (एमाले), टुकाभद्रा हमाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले), एशुदा कुमारी बराल, नेपाल कम्युनिष्ट पार्टी (एमाले), गुरु प्रसाद बराल, नेपाल कम्युनिष्ट पार्टी (एमाले), पुष्पराज कडेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले), कृपाराम राना, नेपाल कम्युनिष्ट पार्टी (एमाले), विष्णुमाया बि.क., नेपाल कम्युनिष्ट पार्टी (एमाले), नीता घतानी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), रिगला यादव, नेपाल कम्युनिष्ट पार्टी (एमाले), यशोधा कुमारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), चन्देश्वर मण्डल, नेपाल कम्युनिष्ट पार्टी (एमाले), साजिदा खातुन सिद्धिकी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), बलावती शर्मा, नेपाली कम्युनिष्ट पार्टी, प्रमेश कुमार हमाल, नेपाली कम्युनिष्ट पार्टी, प्रेम बहादुर वयक, नेपाली कम्युनिष्ट पार्टी, भीमकुमारी बुढामगर, नेपाली कम्युनिष्ट पार्टी, परशुराम तामाङ, नेपाली कम्युनिष्ट पार्टी, पार्वती विक, नेपाली कम्युनिष्ट पार्टी, गणेश बहादुर विश्वकर्मा, नेपाली कम्युनिष्ट पार्टी, जोग कुमार बरबरिया यादव, नेपाली कम्युनिष्ट पार्टी, निराशा चौधरी (डगौरा), नेपाली कम्युनिष्ट पार्टी, सरस्वती लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी, भरत गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी, खुश्बू ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी, ताहिर अली भाट, राष्ट्रिय प्रजातन्त्र पार्टी, अम्बिका देवी संग्रौला, श्रम संस्कृति पार्टी, राधिका रम्तेल, श्रम संस्कृति पार्टी, रुबी कुमारी, श्रम संस्कृति पार्टी, पूर्ण प्रसाद लिम्बु, श्रम संस्कृति पार्टी।
![]()
Post Comment