कवितागद्य कविता

होक्काँ

नजिकैको ढिस्कोमा सिङौरी खेल्दै

अघिल्ला दुई खुट्टाले पालैपालो खोस्रिँदै आफूमुनिको जमिन

धुलाम्मे पार्दै वरिपरिको वातावरण

जुरो हल्लाउँदै पुच्छर बटार्दै

कसैलाई

हाँक दिइरहेको छ मैमत्त साँढे

 

उसका कुकृत्यदेखि त्रसित बाच्छाहरु

पाखा लागिदिन्छन् ऊदेखि

कहिले पाटामुनि पछारिन्छन्

कहिले ढिस्कोमा जीउ थापिदिन्छन्

र बित्थैमा रक्ताम्य पार्छन् आफ्नो जीउ

न चरण चर्न पाउँछन्

न पानी पिउन पाउँछन्

न अघि लाग्न पाउँछन्

न पछि पर्दैमा सुख पाउँछन्

त्यस्सै त्यस्सै झम्टिमाग्छन्

होक्काँ ! होक्काँ !

प्रतिद्वन्दी साँढेले दोहोलो नकाढेसम्म उसको

बाच्छाले पाइरहन्छन् बिनसित्तिको दुःख ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *