Free songs
Home / कविता / हार्दीक श्रद्धाञ्जली

हार्दीक श्रद्धाञ्जली

व्यर्थैमा क्षतिभो मनुष्य, धनको, निम्त्यो ठुलो आपत

पार्यो चोट कठोर, छोडि ‌कहिल्यै खाटा नबस्ने खत ।

हाहाकार गराइ, टुटाइ सपना, दुर्दिन् दशाले छली

त्याग्ने ज्यान अकाल, ती मृतकमा, हार्दीक श्रद्धाञ्जली ।।

 

खप्ने शोक महा विछोड घडिको, सम्पूर्ण आफन्तमा

धैर्य धारणको यथा बल मिलोस्, हार्दीक सम्वेदना ।

पीडादायि भविष्यको जुनसुकै, संकष्ट बाधा टरोस्

अर्को बार अकल्पनीय घटना, कैल्यै नदेख्नु परोस् ।।

 2,718 total views,  3 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top