कवितागिती शब्दगीतपद्य कविता

हराएको हीरा

हराएको हीरा मेरो, लाग्थ्यो काँ छ ? काँ छ ?

जिन्दगीको ओरालीमा भेटेँ मैले आज !

 

बेहोशीपन् आफ्नै थियो, खसालेथेँ वनमा

भेट्दिन कि कैलै पनि, लाग्थ्यो शंका मनमा

हराएथेँ पारिपट्टि, खोजिरहेँ वारी

तर्सिरहेँ, पराइले लग्ला हात पारी ।

 

कर्कलाको पातमा देखेँ, पोखरीमा देखेँ

निदरीमा देखिरन्थेँ, टाकुरीमै देखेँ

नदीभित्र देखेँ, फेरि, दर्शनढुङ्गा माझ

चम्किराथ्यो उस्तैगरी, ज्योति फिजाइ आज ।

 

देखेपछि विश्रान्ति भो, सारा मिले जस्तो

इन्द्रजीत र इन्द्रीयजीत, आँफै हुँ कि जस्तो

हीरा खोज्दा जून भेटेँ, जून खोज्दा दिन

न त सकेँ दिलमा राख्न, न त हातमा लिन ।

 

मिति २०७०।०९।१९

काठमाण्डौ ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *