प्रवचन संग्रह

सोधिएका प्रश्नहरुको लागि दिइएका उत्तरहरु  

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

प्रश्नः- ईश्वरीय पढाइमा पछि हट्नुको कारण के हो ?

उत्तरः- १. ढिलासुस्ती २. संगतदोष ३. ईश्वरीय नियमहरुको अवज्ञा ४. अर्कोलाई देख्नु  ५. समयको महत्त्व भुल्नु ६. भगवान यो भनिरहनुभएको छ – यो भुल्नु ७. कमीहरु ८. आलस्य

कुनै समयमा जुन कार्य गरिन्छ, त्यसमा असफलता भयो भने निराशा आउँछ, अनि रुचि कम हुन्छ र ढिलासुस्ती आउँछ । कुनै व्यक्तिले हामीलाई युक्तिको कुरा बताउँछ भने हामीले उसलाई सुन्दैनौँ वा सुनेपनि राम्रो मान्दैनौँ । यदि हाम्रो गल्ती हामीलाई कसैले पनि बताएन भने वा हामीले त्यसलाई ध्यान दिएनौँ भने हाम्रो उन्नति कसरी होला ?

साना ठूलासंग र ठूला सानासंग आपसमा कुनै कुरालाई लिएर रिसाइ हाल्छन् । चाहे जोसुकैको गल्ती होस् त्यसलाई मनमा राख्नै हुँदैन । कहिलकाँही कुरा जायज भए पनि त्यसलाई हामीले धेरै बेरसम्म मनमा राख्न हुँदैन । अन्यथा आफूलाई नै बिरानो लाग्दछ । यो यस्तै हुन्छ, जस्तो कि कसैलाई मूलको पानी पाइएन भने ऊ सुक्न थालिहाल्छ । उदाहरणार्थ सम्झनुहोस् कि सेवाकेन्द्रमा ब्रह्मा-भोजन राखिएको थियो, कसैलाई बोलाइयो । एक भाइ, जसले आफूलाई ठूलो पदको मान्छे ठानेका थिए, उनलाई बोलाइएन । तब उनी बिस्तारै बिस्तारै पछि हट्न थालिहाले । तसर्थ मुख्य कारण हो नाराज हुनु/रिसाउनु । यसलाई ठीक गर्नुपर्दछ । यस प्रकार उपरोक्त कारणहरु पनि हुन्, जसले ईश्वरीय पढाइबाट पछि हटाउँदै जान्छन् ।

प्रश्नः- साधनामा कुन कुन विघ्न आउँदछन् ?

उत्तरः- (अ) ज्ञान साधनामा नीँद्रा र हाइ आउनु । कसैलाई मुरली सुन्दा वा पढ्दा नीद्रा आउँछ या अगाडि पछाडिको सुन्दा सुन्दै भुल्दै जान्छ ।

(आ) योग साधनामा व्यर्थ संकल्प – यसमा सबभन्दा बढी चिज आवाज हो । बाबा भन्नुहुन्थ्यो योगमा आवाजको पनि विघ्न पर्दैन चाहे ढोल नै बजाइदेऊ, परन्तु ज्ञानमा आवाजको विघ्न पर्छ । योग साधनामा व्यर्थ संकल्पको विघ्न पर्दछ ।

(इ) धेरैलाई भारतको संस्कृतिको ज्ञान छैन भने बाबाको भावलाई बुझ्न सक्दैनन्, जसले गर्दा उनीहरुलाई रस आउँदैन । विदेशहरुमा आत्मालाई स्पिरिट भनिन्छ, परन्तु स्पिरिट र आत्मामा फरक छ । अंग्रेजीमा आत्मा शब्दको अनुवाद सेल्फ (Self) हो । तर उनीहरु सोल अनुवाद गर्दछन् र हामी पनि त्यही भन्दछौँ । शरीर ननसेल्फ हो भने स्पिरिट सेल्फ हो । बाबाको जुनसुकै पनि कुरा जुन भाषामा गरिन्छ. त्यो भाव नै व्यक्त भएन भने कसरी बुझ्छन् । यसैले बाबाले भन्नुहुन्थ्यो कि टेप सुनाऊ ।

प्रश्नः- कर्मातीत अवस्था भनेको के हो ?

उत्तरः- (अ) कर्मातीत अवस्था अर्थात कर्म गर्ने कुनै पनि संकल्प नहुनु । शरीरको कुनै बन्धन नहुनु । कर्म गर्ने साधन नहुनु । कर्म गर्ने क्षेत्र नहुनु । यस्तो कर्मातीत स्थिति परमधाममा हुन्छ । त्यहाँ कर्म गर्ने संकल्प नै हुँदैन । मूवी, टाकी भन्दा पनि अलग स्थिति हुन्छ । जस्तो प्रगाढ निद्रा हुन्छ । आत्मा जड चिज जस्तै रहिरहन्छ । परन्तु केहीले यसलाई श्रेष्ठ अवस्था मान्दैनन् किनकि यसमा न कुनै प्राप्ति हुन्छ, न कुनै खुशी हुन्छ भने के कामको ? यस शरीर छोडेपछिको स्थिति कर्मातीत स्टेज हो ।

(आ) समाजमा रहनेहरु पनि अलग अलग । सबका बीच दूरी रहन्छ । जस्तो हाम्रो लागि सब समान छन् । सब मेरा हुन् र कोही पनि मेरा होइनन् । हाम्रो दिमागमा उनीहरुको बुलबुल उठ्दैन । पदार्थ, वस्तु, व्यक्तिले आकर्षित गर्दैनन् । कर्म गर्नको लागि उक्साउँदैनन् । यस्ता व्यक्तिहरु कर्मको बन्धनबाट पर हुन्छन् । उनीहरुले सम्झन्छन् कि म त अवतरित हुँ, लोक-कल्याणार्थ यस श्रृष्टिमा आएको हुँ । म आत्मा शिवको बच्चा हुँ । उनीहरु हदबाट निक्लेर बेहदमा जान्छन् । उनीहरुले व्यक्तिको लागि गर्दैनन् । उनीहरुमा न नाम-मान-शानको इच्छा हुन्छ, न पदार्थको चस्का, न घुम्ने शोख । यस्ता व्यक्तिहरु पनि कर्मातीत अवस्था जस्ता हुन् ।

(इ) योगमा रहँदा रहँदा अभ्यास गर्दा गर्दा योगी समाधिको उच्च कोटीमा पुग्दछन् । किरण नै किरण आइरहेको हुन्छ । भएर पनि लाग्दछ कि केही भएकै छैन । लाग्दछ कि वश शरीर छुट्दै छ । यहीँ भएर पनि आत्मा परमधामको स्थितिमा हुन्छ । निराकारी यादमा हामी परमात्माको जस्तो बन्दछौँ, किनकि उहाँ कर्मातीत हुनुहुन्छ । उहाँलाई याद गर्नाले पनि कर्मातीत स्टेज हुन्छ ।

(ई) जो व्यक्तिले कर्म गर्दछ, यो मानेर गर्दछ कि गर्ने गराउने (करन-करावनहार) त शिव बाबा नै हुनुहुन्छ । म त निमित्त मात्र हुँ । यस्तो महसुस हुन्छ कि मद्वार कसैले गराइरहेको छ । आफूमा कर्तापनको भाव नहोस् कि म नै कर्ता हुँ । कर्तापनको भाव हुँदैन भने भोक्तापनको भान पनि हुँदैन । उसले भोग्न पनि भोग्दैन, अलग भइहाल्छ, साक्षी भएर देख्दछ । जस्तो यो काम मेरो शरीरबाट भैरहेको छ, कसैले मलाई गराइरहेको छ । भोग्नु पर्दा पनि यो मेरो भोगना हो – यस्तो लाग्दैन शरीरले भोगिरहेको छ, मलाई महसुस वा कष्ट केही पनि भएको छैन । यस्तो अनुभव हुनु पनि कर्मातीत अवस्था हो ।

(उ) कर्मातीतको सबभन्दा हल्का स्टेज हो विकर्मातीत बनिरहनु अर्थात कमसेकम यति शिव बाबाको याद होस् कि विकर्म हुन नपुगोस् । विकर्मातीत भएपछि मात्र कर्मातीत बन्नको लागि शुरुवात हो ।

प्रश्नः- दुःखको कारण के हो ?

उत्तरः- दुनियामा दुःखका धेरै कारणहरु छन् । जुनमा मुख्य हुन् अपमान अनुभव गर्नु । यसैको कारण धेरै जसो मान्छेहरुले जीवघात समेत गर्दछन् । इज्जत सबैलाई प्यारो लाग्छ । सानो बच्चाले पनि चाहन्छ कि कसैले मसंग कुरा गर्छ भने सम्मानपूर्वक गरोस् । कसैले पनि यस्तो अनुचित शब्द नबोलोस्, जो दिलमा बिझ्छ । यसैले धेरैजसो मान्छेहरु एक शब्द सुनेर पनि भड्किन्छन्, अपराध नै हुन जान्छ । बारबार हामीलाई त्यही शब्द याद आउँछ र बिझाउँछ, जो शब्द हाम्रो शत्रु हो । हामीलाई नोक्सान पुर्याउन चाहन्छ । त्यही शब्द कसैले बोल्दछ भने हामीलाई अपमान महसुस हुन्छ । अपमानित भएमा दुःख हुन्छ ।

प्रश्नः- हामी अझै पनि यति मीठा बनेका छैनौँ तर पनि बाबाले सँधै मुरलीमा मीठे बच्चे भनेर किन सम्बोधन गर्नुहुन्छ ?

उत्तरः- वास्तवमा हामी बच्चाहरु अहिल्यै यति प्यारा बनेका छैनौँ, तरपनि बाबाले हामीलाई मीठे बच्चे भन्नुहुन्छ, हामीलाई प्रेरणा दिनको लागि, ताकि हामीले महसुस गरेर मीठो बन्न सकौँ । पहिलेको जमानामा मान्छेहरु विवेकानन्द, दयानन्द सरस्वती, लक्ष्मी आदि नाम आफ्ना बच्चाहरुलाई राखिदिन्थे, ताकि विवेक, दया, विद्या, धन नभए पनि प्रेरणा दिन चाहन्थे कि भविष्यको लागि यस्तो बनून् । यसरी नै बाबाले हामीलाई मीठा भनी-भनीकन प्रेरणा दिनु हुन्छ ताकि हाम्रो मनबाट विकृतिहरु निस्किउन् र यस्तो सोचौँ कि बाबाले हामीलाई के आशा राख्नुभएको छ । फेरि दिनदिनै मीठै बच्चे सुनेर मीठोपन बढ्दछ ।

जस्तो कसैको छोराले चोरी गर्‍यो भने, मान्छेहरु आएर शिकायत गरे भने, उसका आमाबाले भन्छन् कि ‘हाम्रो छोरा चोर होइन, तपाईँलाई धोखा भएको हो ।’ किनकि उनीहरुले जान्छन् कि एक पटक उसलाई चोरको दाग लाग्यो भने उसलाई सुधार्न नै मुश्किल भइहाल्छ । त्यसैले त सबै बच्चाहरुको दिलबाट निक्लन्छ कि ‘बाबा हामी त यति राम्रा छैनौँ, फेरि पनि हजुरले हामीलाई यति प्रेम गर्नुहुन्छ भने हामीहरुले हजुरको आशा अवश्य पूरा गर्नेछौँ ।’

प्रश्नः- बाबा यहाँ सम्मुख नै हुनुहुन्छ परन्तु याद त्यस शान्तिधाममा गर्नको लागि भनिन्छ किन ?

उत्तरः- वास्तवमा हरेक पल निराकार स्थितिमा रहेर याद गर्ने हो भने उहाँ जहाँ भए पनि उहाँको याद त्यहाँ पुग्दछ । किनकि बाबाले भन्नुहुन्छः म जो हुँ जस्तो छु तिमी मलाई उसरी नै त्यहाँ याद गर । उहाँको वेब लेन्थ (Web Legnth) बाट उहाँको याद गर्नुपर्छ । उदाहरणार्थ कसैसंग मोबाइल फोन छ उहाँले कहीँबाट पनि फोन रिसिभ गर्न सक्नुहुन्छ, तपाईँलाई उहाँको चिन्ता गर्नुपर्ने आवश्यकता छैन तपाईँ केवल उहाँको फोन नम्बर डायल गर्नुहोस् ।

उदाहरणको लागि हामीले पुलिस अफिसरसंग कुरा गर्न चाहन्छौँ भने चाहे ऊ घरमा होस्, चाहे काममा होस्, चाहे कारमा होस्, हामी ऊसंग कुरा गर्न सक्दछौँ, केवल हामीलाई नम्बर मिलाउन जरुरत छ । यसरी नै बाबा जहाँ भए पनि हामीलाई यो चिन्ता गर्नपर्ने आवश्यकता छैन । हामीले उहाँलाई परमधाममा याद गर्नुपर्दछ । उहाँले जहाँबाट पनि हामीसंग कुरा गर्नुहुनेछ, किनकि जुन समय हामी परमधामको स्थितिमा याद गर्दछौँ, हाम्रो पनि देही-अभिमानीको स्थितिमा हुन्छौँ । त्यो यति शक्तिशाली स्थिति हुन्छ, जो हाम्रो यादको कहाँबाट कहाँ पुर्याउन सक्तछ । तसर्थ जति देहबाट अलगको स्थितिमा स्थित भइन्छ र बाबा जे हुनुहुन्छ, जस्तो हुनुहुन्छ, उसरी नै याद गरिन्छ भने हामी आफ्नो याद बाबासम्म पुर्याउन सक्दछौँ र ल्याउन पनि सक्दछौँ । जब हामी कसैद्वारा बाबाको याद पठाउँछौँ भने बाबासम्म त्यसै क्षण पुगिसक्दछ ।

प्रश्नः- भक्तिमा भावनाको भूगरे मिल्दछ यस्तो किन भनिन्छ ?

उत्तरः- भूगरा अर्थात चना सबै अनाजमा श्रेष्ठ हो । भलै अन्य व्यक्तिहरुको प्राप्तिको तुलनामा भक्तको भावनाको रिटर्नमा थोरै बढी प्राप्ति हुन्छ, परन्तु वर्सा त मिल्दैन । दालभन्दा चना फेरि पनि राम्रो हो । यसैले अहिले जति बेहदको प्राप्ति हुन्छ, उति भक्तिमा हुँदैन, परन्तु केही त प्राप्ति हुन्छ । यसैले भावनालाई भूगरे भनिन्छ ।

प्रश्नः- हामी पनि स्वधर्ममा टिक्ने कुरा गर्दछौँ र भक्तिवालाले पनि भन्दछन् कि स्वधर्ममा टिक । तब यी दुईमा के अन्तर छ ?

उत्तरः- वास्तवमा बाबाले जो स्वधर्म वा परधर्मको स्पष्टीकरण दिनुभयो, त्यसअनुसार परधर्म भनेको प्रकृतिको धर्म । प्रकृतिको धर्म अर्थात जवानी, बुढ्यौली, ब्राह्मण, क्षेत्रीय, वैश्य, शुद्र, सुत्नु, उठ्नु, खानपिन, आदि । देह-अभिमानमा आएर हामी जे काम गर्छौँ त्यसको लागि बाबाले भन्नुहुन्छ कि तिमी देहको सबै धर्म छोडेर मेरो शरणमा पर र स्वधर्म अर्थात आत्माको स्वरुपमा टिक ।

प्रश्नः- बाबा हमेशा दिव्यदृष्टिको तुलना चाबीसंग किन गर्नुहुन्छ स्विच अथवा वटनसंग किन गर्नुहुन्न ?

उत्तरः- वास्तवमा स्विच त जसले पनि दबाउन सक्छ परन्तु चाबी अरु कसैले लगाउन सक्दैन । त्यो जोसंग हुन्छ उसैले मात्र लगाउन सक्छ । त्यो त एक बाबासंग मात्र छ ।

प्रश्नः- दिव्यदृष्टिको आभास कसलाई हुन्छ ?

उत्तरः- १. जसको दिव्यीकरण भएको छ । जो सबैप्रति शुभ भावना शुभकामना राख्दछन् । जसमा  ईर्ष्या, द्वेष, हुँदैन । २. जसको मन स्पष्ट छ, कन्फ्यूजमा छैन सरल छ । ज्यादा झंझटमा छैन । ३. जसलाई आफ्नो देहसंग पनि वैराग्य छ ।

प्रश्नः- बाबा भन्नुहुन्छ नरकबाट दिललाई हटाइदेऊ तब सदा निरोगी बन्नेछौ कसरी ?

उत्तरः- दिल हटाउनु भनेको आसक्ति, मोह, ममता, लोभ, आकर्षण हटाउनु । उपरामचित्त भयौ भने सदा निरोगी बन्नेछौ । केवल यस एक जन्मको कुरा होइन । काम विकारले पतित बनाउँछ, क्रोध, लोभ आदि तनाव पैदा गर्दछ । यदि दिल हटाइएको छ भने भोजन पनि मर्यादायुक्त, योगयुक्त, युक्तियुक्त, नियमपूर्ण हुनेछ । उसको भोजन हल्का, शरीर स्वस्थ्य राख्ने खालको हुनेछ । ज्यादा मसलावाला हुनेछैन । समयानुसार हुनेछ । जस्तो गाईको अगाडि घाँस राखिदिएमा बेलुका वा साँझसम्म त खाला अन्यथा छैन, नत्र जति उसलाई भोक लाग्ला उति नै खाला । त्यसले पहिले सुँघ्छ र अनि खान्छ ।

जो शरीरबाट उपरामचित्त हुनेछन्, उनीहरुले केवल शरीरलाई चलाउने अर्थ साधनको उपयोग गर्नेछन् । रुनेछैनन्, दुःखी हुने छैनन् । सन्तुष्ट रहेमा निरोगी पनि रहनेछन् । मनमा जो उतारचढाव आउँछ, त्यसले पनि रोग उत्पन्न गर्दछ । तर जसले यस नरकबाट दिल हटाउँछन्, उनको स्थिति एकरस हुँदै जानेछ र स्वस्थ्य पनि बन्दै जानेछन् । यदि नियम मर्यादालाई तोडे अनुशासनमा रहेनन् भने रोगी हुनेछन् ।

प्रश्नः- परमात्मा नाम रुपबाट अलग हुनुहुन्न । कसरी ?

उत्तरः- परमात्माको नाम गुणवाचक र कर्तव्यवाचक हो जबकि मनुष्यको नाम संज्ञावाचक हो । उदाहरणार्थ कुनै मानिसको नाम नयनसुख हुनसक्छ र उही नै अन्धो हुनसक्छ । त्यसै प्रकार कुनै पनि वस्तुहरुको रुप परमाणुहरुसंग मिलेर बन्दछ । जब परमाणुको विखण्डन हुन्छ, रुप पनि बिग्रिन्छ । उदाहरणको लागि मैनबत्ती पग्लियो भने खतम, हात्ती मर्यो भने खतम । परन्तु परमात्मा परमाणुबाट बन्दैनन् । त्यसैले पनि विस्फोट पनि हुँदैन । उहाँ अविनाशी हुनुहुन्छ । उहाँ अति सूक्ष्म बिन्दु हुनुहुन्छ । उहाँको रुप कहिले पनि बदलिँदैन । तसर्थ उहाँको रुप अलग छ ।

वास्तवमा नाम रुपबाट अलग कुनै वस्तु पनि हुँदैन । जाडो, गर्मी, दुःख, सुख त हुन्छ, तर यिनको रुप हुँदैन । कुनै पनि चिज बनेपछि नाम राखिन्छ । परमात्माको नाम यसरी राखिएको होइन । मनुष्यको त हरेक पटक नयाँ शरीर हुन्छ र नयाँ नाम हुन्छ । परमात्माको त शरीर नै हुँदैन ।

प्रश्नः- बाबाले आफ्नो साथी बनाउनको लागि र आफ्नो सर्व सम्बन्धहरु निभाउनको लागि यति महत्त्व किन दिनुहुन्छ ? साथी बनून् कि नबनून् अथवा सम्बन्ध निभाए पनि ननिभाए पनि के फरक पर्छ ?

उत्तरः- सुख-दुःख, कलह, क्लेश अनेक प्रकारका हुन्छन् । तन, मन, धनको सुख बताइन्छ, तर सम्बन्धको सुख बताउन भूल गरिन्छ । तनको कष्ट भए पनि साथ दिने वाला राम्रो भए, सोधे, सहयोग गरे पनि आधा दुःख दूर हुन्छ । सबभन्दा ज्यादा विदेशमा एक्लोपनको दुःख हुन्छ । सबभन्दा ज्यादा वेदना वा कष्ट तब हुन्छ, जब जीवन साथी र बच्चाले साथ छोड्छन् । यसैले धेरै मान्छेहरु पैँसा बचाएर राख्दछन्, ताकि अरुले पछि पैंसा लिनको लागि भए पनि आऊन् सोधून् ।

यदि साथी साथ छ भने धन गुमे पनि उसले भन्छ, ‘तिमी किन चिन्ता गर्छौ ? तिमी मसंगै बस, म तिमीलाई रोटी बनाएर जसरी पनि खुवाउँला । पीर नगर । पैंसा त आउने जाने चिज हो । यदि साथी भएन भने त कैयौँको धन खर्च भएर जान्छ ।’ तापनि मान्छेहरु टाढा भाग्दछन् किनकि कसैलै पैँसा नमागोस् वा दिएपछि पैँसा नफर्काओस् भन्न् चिन्ता रहन्छ ।

यसैले हामी यस जन्ममा शिव बाबाका साथ सर्व सम्बन्ध निभायौँ भने जन्म जन्मान्तर कुनै न कुनै रुपमा हामीलाई साकार बाबाको साथ मिल्न सक्छ यो धेरै ठूलो कुरा हो । साथी स्वयम् गुणहरुको भण्डार भएमा अरु के चाहियो ? यसैले केही पनि गर्न सक्दैनौ, बिल्कूल केही कामको पनि छैनौ भने पनि तिमी बाबालाई साथी बनाइहाल, उहाँको विश्वासपात्र बन्यौ भने तरिहाल्नेछौ । यद मनको गहिराईबाट, सच्चा लगनबाट, दिल-ज्यानबाट बाबासंग हाम्रो प्रित छ, कुनै स्वार्थले नभई नेचुरल स्नेह छ भने हाम्रो कल्याण हुनै पर्छ । यस संगम समयमा हामीले बाबासंग सर्वसम्बन्ध जोड्यौँ भने २१ जन्म हाम्रो सुखदायी सम्बन्ध मिल्नेछ ।

प्रश्नः- हामी बाबाको याद गर्छौँ भने उहाँको गुण हामीमा सर्छ, तब बाबाले पनि हाम्रो याद गर्दा हाम्रो गुण उहाँमा सर्दैन ?

उत्तरः- हरेक व्यक्तिमा बेसिक (मूल) इच्छा हुन्छ । हामीमा यो इच्छा हुन्छ कि शिव बाबाको गुण हामीमा आओस् । यसैले जब हामी उहाँको याद गर्दछौँ भने उहाँको गुण हामीमा आउँछ । तर शिव बाबाको त प्राप्तिको इच्छा नै हुँदैन । उहाँलाई कुनै वस्तुको पनि जरुरत नै छैन । यसैले उहाँमा आत्माहरुको गुण आउँदैन । God does not accept. यी वस्तुहरु उहाँका कामका चिज नै हुँदैनन् । जस्तो कि कसैलाई मीठो चिज खान दिऊँ, उसले स्वीकार गर्दैन र भन्छ मलाई खाने नै इच्छा छैन । खाने इच्छा नभएपछि उसको पेटमा जाँदैन । त्यसरी नै यदि डाक्टरले बिरामीलाई औषधि त खुवाउँछ तर बिरामीले स्वीकार गरेन भने उसलाई वान्ता भैहाल्छ । यसैले शिव बाबाले हाम्रो गुणहरु स्वीकार नै नगरेपछि उहाँमा हाम्रो गुण कसरी सर्छ ?

प्रश्नः- परमधाममा त देवता धर्मका आत्माहरु थोरै समय मात्र रहन्छन् भने परमधामलाई कसरी घर भन्ने ? यो त कुनै व्यक्ति २-३ दिन होटेलमा अथवा धर्मशालामा रोकिए जस्तै भएन र ?

उत्तरः- वास्तवमा घर त्यसलाई भनिन्छ, जहाँ आफ्नोपन महसुस गरिन्छ । जस्तो चाह्यो सुत, बस । अफिसमा त अफिसियल भएर बस्नुपर्छ । दोस्रो, घरमा व्यक्तिले आजाद महसुस गर्छ । हल्कापन महसुस गर्छ कि यो हाम्रो घर हो, यहाँ आफ्नो मर्जीअनुसार गर्छौँ । त्यसैले भनिन्छः East or west Home is the best. घर र भवनमा पनि फरक हुन्छ । भवनमा सबै सुविधाहरु भए पनि यसलाई घर भन्न सकिन्न । त्यस्तै गेस्टहाउस, बोर्डिङ हाउस हुन्छन् । त्यहाँ आफूले बताउनुपर्छ कि कति दिन बस्ने हो । भवन त छोडेर जानुपर्छ । आउने र जाने सूचना पहिले नै दिनुपर्छ, जबकि घरमा त आउन वा जानलाई आफ्नो  मर्जी हुन्छ । तेस्रो, घर भन्नाले जहाँ सुख चैनको महसुस हुन्छ । जस्तो घोडा दिनभर घुमेर अन्तमा अस्तबल मा जान्छ र त्यहीँ उसलाई चैन मिल्छ । चौथो घर त्यसलाई भनिन्छ, जहाँ आमाबाबु, भाइबहिनी मिलिजुली रहन्छन् । घर भन्नाले Permanent Address पनि हो । बाँकी त बदलिरहन्छ । यस जन्ममा यहाँ, अर्को जन्ममा उहाँ, तर परमधाम त सबैको सदाको घर हो । परमधाममा हामी परमपिता परमात्मा र आफ्ना अन्य भाइ आत्माहरुको साथमा रहन्छौँ । त्यहाँ सदा शान्ति नै शान्ति हुन्छ ।

प्रश्नः- कुनै पनि कार्यका आधार इन्ट्रेस्ट हो समय समयमा बाबाले मुरलीहरुमा भन्नुहुन्छ कि बच्चाहरुलाई फलाना चिजको शौख हुनुपर्छ भने इन्ट्रेस्ट के हुन्छ ?

उत्तरः- भनिन्छ कि  यो धेरै इन्ट्रेस्टिङ छ, यसमा हाम्रो दिलचस्पी छ । इन्ट्रेष्ट भयो भने पुरुषार्थ हुन्छ । बाबाले हमेशा भन्नुहुन्छ कि जब कुनै जिज्ञासु आउँछ भने उसलाई प्राप्तिको टेम्पटेशन – प्रलोभन देऊ । यदि टिचरले रुचि पैदा गर्दैन भने विद्यार्थीले पनि रुचि लिँदैनन् । उदाहरणार्थ हामीले कसैलाई मधुबन जानको लागि निमन्त्रणा दियौँ भने कसैले भन्छः I am not interested.

विश्लेषण गर्दा हामी यस नतिजामा पुग्छौँ, मनुष्यको जसमा जबर्जस्त प्राप्ति हुन्छ भने त्यसमा उसको इन्ट्रेस्ट हुन्छ । भलै बाबाबाट धेरै प्राप्ति हुन्छ, फेरि पनि त्यस प्राप्ति लिन चाहँदैन, किनभने उसले सम्झन्छ कि अहिले जो प्राप्ति उसलाई आफ्नो धन्धामा भइरहेको छ त्यो ऊभन्दा धेरै छ । जस्तो एउटै दवाइ अर्को कम्पनीले पनि बनाउन शुरु गर्‍यो । उसले आफ्नो एजेन्टलाई डाक्टर वा केमिस्टकहाँ पठाउँछ र भन्छ कि यसको प्रयोग गर यो अरुभन्दा राम्रो छ । अनि सेल्समेनले कस्टमरमा इन्ट्रेष्ट पैदा गर्न सक्छ वा सक्दैन, यो उसको सेल्समेनशिप पर आधारित हुन्छ ।

राम्रो टिचर त्यो हो जसले विद्यार्थीहरुमा चारै विषयहरुः ज्ञान, योग, धारणा र सेवामा बराबर इन्ट्रेस्ट बसाउँछ । कसैले ज्ञानमा रुचि बसाउँछ, तर सेवामा बसाउँदैन । विद्यार्थीहरुलाई तीब्र पुरुषार्थ बनाउनको लागि यो जरुरी छ । रुचि निरन्तर हुनु आवश्यक छ, कहिले कम र कहिले ज्यादा होइन । वास्तवमा अवस्थाको उतारचढावको कारण इन्ट्रेस्टको उतारचढाव ल्याउँछ । राम्रो टिचरले विद्यार्थीहरुमा गहिरो इन्ट्रेस्ट पैदा गर्छ । तीब्र पुरुषार्थ तीब्र रुचि लिनेवालालाई हुन्छ । केही जिज्ञासु योगमा धेरै समय बस्दछन्, जब उनलाई प्राप्ति हुँदैन भने उनलाई रुचि कम भइहाल्छ । मन उतै जान्छ, जता रुचि हुन्छ । त्यसैले उसलाई सकारात्मक दिशामा मोड्नु आवश्यक पर्दछ । अनुभव नहुने हुनाले योगमा पुरुषार्थमा आसक्ति कम हुन जान्छ । जब एकदमै सूक्ष्मता र अन्तर्मुखताबाट यस ज्ञानको ग्रहण गरेमा मात्र रुचि पैदा हुन्छ । यसैले पहिले ज्ञान सुनौँ, धारण गरौँ, गहिराइमा जाऔँ, अन्तर्मुखी बनौँ, तब रुचि बढ्नेछ । इन्ट्रेस्टबाट रुचि प्राप्ति हुन्छ र प्राप्तिबाट रुचि बढ्छ । केही मान्छेहरु भन्छन् I have lost all interest. जब हामी उनलाई भन्दछौँ कि यो सर्वोत्कृष्ट प्राप्ति हो । यस ज्ञानको आधारबाट नै तपाईँ रिचेस्ट, हेल्दियस्ट र हेप्पियस्ट बन्नुहुनेछ र जब यो कुरा उनीहरुले सम्झन्छन्, अनि उनीहरुमा रुचि पैदा हुनेछ । यदि हामीले नै ईश्वरीय पढाइमा रुचि लिँदैनौँ भने सम्झनुहोस् कि हामी धेरै डिससर्विस गरिरहेका छौँ । किनकि अनेकौँको इन्ट्रेस्ट गिराउनको लागि निमित्त बनेका छौँ । उनीहरु पास गराउनुको सट्टा फेल गराउनेवाला बन्दछन् ।

परमात्माले बच्चाहरुलाई आफू समान बनाउनुभयो । उहाँले टिचरको सेलेक्ट गर्नुभयो ताकि उनीहरुलाई देख्दा नै परमात्माको पहिचान होस् ।

 

प्रश्नः- भनिन्छ कि योग समाधि लगाउनु पर्छ । समाधिको महिमा धेरै हुन्छ । के यस योगबाट समाधि लाग्न सक्छ ? कसैले भन्छन् हठयोग गर्नाले कैयौँ बिमारीहरु ठीक हुन सक्छन् । यस राजयोगबाट फेरि सुख, शान्ति, शक्ति, प्राप्ति हुन्छ, कसरी ?

उत्तरः- कसैले भन्छन्  अब हामी सबै बीमारीहरुबाट मुक्त भइसक्यौँ, अब त बस समाधिमा लागिहाल्छौँ । कोही मर्नेबेला समाधि बनाइन्छ । एक हो आधि अर्थात जति प्रकारका व्यसन छन्, तिनको वश भएर दुःखी हुनु । अर्को हो व्याधि । तेस्रो हो उपाधि । यी तीनवटै खराबीहरु समाप्त हुन्छन् समाधिबाट । उदाहरणार्थ आज कोही उच्च पदमा छ भने सबैले उसलाई सलाम गर्दछन् । भोलि जब कुर्सीबाट हट्छ भने उसलाई कसैले पनि सोध्दैनन्, जसबाट उसको हालत खराब हुँदै जान्छ । यसैले उपाधि शाश्वत होइन किनकि यसको अन्त दुःख हो ।

ज्ञानको हिसाबबाट समाधिको अर्थ हो मन अचल, अडोल अवस्थामा स्थित हुनु एकाग्रचित्त, लवलीन हुनु । आत्मा र परमात्माको यस्तो मेल हुनुपर्छ, जसमा तेस्रो कोही नहोस् न कुरा न व्यक्ति । दुनियालाई भुलेर आत्मालाई आफ्ना पिता परमात्माको स्वरुप मात्र याद होस् । दुनिया शून्य समाधिलाई श्रेष्ठ मान्दछन्, जसमा शरीरको कुनै पनि सुझबुझ रहँदैन । तर हाम्रो यहाँ शून्य समाधि हुँदैन । समाधि त हुन्छ र हाम्रो मन परमात्मा पिताको यादमा भाव विभोर हुन्छ, लवलीन हुन्छ । हाम्रो जड समाधि होइन, सहज समाधि हो । यसको लागि जरुरी छैन कि पलेटि मार्ने । सिधा भएर बस्ने अडिएर होइन । सहज भनेको सहज रीतिले बस्ने, परन्तु तपाईँको मन परमात्माको यादमा तल्लीन होस् । चल्दाफिर्दा, उठ्दा, बस्दा पनि सहज समाधिमा रहनुहोस् । परमात्माको मधुर यादमा मन भावविभोर र तल्लीन होस् । उनलाई त यो पनि अनुभव हुँदैन कि निरन्तर योग तथा लवमा लिन हुनु नै सहज समाधि हो । हाम्रो यस समाधिबाट दुनियाको सब कलह र क्लेश मेट्दछ ।

प्रश्नः- आफ्नो सन्तुष्टता कायम राख्नको लागि के गर्नुपर्छ ?

उत्तरः-

  • पहिले त हामी पूरा कोशिस गरौँ कि हामीलाई समयमा कसैले सहयोग देओस् कि नदेओस् हामीले उसलाई पूरा सहयोग गर्नुपर्छ । तपाईँले जति गर्नसक्नुहुन्थ्यो त्यति गर्नुभयो, तर अर्कोले तपाईँको समस्या नबुझेर भन्दै रहन्छ कि यो पनि कुनै सहयोग हो ? तापनि तपाईँ चिन्ता नगर्नुहोस् । तपाईँले सहयोग दिइसक्नुभयो, फेरि चिन्ता किन गर्नु ? तपाईँले कुनै साथीलाई सेवामा सहयोग दिनुभयो फेरि पनि तपाईँदेखि सन्तुष्ट छैन, ठूलाबडासंग तपाईँको बारम्बार शिकायत गर्दछ भने तपाईँ पनि आफ्नो कुरा धैर्यपूर्वक उनीहरुलाई स्पष्ट गर्नुहोस् । तर यस प्रकार तपाईँले पुरुषार्थ गर्नुभयो, फेरि पनि अर्को सन्तुष्ट हुँदैन भने तपाईँ सन्तुष्ट रहनुहोस् । चिन्ता नगर्नुहोस् ।
  • यसको दोस्रो पक्ष हो तपाईँ महसुस गर्नुहोस् कि अलिकति त आफूबाट पनि गल्ति भएको छ । उसको ८० प्रतिशत हुँदा तपाईँको २० प्रतिशत होला । उसले धेरै बोलेको भए तपाईँले थोरै बोल्नुभएको होला ।
  • यदि तपाईँले १०० प्रतिशत नै सहन गर्नुभएन भने अथवा ५० प्रतिशतभन्दा ज्यादा सहन गर्नुभयो भने पनि तपाईँ सन्तुष्ट हुन सक्नुहुन्न ।

यी तीनवटा कुराहरुमा जे भए पनि तपाईँ उसको चिन्ता नगर्नुहोस् । यदि ज्यादा समय सोच्दै जानुभयो भने अरु असन्तुष्टता बढ्नेछ । ज्यादा पश्चात्तापले पनि समय मात्र नष्ट गर्दछ । यो त अरु नै असन्तुष्टता नयाँ शिराबाट बन्न थाल्छ ।

तपाईँ व्यर्थ सोच्दै हुनुहुन्छ कि थाहा छैन के भयो ? कुनचाँहि माया आयो ? म यति समयसम्म त ठीक नै चलिरहेको थिएँ । यदि तपाईँले यी व्यर्थ संकल्पहरुको ब्रेक लगाइदिनुभयो भने पनि तपाईँ सन्तुष्ट हुनुहुनेछ किनकि चेन्ज त ममा नै भैरहेको छ । कमसेकम म आफ्नो गल्ती मान्दछु । र बाबा भन्नुहुन्छ फूलस्टप लगाऊ । त्यो आज्ञा त मैले पालना गरेकै छु । चर्चा गरेर वातावरण त बनाएको छैन । बिन्दु त लगाइदिएको हुँ । यत्ति गर्नुभयो भने सन्तुष्ट भइहाल्नुहुनेछ, किनकि तपाईँको भित्रभित्रै गुणवत्ता चढिरहेको छ । अनि अघि बढ्दा सफल भइहाल्नुहुनेछ । कारण जानेर निवारण गर्नुहोस् । जो तपाईँले सुन्तुष्टताको क्षेत्रमा हार खानुभएको थियो निराशा आएको थियो अब त्यसको आशामा बदल्ने तरीका आइसक्यो । यो समझमा आयो भने पनि सन्तुष्ट हुनुहुनेछ ।

अरुलाई सन्तुष्ट गर्नको लागि धेरै पटक हामीले आफ्नो जरुरी काम छोडेर पनि उसलाई मदत गर्दछौँ, तर ऊ हाम्रो मदतको तिरस्कार गर्छ । किनकि उसले यो जान्दैन । त्यसैले हामी सन्तुष्ट हुनुपर्दछ । हामी आफ्नो नम्रता र सहनशक्ति कायम राखौँ र ऊ सन्तुष्ट हुँदैन भने छोड्दिऊँ । हामी सन्तुष्ट रहनुपर्दछ ।

प्रश्नः- धोखा केलाई भनिन्छ ?

उत्तरः- मायालाई बाबाले समय समयमा भिन्न नाम दिनुहुन्छ । कहिले बाबाले भन्नुहुन्छ कि माया धोखेबाज हो ठग हो । धोखा भिन्न भिन्न प्रकारका हुन्छन् ।

  • माया त्यो हो जो होइन, यसले गरेर देखाउँछ । उदाहरणार्थ गुरुजीले भन्नुहुन्छः छोरा तिमी यस तरीकाले गर र फेरि हेर । तिमीलाई सिद्धि प्राप्त हुनेछ । आत्मा परमात्मामा लिन हुनेछ । जबकि यो हुँदैन ।
  • मायाले धेरै प्रकारका प्रलोभनहरु दिएर धोखा दिन्छ ।
  • माया भ्रमित गरेर धोखा दिन्छ । उदाहरणार्थ घरमा आएर कसैले भन्छः आफ्नो सुनको गहना चम्काउनुहोस् १० रुपैयाँमा । र उसले सुननै लुटेर लैजान्छ ।
  • यस दुनियामा सुख मृगतृष्णाको समान हो । हरिणको नाभीमा कस्तुरी हुन्छ र ऊ खोज्छ बाहिर । त्यसैगरी शान्ति हाम्रो भित्र छ र हामी बाहिर खोजिरहन्छौँ । यो पनि धोखा हो ।
  • कुनै कुरा पूरा न सम्झनु पनि धोखा हो ।
  • पुरानो संस्कार पनि समयमा उदय भएर धोखा दिन्छ
  • समयले पनि धोखा दिन्छ । जस्तो कि संकल्प आउँछ, अहिल्यै विनाश कहाँ हुन्छ ? अहिल्यै त सबै दैवी गुण कहाँ आउँछ । हामी पनि समय आएमा बनिहाल्छौँ नि । यस्तै सोचिरहन्छ । कैयौँ पटक ज्ञानी पनि मायाबाट धोखा खाइरहेका हुन्छन् ।

प्रश्नः- ज्ञानमार्गमा चल्दा चल्दा निश्चय डगमगाउने मुख्य कारण के हो ?

उत्तरः-

  • जोसंग आशा राखिएको हुन्छ, उसबाट आशा पुरा भएन भने निश्चय डगमगाउँछ । परमात्माको लागि गाइन्छ कि उहाँ दयालु हुनुहुन्छ, उहाँ कृपालु हुनुहुन्छ, परन्तु समयमा उहाँको मदतको अनुभव भएन भने निश्चय डगमगाउँछ ।
  • कोहीबाट धोखा मिले पनि निश्चय डगमगाउँछ । केही मान्छेहरु यस्तो तरीकाबाट तपाईँलाई सम्झाउँछन्, जो तपाईँले सोच्नुहुन्छ कि मैले पनि कोशिस त गरुँ । उदाहरणार्थ केहीले साक्षात्कारको इच्छा राख्दछन् । यदि ज्ञानमार्गमा उनलाई साक्षात्कार भएन भने उनी साधु सन्त अथवा रिद्धिसिद्धिकहाँ आफ्नो इच्छा पूरा गर्न गइहाल्छन्, किनकि उनको इच्छा पूरा नभएकोले उनीहरुको निश्चय डगमगाइरहन्छ ।
  • उन्नति भएन भने पनि निश्चय डगमगाउँछ । तब ज्ञान योग राम्रो लाग्दैन, मन भड्किन लाग्छ । न लौकिक न अलौकिक राम्रो लाग्छ । पहिले ईश्वरीय परिवारमा संशय आउँछ अनि बाबामा ।
  • जब पुरानो संस्कार उत्रन्छ तब पनि निश्चय डगमगाउँछ । देह-अभिमानमा आउनुको कारण विकारहरुको वश भएर फेरि पुरानो दुनियामा गइहाल्छन् ।

सामान्यतया ज्ञानमार्गमा निश्चय डगमगाउने उल्लेखित कारणहरु हुन् ।

प्रश्नः- शरणमा जानु केलाई भनिन्छ ?

उत्तरः- कुनै यस्तो कार्य वा समस्या आउँछ जो हाम्रो सीमाको बाहिर हुन्छ, त्यस समय हामी कसैको सहायता लिन्छौँ यसलाई नै शरणमा जानु भनिन्छ । हामी थाकेर हतियार राख्दछौँ वा हार मान्दछौँ । भक्तिमा पनि गीत छः मुझे अपनी शरणमा ले लो राम । पहिले हामी मायाको मुरीद थियौँ । प्रभूलाई हामीले प्रार्थना गर्‍यौँ कि हामीलाई बचाऊ । हामी ती सर्व समर्थको साथ आयौँ भने उनले रक्षा पनि गर्छन् संरक्षण पनि दिन्छन् । शरणागतिमा सुख र चैनको अनुभूति हुन्छ । उसले शरण दिने वालाको आज्ञा पालन पनि गर्नुपर्दछ । भक्तिमा त शरण लिनको लागि इष्ट देवताकहाँ कुनै न कुनै स्थूल पदार्थ-फलफूल लिएर जान्छन् । ईश्वरको शरण लिनको लागि त हामीले सर्वस्व उनैमाथि अर्पण गर्नुपर्छ । फेरि जसरी उनले चलाउँछन्, जो आज्ञा दिन्छन् त्यसैमा आज्ञाकारी बनेर चल्नुपर्छ ।

प्रश्नः- बाबा भन्नुहुन्छ कि बच्चाको शिरमा ६३ जन्मको पापको बोझ छ तर हामी यो कसरी पत्ता लगाउने कि कति बोझ उत्रियो र कति बाँकी छ ?

उत्तरः- हामी देख्छौँ कि कोही बिरामी भयो भने उसलाई वातानुकुलित कोठामा राख्दछौँ, समयमा भोजन दिन्छौँ, नर्स उसको पूरा ध्यान राख्दछिन्, छोरा बुहारीले पनि प्यारले सेवा गर्दछन् । अरु कोही बिरामी भयो भने उसको परिवारले ठीक व्यवहार गर्दैनन्, उसको सामुन्ने नै भन्दछन् आखिर कहिलेसम्म हामीले यसको ध्यान दिने ? हाम्रो आफ्नो पनि जिम्मेवारी छ । जुन कुरा सुनेर बिरामी व्यक्तिको मानसिक कष्ट हुन्छ । उदाहरणार्थ सम्झनुहोस् कि कुनै एक ठूलो नेता वा अभिनेता थियो । जब ऊ जिउँदो थियो, त्यसबेला सबै मान्छेहरुले उसको महिमा गर्दथे कि कति सफा र स्वच्छ मान्छे हो भनेर, जब ऊ अकाल मृत्यूको वशमा गयो वा उसको मृत्यू नराम्रो तरीकाले भयो भने तिनै मान्छेहरुले उसको निन्दा गर्न लागे । भने कि हेर उसको अन्त कति दर्दनाक भयो, मानौँ उसले धेरै कडा पाप गर्‍यो । यो पनि हिसाब किताब हो । तनको हिसाबकिताब त सबैको सामुन्ने हुन्छ, कसैको केही समय अगाडि, कसैको पछाडि । यदि तनको कष्ट भएर पनि मन ठीक छ भने धेरै राम्रो कुरा हो । मान्छेहरुले तपाईँको निन्दा गरिरहेका हुन्छन्, फेरि पनि तपाईँ आफ्नै मस्तीमा हुनुहुन्छ भने खुशीमा हुनुहुन्छ, एकरस स्थितिमा हुनुहुन्छ भने सम्झनुहोस् तपाईँको बोझ उत्रिरहेको छ ।

अर्कोतर्फ केही यस्ता हुन्छन्, जो सुखमा पनि सुख महसुस गर्दैनन् । कसैलाई खुशी भएको पनि देख्न सक्दैनन् । उदाहरणार्थ बाबुले उसलाई रु २००० मात्र दिए र उसकी बहिनीलाई ५००० दिए भने यो सोचीसोचीकन दुःखित पनि हुन्छ र बहिनीप्रति पनि ईर्ष्या गर्न थाल्दछ । उसको ठाउँमा कुनै समझदार व्यक्ति भएमा अवसर मिल्ने वालालाई मदत गर्न थाल्छ । कोही कुनै पनि कुरामा राजी हुँदैनन् । भगवानको बनेर पनि मनको सुख हुँदैन । उहाँले दुःखलाई पनि सुखमा बदल्नुहुन्छ । भगवानले भन्नुहुन्छः म वर्सा दिन आएको छु, चान्स लेऊ । तर उसले भन्छ, म जस्तो छु त्यस्तै ठीक छु मलाई कुनै चान्स चाहिँदैन ।

उसले फूल हुँदा पनि काँडा नै लिन्छ । यस्ता व्यक्तिहरुलाई सम्झनुपर्‍यो कि यिनीहरुले एकदमै विकर्म गरेका छन् । कुनै मान्छे हरेक परिस्थितिमा खुशी रहन्छन्, चाहे चोरी होस् कुनै नोक्सान । तापनि भन्छ केही छैन । तसर्थ कर्मले नाप्न सकिन्छ । यदि त्यो व्यक्तिको संकल्प र कर्म नेगेटिभ भयो भने सम्झनुहोस् कि बोझ ज्यादा छ ।

जेसुकै होस् हामीले त यो सोच्नुपर्छ कि हाम्रो के गयो ? हामी किन रोयौँ ? देशको आजादीको लागि के के भएन ? जालियावाला बागमा के के भएन ? यहाँ त हामी केही नगरेर नै स्वर्गको राज्यभाग पाउन चाहन्छौँ । यसैले सदा खुशी रहनू । खुशीको संस्कार नभएमा हामी स्वर्गमा जान सक्दैनौँ । बोझ उतार्ने तरीका हो चाहे कसैले पनि हाम्रो नराम्रो गर्‍यो भने पनि हामीले उसलाई पोजिटिभ सोचौँ । उल्टो बिचार आउला तर हामी मेहनत गरेर पोजिटिभ सोचौँ कि यसको भलो होस् ।

प्रश्नः- दुःखको मूल कारण के हो ?

उत्तरः- दुःखको मूल कारण एउटै शब्दमा भन्ने हो भने भूल्नु अर्थात विस्मृति हो । उदाहरणार्थ यात्रा गर्नुछ, तर टिकट कतै राखेर भुल्यो । कुरा भन्नुछ, तर याद नै आउँदैन । बाबाको याद गर्न बसेका छौँ, तर गर्दा गर्दै उहाँलाई पनि भुल्नू ।

माया पनि त्यसबेला आउँछ, जब याद भुल्न पुगिन्छ । भूलले नै समस्या पैदा हुन्छ । सबै दुःखको मूल समस्या भुल्नु हो । ज्ञान याद आएन भने ब्यर्थ कुरा याद आइरहन्छ र लिकेज (शक्ति व्यर्थ रुपबाट बहनु) हुन्छ, किनकि कुन समय कोसंग के कुरा गर्ने त्यो भुलिहालिन्छ । भुल्ने वाला एकदमै दुःखी हुन्छ । तर जो जति सम्पूर्णताको नजिक आउँदै गर्छ, उसले आवश्यक कुराहरु भुल्दैन र व्यर्थको कुरा भुल्दै जानेछ र ऊ अभूल हुनेछ । कहिलेकाहीँ कुनै व्यक्ति हात जोडेर माफी माग्दछ कि, ‘के गरुँ भूल भैहाल्यो । मान्छेले भन्छन्, ‘तँ सँधै यस्तै भन्छस् । अनि उसले भन्छ के गरुँ ? भुलिहाल्छु ।’ वास्तवमा माया हाम्रो निर्णय शक्ति र स्मरण शक्तिको नष्ट गर्दछ र हामी भनिदिन्छौः थाहा छैन त्यस समय के भयो, जुन बखतमा नै कुरा याद नै आएन । तर जति हामी मायाबाट निक्लँदै जान्छौँ, उति उति भुल्न बन्द भैहाल्छ, स्मृतिमा स्थित भइहाल्छौँ । स्मृति नै समर्थी हो भने बिस्मृति नै असमर्थी हो ।

हामी अभूल कसरी बन्ने ? बाबाको स्मृतिमा कसरी रहने ? हामी मर्यादा नियमको उल्लंघन गर्ने जुन भूल गर्दछौँ, त्यसको लागि के गर्ने ? भूल रिपिट नहोस् यसको लागि के गर्ने ? अभूल जबसम्म बन्छौँ, बनौँ परन्तु पटक पटक जो भूल हुन्छ, त्यो बानीबाट छुट्नको लागि के गर्ने ? किनकि यस्ता व्यक्तिहरुको अर्को माथि खराब प्रभाव पर्दछ । मनोवैज्ञानिकहरुको भनाइ छ Man is liable to error. अर्थात मनुष्य भुलेर बस्छ । तर त्यसको मात्रा ज्यादा भयो भने के गर्ने ? पटक पटक गल्ती गरिरहेपछि के गर्ने ?

जिम्मेवार व्यक्तिबाट कम भूल हुन्छ, किनकि उसले सोच्छ कि यदि नोक्सान भयो भने सबले के भन्लान् ? प्रभूको यज्ञबाट नोक्सान भयो भने म कति पापको भागिदार बनूँला । ऊ आफ्नो पूरा ध्यानबाट र जिम्मेवारीबाट काम गर्छ । उसले सम्झन्छ कि जुनसुकै चुनौती आए पनि मलाई स्वीकार छ ।

बाबाले भन्नुहुन्छ कि यो संगमयुगको समय हो । कल्प-कल्पको पार्ट र पोजिशन अहिलेको पुरुषार्थमा निर्भर गर्छ । एक भूल भयो भने सारा पार्ट खराब हुन्छ । यति जिम्मेवारीसाथ आफ्नो जीवन बिताउनुहोस् कि आफ्नो पार्ट निभाइयोस् । यो नसोच्नू कि को छ र भुलै नगर्ने त ? बाबाले भन्नुहुन्छ कि तपाईँले सन्तुष्टताको सर्टिफिकेट लिनुछ । यदि तपाईँले ध्यान दिनुभएन भने तपाईँ जुन मर्जी बोल्नुहुन्छ, जस्तो मर्जी पार्ट निभाउनुहुन्छ, यसको अर्थ हुन्छ कि तपाईँ आफ्नो पार्ट खराब गर्न चाहनुहुन्छ । जिम्मेवारीको बोध होइन, ज्ञानको गहिराइमा जानुभएको छैन र योगमा अनुभव गर्नुभएकै छैन ।

प्रश्नः- आफ्नो निजी संस्कार एमर्ज कसरी गर्ने ?

उत्तरः- पुरानो संस्कारले आफ्नो काम गर्दै जान्छ । यदि तपाईँको कसैसंग घृणा छ भने उसलाई देख्ने बित्तिकै तपाईँले मुख मोड्नुहुन्छ । तर बाबा त सदा स्नेहको सागर हुनुहुन्छ । उहाँले कहिले पनि भन्नुहुँदैन कि मैले तिमीलाई २० पटक भनिसकेँ, तापनि तिमी बदलिएनौ । हाम्रो सोच र बाबाको सोचमा कति फरक छ ! यदि तपाईँले कुनै व्यक्ति वा वस्तुलाई देख्न चाहनुहुन्न भने आँखा बन्द गर्न सक्नुहुन्छ । तर तपाईँले मनको आँखा त बन्द गर्न सक्नुहुन्न । अहिले उसले तपाईँमाथि नियन्त्रण गरिरहेको छ भने तपाईँले उसलाई कसरी नियन्त्रण गर्न सक्नुहोला ? आफ्ना वास्तविक/निजी संस्कारहरुको विकसित गर्ने विधि के हो ?

तपाईँको मनले भन्ला यो राम्रो मान्छे होइन । तर तपाईँले आफ्नो मनलाई भन्नुहोस् – मेरो निजी संस्कार त प्रेमको हो । घृणा राम्रो होइन । यदि उसले मेरो अपमान गरिरहेको छ भने  र मैले उसलाई घृणा गरिरहेको छु भने हामी दुवैले नियम तोडिरहेका छौँ । यसैले बनावटी रुपमै सही आफ्नो निजी संस्कारको उपयोग गरेर भन्नुहोस्, ‘हेलो कस्तो छ ? तपाईँको मनले तपाईँलाई रोक्ला तर पनि भनिदिनुहोस्, चाहे तपाईँको मनले शुरुमा भारी महसुस गर्ला । तपाईँ बोल्न चाहनुहुन्न भने पनि बोल्नुहोस् । त्यस प्रेमको इमर्ज गर्नुहोस् । चाहे तपाईँले यसो गर्नको लागि आफ्नो मनलाई मार्नु परे पनि, निजी संस्कार इमर्ज गर्नुहोस् । उसले तपाईँलाई राम्रो रेस्पोन्स नगर्ला । तर पनि तपाईँ स्नेहसूचक शब्दहरुको प्रयोग गर्न छोड्नुभएन भने सम्बन्ध सुध्रिनेछ र तपाईँको छातीबाट बोझ उत्रने छ । शुरुमा तपाईँ तनाव वा हीनभाव महसुस गर्नुहोला । बिस्तारै बिस्तारै तपाईँ यस तनाव तथा हीनभाव रुपी पत्थरलाई उतारेर फ्याँक्न सक्नुहुनेछ । हुन सक्छ, यसमा केही समय लाग्ला, किनकि यदि तपाईँले पानीबाट कुनै वस्तु निकाल्न खोज्नुभयो भने बिस्तारै बिस्तारै उठाउनु पर्दछ । अनि तपाईँको निजी संस्कार एमर्ज भैहाल्छ ।

उदाहरणार्थ मभित्र भयको संस्कार छ, मलाई थाहा छैन के हुनेछ ? यसैले म त्यो काम गर्न चाहँदैन । तर म थोरै हिम्मतले एक कदम उठाएँ भने मलाई सफलता मिल्दछ र फेरि त्यो उत्साह उमंगसाथ म अगाडि बढ्दछु । जब मलाई यो महसुस हुन्छ कि म सुरक्षित छु, म अझै अगाडि बढ्छु । जस्तो मलाई अँध्यारोमा कतै जानुछ र ममा हिम्मत छ भने जान्दछु कि यहाँ कुन कुन वस्तु छ ? र बाटो कस्तो छ ? यदि म हात बाँधेर बसेँ भने म बसि नै रहनेछु । गर्नुभन्दा पहिले त मलाई पनि थाहा थिएन कि कसरी गर्ने ? भन्ने कुरा, तर गरेपछि थाहा भइहाल्यो । जस्तो कुनै Recipe पढेर तपाईँ कुनै नयाँ खाने कुरा बनाउन सक्नुहुन्छ । चाहे पहिलो पटक त्यो मीठो नहोला, अर्को पटक त जरुर मीठो हुनेछ । जब हामी साना बच्चा थियौँ, कसरी सर्दथ्यौँ ? अहिले त दौडन पनि सक्दछौँ । अतः अभ्यासबाट नै हामी सिक्दछौँ । त्यो कला तपाईँको भित्र थियो र अभ्यास गरेपछि बाहिर निस्कियो ।

प्रश्नः- बाबा नै हाम्रो संसार हुनुहुन्छ कसरी ?

उत्तरः- त्यसो त बाबा कुनै संसार हुनुहुन्न । उहाँ त एक परम शक्ति हुनुहुन्छ । हामीलाई थाहा छ कि तीन लोक छन् र बाबा परलोकमा रहनुहुन्छ । यदि बाबा संसार हुनुहुन्थ्यो भने यहाँ अर्को एउटा संसार हुनेभयो । वास्तवमा संसारमा तीन चिजहरु हुन्छन् व्यक्ति, वस्तु र घटना । व्यक्तिमा परिवारका सर्ब सम्बन्धीहरु आउँदछन् । उदाहरणार्थ आमाबाबु, भाइबहिनी, लोग्नेस्वास्नी, शिक्षकसद्गुरु । बाबा त हामी बच्चाहरुका सर्व सम्बन्धी नै हुनुहुन्छ । वस्तु अन्तर्गत आउँछन् सुखमय जीवन जिउनको लागि साधन । बाबाको बनेपछि हामीलाई सुख शान्तिको लागि कुनै कमी हुँदैन । घटना अन्तर्गत आउँछन् आफ्ना नातेदारहरुसंग मिलजुल गर्नु, मोज मनाउनु । हामी आत्माहरु यस संगमयुगमा सर्वसम्बन्धी, परमसम्बन्धी बाबासंग खान्छौँ, खेल्छौँ, घुम्छौँ, हाँस्छौँ र मन बहलाउँछौँ ।

यस प्रकार हाम्रो सर्वसम्बन्ध बाबासंग हुन्छ । जुन वस्तु हामी प्रयोग गर्दछौँ खाने, लगाउने आदिको यी उहाँद्वारा नै दिइएका हुन् । उहाँ हाम्रो पालनकर्ता हुनुहुन्छ । फेरि उहाँले जे सुनाउनुहुन्छ, त्यो हामी सुन्छौँ । त्यो सेवा जो हामीबाट चाहनुहुन्छ, त्यही हामी गर्दछौँ । उहाँले जे चाहनुहुन्छ, त्यही घटना घट्दछ । जहाँ बसाउनुहुन्छ, जे गराउनुहुन्छ, त्यही नै हुन्छ । उहाँ हाम्रो हुनुहुन्छ, हामी उहाँका हौँ । उहाँलाई पाएर हामीले सबथोक पाइसक्यौँ । यसैले श्रीकृष्णको मुखभित्र दुनियाँ देखाइन्छ । बाबा नै मेरो संसारको अर्थ यो पनि हो कि मेरो संस्कार बाबाको समान हुँदैछ ।

प्रश्नः- बाबा भन्नुहुन्छ प्यार एक ममाथि नै राख्यौ भने उच्च पद मिल्नेछ । यसको भाव के हो ?

उत्तरः- यदि कुनै साना बच्चाले उट्पट्याइँ गर्छ भने पनि सबैले उसलाई मायाँ गर्छन् । के हामीले प्यार नगर्ने ? यदि हामीले उसलाई प्यार गरेनौँ भने मान्छेहरुले सोच्छन् कि यो व्यक्ति कति कठोर छ । त हामीले के गर्ने  ? यदि हामीले मित्र सम्बन्धीहरुलाई प्रेम गरेनौँ भने हामीले उनीहरुको सेवा पनि गर्न सक्दैनौँ र उनीहरुसंग शुभभावना पनि राख्न सक्दैनौँ । यदि हामीले प्रेम गर्दछौँ भने फस्न पुग्दछौँ । भने आखिर के गर्ने ? प्रेम गर्ने कि नगर्ने ? यदि हामीले प्रेम देखाएनौँ भने मान्छेहरुले सम्झन्छन् कि यो त घर छोडेर भाग्ने वाला छ, या फेरि भन्नेछन् भगवानको बनेर पनि के यसले प्रेम गर्न नै सिकेन ? दुनियाका केही मान्छेहरुको यो पनि मान्यता छ कि ‘खुदा के बन्दोँ से प्यार करना ही खुदा से प्यार करना है ।’ परन्तु बाबाले त भन्नुहुन्छ कि कुनै पनि देहधारीसंग प्रेम नगर ।

यसको भाव यो हो कि देहधारीहरुसंग प्रेम नगर, किनकि देहधारीसंग प्रेम देहको सम्बन्धलाई ध्यान दिएर गरिन्छ, जसबाट विकर्म बन्दछ । अर्थात स्वयमको र उनीहरुको देह सम्झेर अर्थात देहको सम्बन्धबाट प्रेम नगर । यदि देह-सम्बन्धबाट उनीहरुलाई प्रेम गरिन्छ भने हामी उनीबाट रिटर्नको केही आकांक्षा पनि राख्दछौँ । उदाहरणार्थ बाबुले आफूलाई बाबु सम्झेर पुत्रलाई प्रेम गर्दछ भने यदि पुत्रले पछि त्यसको रिटर्न दिएन भने बाबुलाई दुःख लाग्छ । यी मेरा पुत्र-पुत्री हुन् यो सम्झेर प्रेम गर्नु दुःखी बन्नु हो । यदि हामी सबलाई बाबाका बच्चा सम्झिएर प्रेम गर्दछौँ भने त्यो गुण हो र यस दृष्टिबाट हामीले रिटर्नको लागि कुनै आकांक्षा हुँदैन । यदि उसले रिटर्न दिन्छ भने उसलाई धन्यवाद् र यदि दिँदैन भने उसको पार्ट नै यस्तै छ । किनकि मैले उसलाई मेरो पर्सनल चिज नदिएर प्रभूको देन पो दिएको हुँ ।

दोस्रो, यदि हामी देह-सम्बन्धी सम्झिएर प्रेम गर्दछौँ भने आज त उनीहरुसंग प्रेम होला, भोलि घृणा पनि हुन सक्दछ । तेस्रो कुरा, बाबाले भन्नुहुन्छ कि एक ममाथि नै प्रेम गर, किनकि अब हाम्रो प्रेम बाँडिइ सकेको छ, अशुद्ध भैसकेको छ । जब तपाईँले एउटासंग मात्र प्रेम गर्नुहुन्छ भने तपाईँको अवस्था विदेह हुनेछ, अनि तपाईँको प्रेम स्वतः उसका बच्चाहरुसंग पनि हुनेछ । उहाँकै बच्चा सम्झेर प्रेम गर्नुहुनेछ, आत्मा सम्झिएर प्रेम गरेमा प्रेम पनि शुद्ध हुनेछ । आजसम्म देहधारीहरुसंगको प्रेमले कसैलाई पनि मुक्ति र जीवन मुक्ति मिलेको छैन । मुक्ति-जीवनमुक्तिदाता सिर्फ एक निराकार परमात्मा शिव परमात्मा नै हुनुहुन्छ ।

 

 

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *