प्रवचन संग्रह

सुस्ती के हो यसलाई कसरी मेटाउने ?

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

  • के थकावटको सुस्तीसंग सम्बन्ध छ ? सुस्ती तनको हो या मनको ? शरीर दुख्छ, चक्कर आउँछ के यसमा स्वास्थ्यको कारण छ या अरु कुनै ?
  • केही मान्छेहरु एक दुई कार्य गरेपछि भन्छन् कि अब मबाट अरु काम हुँदैन, कुनै अरुलाई बताऊ कि उनमा ताकत होस् ?
  • कुनै पनि सहयोग नदिनु – के यो उनको सुस्ती हो ? या दिव्य गुणको कमी ? किनकि ईर्ष्या हुन्छ कि यदि मैले यसलाई सहयोग दिएँ भने फाइदा त यसैको हुन्छ, एक पटक मान्छेलाई थाहा होस् कि मेरो सहयोग बिना कसरी काम हुँदोरहेछ ? यो ईर्ष्या हो कि ? द्वेष हो कि ? सुस्ती हो ?
  • निद्रा आउँछ भने या त कुनै औषधि खाइरहेका छौ या विमारी यस्तै छ । मान्छे भन्छन् कि यो काम गरिदेऊ, तब उसले भन्छ कि निँद्रा आइरहेको छ । के यसलाई सुस्ती भनिन्छ ? परन्तु शरीर त मोटोघाटो नै देखिन्छ ।
  • केही मान्छेहरु काममा पूरा मन लगाउँदैनन्, त्यसै काम चलाउ मात्र गर्छन्, के यो सुस्ती हो ? यस्तो पनि होइन कि उसलाई कुनै हतार छ । उसंग समय पनि छ । फेरि ? सुस्ती एक प्रकारको हुन्छ कि अनेक प्रकारको ? के यो त्यो व्यक्तिको स्वभाव हो कि क्षणिक हो ? धेरैले भन्छन् कि यो सुस्तीमिजाज हो । त्यसो हो भने भाव हो कि उसको यस्तै स्वभाव हो ?
  • कुनै मान्छे यसै त अलर्ट हुन्छन्, परन्तु केही दिन यस्तो हुन्छ कि कुनैमा उनीहरु उदास हुन्छन् । कसैले भित्र महसुस पनि गर्छन् कि यो मेरी सुस्ती हो, परन्तु जानेर पनि किन यसलाई भगाउन सक्दैनन् ? किनकि हिम्मत हुँदैन ? मनले भन्छ यो काम गर, फेरि सोच्छन् छाड्देऊ । यहाँ कुनै छुट्टी त हुँदैन । ‘अहिले मेरो मुड छैन ।’ कुनै हाँसखेल भए त ठीकै हो । यसलाई के मस्ती भन्ने ? उसले त सोचिरहेको हुन्छ कि जीवनमा केही मनोरंजन पनि चाहिन्छ, नत्रभने जीवन दिक्कलाग्दो हुन्छ । उसले यस्तो सोचिरहेको हुन्छ वास्तवमा यो सुस्ती हो । माथिबाट हेर्दा लाग्छ कि यो बगैँचा हो, तर खुट्टा राख्दा दलदल मात्रै ।

 

सुस्तीको कोमल स्वरुप थाहा हुनुपर्छ, किनकि साधकको लागि यो ठूलो दुश्मन हो । जो व्यक्ति आफ्नो कर्तव्य गर्दैन, आध्यात्मिक साधना गर्दैन, त्यो पनि कुम्भकर्ण हो । बसीमजाक गर्दागर्दै समय बिताउने, एकअर्को बसेर गफ गर्ने, कुनै खास काम नगर्ने, जस्तो कि समय मात्र कटाउने, गर्ने केही पनि होइन । यसलाई आलस्य पनि भनिन्छ । आलस्य अर्थात सुस्ती त मीठो जहर हो । मुसाजस्तै यसरी काट्छ कि पत्तै हुँदैन । सुस्ती पाकेटमारा जस्तै हो, भएको कमाई र सम्पत्ति लुट्दछ । मनले भन्छ कुरा गरुँ, हाँसू, बहलाउँ, जीवन यसैको नाम हो । हामी बाबाको बनेका छौँ, केही त मिल्ला । यसैमा ऊ खुशी भैहाल्छ । जस्तै कम्प्युटरमा भाइरस घुस्यो भने त्यसलाई निकाल्न मुश्किल हुन्छ, यस्तै एक पटक मनुष्यमा पसेको सुस्ती निकाल्न धेरै मुश्किल हुन्छ । यो त खिया लागे जस्तै हो । कथा छ नि उँटले भन्छ रे ‘मेरो मुखमै हालिदेऊ ।’

सुस्ती एकप्रकारको जडता नै हो । जस्तो कसैको शरीरमा लचीलोपन रहेन भने ऊ चेतन भए पनि अधमरो हो । जस्तै मेशिनरी जाम भएझैँ । सुस्तीको बीमारी जब लाग्छ, तब बुद्धि नै चल्दैन । ऊ जडतामा आइहाल्छ । बाबाले भन्नुहुन्छ, ‘बच्चा हो, सेवामा हड्डी हड्डी स्वाहा गर ।’ हड्डीको त कुरै छाडौँ केही मान्छे त थोरै पनि सेवा गर्दैनन् । जसको साथ मित्रता साझेदारी हुन्छ, यदि ऊ सुस्त छ भने अर्को साझेदारलाई बोझ हुन्छ, राम्रो लाग्दैन । भविष्य जसको राम्रो छैन, भाग्य जसको खोटो छ, उसको यस्तो हालत हुन्छ । यज्ञको कुनै न कुनै सेवा गर्नु भनेको आफ्नो भविष्य उच्च बनाउनु, समयलाई सफल गर्नु सरह हो, किनकि यज्ञ सेवा श्रेष्ठ कर्म हो । संगमयुगको कुनै पनि श्रेष्ठ कर्मले २१ जन्मको फल दिन्छ । अर्कोले के गर्छ त्यो नहेर । तपाईँ कुनै कर्म गर्नुहुन्छ भने भरपुर हुनुहुनेछ । नगरेमा अन्त्य खराब । कम से कम शान्त्वना त हुन्छ कि मैले केही गरेँ भन्ने । सुस्ती छाडेर चुस्तीमा आऊँ, मस्तीमा आऊँ । बाबाका बच्चाको लागि सेवा परमधर्म हो । मानिलिउँ कि तपाईँ एक्लै काम गरिरहनुभएको छ, तपाईँलाई थाहा छ सबै सुतिसके, तब संकल्प आउला कि अब म पनि सुतिहाल्छु, पछि गरौँला । के यो सुस्ती होइन ? संक्षेपमा सुस्तीको व्याख्या यसरी गर्न सकिन्छ कि कुनै कार्य गर्नको लागि हामीमा शारीरिक, मानसिक क्षमता छ, समय छ, साधन छ, तर पनि हामी गर्दैनौँ । जति ताकत छ, उति दिल लगाएर मेहनत गर्ने, कार्य अधुरो नछोड्ने, सम्पूर्णताद्वारा गर्ने, आफ्नो क्षमताले दत्तचित्त भएर कार्य गर्ने, बीचमा नछाड्ने, यसलाई चुस्ती भनिन्छ ।

 

कहिलेकाहीँ सुस्तीको शारीरिक कारण पनि हुनसक्छ । भारी भोजन गर्नु, एक्सरसाइज नगर्नु, आदिले ग्यास बन्दछ । व्यक्तिको स्वभाव सुस्ती हुँदैन, तर शरीर संभाल्ने सही ज्ञान नहुँदा सुस्त बन्न पुगिन्छ । तीब्र पुरुषार्थी सुस्ती भगाएर सेवामा लाग्दछन् । राम्रो पुरुषार्थी सुस्तीलाई आफूमाथि काबू राख्न दिँदैनन् । फेरि केही ठाउँको वातावरण यस्तो हुन्छ कि व्यक्तिले नचाहेर पनि सुस्ताराम बन्दछ । जिम्मेवार व्यक्ति कारणहरुलाई नदेखेर काम गर्दछन् । तिनीहरुलाई चुस्त व्यक्ति भनिन्छ । अरुचिलाई पनि मान्छेले सुस्ती नै सम्झन्छन् । रुचि नभएर कुनै काम नगर्नु सुस्ती होइन ।  उसलाई प्रतिफल र भाग्यको अनुभूति गराएर रुचि पैदा गर्ने हो भने सुस्ताराम चुस्ताराम बन्न सक्छ ।

 

 

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *