व्यक्ति विशेष

सुवासयुक्त सुवास

मलेनिकाले आलेप अधिकारीहरु जिल्ला जिल्लामा खटाइरहेको बखत यति बेला सुवासचन्द्र शिवाकोटीको सम्झना मनभरि उम्लिएको छ । यतिखेर उहाँको सुवासयुक्त नाम सम्झिन मन लागेको छ । उहाँको सुवासयुक्त परिधानको झझल्को आएको छ । सुवासयुक्त कर्णपृय बोली कानमा गुन्जिरहेको छ । उहाँको प्रस्तुती पनि तार्किक हुन्थ्यो । अरुसँग गरिने व्यवहारमा मैत्रीपूर्ण हुन्थ्यो । यिनै गुणहरुले गर्दा उहाँ कर्मचारीवृत्तमा सम्मानित र सबैको प्यारो पनि हुनुहुन्छ ।

हुन त उहाँले मलेनिकाको विभिन्न शाखामा रहेर लामो समयसम्म अनुभव सँगालिसक्नुभएको थियो । तर आलेप शाखामा रहँदा उहाँले गरेको कार्यकुशलता सम्झनयोग्य छ । उहाँले लेखापरीक्षणलाई पनि ट्र्याकिङ सिस्टममा लैजाने कामको सुरुवात गर्नुभएको थियो । लेखापरीक्षणका विभिन्न मापदण्डहरु बनाउनुभएको थियो । उहाँकै पालामा हुनुपर्छ आलेप निर्देशिका पनि बन्यो र कार्यान्वयनमा पनि आयो ।

उहाँले आलेप शाखा सम्हालेको केही समयपछि कर्मचारी प्रशासन शाखाको जिम्मेवारी सम्हालेपछि अझै कार्यकुशलता प्रदर्शन गर्नुभयो । ७७ जिल्लाकै कोष नियन्त्रकहरुसँग दैनिकजसो फोन सम्पर्कमा हुनुहुन्थ्यो । कोष नियन्त्रकहरुको नाम मात्र होइन वतन र अद्यावधिक विवरण उहाँलाई कण्ठस्थ हुन्थ्यो । कोष नियन्त्रक कार्यालयका अरु कर्मचारीहरुसँग समेत साप्ताहिक जुम मिटिङमार्फत भेटघाट र सरसल्लाह गर्नुहुन्थ्यो । कहाँ कुन दरबन्दी खाली छ भनी दैनिक विवरण माग्नुहुन्थ्यो । कुन ठाउँमा कसलाई पठाउने भनी सम्बन्धित कार्यालयका कर्मचारीहरुसँग विमर्श गरेर मात्र कर्मचारी खटाउनुहुन्थ्यो । कोलेनिकाहरुमा स्रोत साधन के कसो छ भनेर दिनहुँ अपडेट भैरहनुहुन्थ्यो । कर्मचारी सरुवा गर्दा कर्मचारीको विगत तीनवटा सरुवाको फेहरिस्त मलेनिकाको वेबसाइटमा राख्ने प्रचलन पनि उहाँले नै चलाउनुभएको हो । जसले गर्दा सरुवा प्रणाली निष्पक्ष र व्यवस्थित हुन गएको थियो ।

मलाई के लाग्छ भने सुवासचन्द्रजस्ता कर्मचारीहरु मलेनिकामा आधाभन्दा बढी हुने हो भने मलेनिकाको कार्यकुशलता चौबर बढेर जानेछ । सार्वजनिक खर्च र वित्तीय उत्तरदायित्व नामको नाम मात्रको प्रोजेक्टले पनि यस्तै कर्मचारीको अगुवाइमा सार्थकता पाउन सक्छ । प्रतिवेदन र तथ्याङ्कमा होइन तथ्यमा आधारित कामहरु धेरै हुनसक्थे । तर  उहाँलाई पाखा लगाइएको छ । किन पाखा लगाइयो भन्ने पनि मलेनिका प्रशासकहरुसँग जवाफ अवश्य होला ।

मलेनिका सरुवा पाउने भाग्यमानीहरुले केही समयपछि अत्याकर्षक कार्यालय पाउने हकजस्तो नै ठानिन्छ । व्यवहारमा त्यस्तो धेरै देखिएको छ पनि । तर पनि सुवासचन्द्र शिवाकोटी सरको हकमा यो कुरा लागू भएको मैले देख्न सकिनँ ।

प्रशासनका विख्याताहरुले यी विषयहरुमा पनि तर्क देख्नुभएकै छ होला ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *