मनोरञ्जन

सुन्तला र जुनार

प्रश्न नं.(३)

भक्तपुरको एकजना व्यापारीले भक्तपुरमा एकदानाको १ रुपैँया पर्ने सुन्तलाको ५० दाना र त्यति नै दरमा जुनारको ५० दाना किनेछ र बेच्न काठमाण्डौँतिर हिँडेछ । काठमाण्डौँमा उसले सुन्तलाका केही दाना विक्रि गरेपछि काठमाण्डौँभन्दा ललितपुरमा बढी दरमा विक्रि भएको सुनेपछि ललितपुरतिरै कुदेछ । ललितपुरमा सुन्तला विक्रि गरिसकेपछि जुनार बेच्न थाल्दा ललितपुरको भन्दा काठमाण्डौमा बढी दरमा विक्रि हुने हल्ला सुनेपछि बाँकि जुनारको दाना बोकेर काठमाण्डौमा आइ विक्रि गरेछ । सुन्तला र जुनार दुवै विक्रि भैसकेपछि हिसाब गर्दा पूरै सुन्तला १०० रुपैँयामा र पूरै जुनार पनि १०० रुपैँयामा नै विक्रि भएको पाएछ । तर काठमाण्डौँमा सुन्तलाभन्दा पाँच गुणा बढी जुनार विक्रि गरेको रहेछ । अब भन्नुस् उसले काठमाण्डौँमा कति सुन्तला र कति जुनार कतिकति दरमा विक्रि गरेको होला ?

मान केसीजीकाे जवाफ : Orange kathmandu 7 wota rs 2 ko darle Latitpur Orange 43 rs 2 ko darle total orange 50 total money hundred Junaar lalitpur 15 rs 2 ko dar le Junar Kathmandu 35 rs 2 ko darle. Total Junar 50 total money 100 Orange in khmandu 7 Junar 35

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *