मुक्तक/गजल

सित्तै लैजाऊ

चास्नी तैयार पारेको छु मनको लड्डु चोपिहाल ।

जे चाहिन्छ सित्तै लैजाऊ स्वर्ण मौका छोपिहाल ।

 

तिमीलाई तिम्रो भेगको कर्णाली नै छोटो लाग्यो

यो शरीरको रगत सारी लामो पार्न थपिहाल ।

 

तिमीलाई तिम्रो भेगको सगरमाथा होचो लाग्यो

यो टुप्पीको टुप्पो काटी अग्लो पार्न रोपिहाल ।

 

तिमीलाई तिम्रो भेगको सीमाना नै टेढो लाग्यो

यो छातिको छेऊ ताछी टेढोमेढो सोझ्याइहाल ।

 

तिमीलाई तिम्रो भेगको सिक्का पनि खोटो लाग्यो

हडबडमा हड्डी तोडी मोल पार्न खोपिहाल ।

 

तिमीलाई तिम्रो भेगको पूर्ण आयु थोरै लाग्यो

मेरै आधा आयु हत्याई अमर बन्न जपिहाल ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *